स्वास्थ्य

देशभर १८० जना कोरोना संक्रमित थपिए ! संक्रमितको संख्या १५ हजार ९ सय नाघे

सोमबार पछिल्लो २४ घण्टामा देशभर १ सय ८० जना कोरोना संक्रमित थपिएका छन्। देशका विभिन्न प्रयोगशालामा ४ हजार ७ सय १० जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले जानकारी दिए। त्यसैगरी देशभर सोमबार २ सय ६४ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। देशभर कोरोना संक्रमितको संख्या […]

मकवानपुरगढि गाउपालिका बुढिचौरमा टिमुर खेति सुरु

सिधाखबर \ मकवानपुरगढि गाउपालिका ८ बुढिचौरमा स्थानियहरुको सक्रियतामा विभिन्न स्थानमा टिमुर खेति सुरु गरिएको छ । आज मकवानपुर गढि गाउँपालीका वडा नं ८ का वडा अध्यक्ष कुमार घिसिङले टिमुरका विरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । विभिन्न टोलका सार्वजनिक स्थलहरुमा ४ हजार टिमुरका विरुवा रोपिएकोबताईएको छ । जडीबुटीभित्र पर्ने टिमुरको बजारमा माग बढ्दो र […]

मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले पक्राउ गर्ने

अब मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले पक्राउ गर्ने भएको छ । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिएकाछन् । कोरोना संक्रमणको खतरा अहिले पनि […]

ईन्द्रसरोबरका एकजना पुरुषमा कोरोना पुष्टि

सिधाखबर \ मकवानपुर ईन्द्रसरोबरका एकजना पुरुषमा कोरोना पुष्टि भएको छ । ईन्द्रसरोबर गाँउपालिका–४ घर भएका ३५ बर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हेटौँडा–४ कर्रा आईसोलेसन वार्डका प्रमुख भोला प्रसाद चौलागाईले बताएका छन । साउदी अरबबाट आएर असार १८ गते हेटौँडा–१० मा रहेको वन विज्ञान अध्ययन संस्थाको होल्डिङ सेन्टरमा आएर बसेका उनको १९ गते हेटौँडामा […]

सञ्चारकर्मीको लागि स्वास्थ्य सुरक्षा सामाग्री सहयोग

सिधाखबर \ फ्रिडम फोरमले मकवानपुरका सञ्चारकर्मीहरुको लागि स्वास्थ्य सुरक्षाका सामाग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरसको संक्रमणको महामारी फैलिरहेको बेला त्यसबाट जोगिएर सञ्चारकर्म गर्नको लागि फ्रिडम फोरमले मास्क र प्रेस ज्याकेट र ग्लोब्स हस्तान्तरण गरेको हो । शनिबार एक कार्यक्रमकाबीच फ्रिडम फोरमका बागमती प्रदेशका प्रतिनिधि राममणि दाहालले सञ्चारकर्मीहरुलाई वितरण गर्ने गरी सामाग्री प्रदान गरेका हुन् […]

गण्डकी प्रदेशका ६ जिल्लामा थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

गण्डकी प्रदेशका ६ जिल्लामा आज थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप २८ जनाको कोभिड नाइन्टिन नतिजा पोजिटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितहरूमा नवलपरासी (बर्दघाट […]

नेपालमा कोरोना संक्रमितको संख्या ५७६० पुग्यो ! आईतबार मात्र ४ सय २५ जना थपिए

आइतवार एकै दिन ४ सय २५ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमले यसबारेको जानकारी दिएका हुन्। गौतमका अनुसार कोरोना संक्रमित भेटिएका जिल्लाको संख्या पनि ७३ पुगेको छ। नयाँ संक्रमितमध्ये ५० जना महिला र ३७५ जना पुरुष रहेका छन्। पछिल्लो पटक रुकुम पूर्वमा पनि कोरोना संक्रमित भेटिएका छन्। […]

म्याद सकिएको लिच्चि जुस हेटौडा बजारमा ! जुस पिएर बालिका बिरामी

लकडाउनको मौका छोपी धमाधम हेटौडा बजारमा म्याद सकिएको समाग्रीको बिक्रि बितरण तिब्र हुन थालेको छ । बिहान सिमित समयमा मात्र पसल खुल्ला हुने र मानिसको भिड कम हुने गरेका कारण पसल संचालकहरुले यही मौका छोपी म्याद सकिएका समानको बिक्रीलाई पहिलो प्रथामिकता दिने गरेको पाईएको छ । विश्वनै कोरना भाईरसको चपेटामा परेको र यस्को प्रभाब नेपालमा […]

बुधबार देशभर २७९ जना संक्रमित थपिए ! संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगे

नेपालमा बुधबारमात्र २ सय ७९ जना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार बुधबार देशभरमा २ सय ५७ जना पुरुष र २२ जना महिला रहेका छन्। संक्रमितको विवरण अनुसार कोरोना भाइरस ७२ वटा जिल्लामा पुगेको छ । प्रवक्ता गौतमका अनुसार पछिल्लो पटक ९० जना निको भएर घर फर्किएका छन्। निको भएर घर […]

गण्डकी प्रदेशमा मंगलबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा मंगलबार थप २४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नवलपरासी बर्दघाट सुस्ता पूर्वको बौदीकाली गाउँपालिका १२ जना पुरुषमा संक्रमण पुष्टि भएको हो। उनीहरु सोही गाउँपालिकाको क्वारेन्टाइनमा रहका छन्। संक्रमण पुष्टि भएका सबैलाई रजहरस्थित सामुदायिक प्राकृतिक […]

युएईबाट फर्किएका ६ जनाको पिसिआर रिर्पोट नेगेटिभ

लकडाउनको कारण विदेशमा समस्यामा परि युएईबाट फर्किएका ६ जना मकवानपुरका नागरिकको पिसिआर रिर्पोट आएको छ । स्वाब संकलन भएका सबै ६ जनाको रिर्पोट नेगेटिभ आएको हो । यध्यपी हेटौँडा उपमहानगरपालिका वडा नंबर १३ कि एक महिलाको भने स्वाव संकलन बाँकी रहेको जनस्वास्थ्य अधिकृत एबं आइसोलेसन वार्ड हेटौँडाका प्रमुख भोलाप्रसाद चौँलागाईले जानकारी दिनु भएको छ । […]

सोमबार भेटिए ३१४ जना कोरोना संक्रमित ! संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगे

सोमबार नेपालमा कोरोना भाइरसका ३ सय १४ जना बिरामी थप भएकाछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले यसबारेमा जानकारी दिनु भएको हो । गौतमका अनुसार सोमबार डिस्चार्ज हुने २१ जना रहेका छन्। जसमा महिला १ जना र पुरुष २० जना छन्। खजुरा बाँकेबाट २० जना डिस्चार्ज भएका छन्। सोमबार थपिएका ३ सय १४ […]

नेपालमा कोरोना स‌क्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगे

नेपालमा कोरोना स‌क्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ। कोरोना संक्रमणका कारण पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका स्याङ्जा वालिङ नगरपालिका स्थायी ठेगाना भएका ६० वर्षीय पुरुषको मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ। यसअघि नेपालमा १३ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ। समाचार श्रोत थाहाखबर 

नेपालमा कोरोना भाईरसकै कारण मृतक संख्या १३ पुग्‍यो

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। डोल्पा जगदुल्ला गाउँपालिकाका ५८ वर्षीय पुरुष र धनगढी ४ की ५५ वर्षिय महिलाको कोरोना संक्रमणको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने व्यक्तिको संख्या १३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस सम्मेलनमा शनिबार मन्त्रालयका प्रवक्ता डा […]

नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३५ पुग्यो

शनिबार एकैदिन नेपालमा नयाँ ३ सय २३ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या तीन हजार २ सय ३५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा यो कुराको जानकारी गराउनु भएको हो । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको हो । हालसम्म देशका ७० […]

हेटौडामा बनेको कोरोनाविरुद्धको औषधिप्रति डब्ल्युएचओको चासो

विश्व स्वास्थ्य सङ्गठन डब्ल्युएचओले हेटौँडास्थित त्रिवि वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा डा ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेका भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्युएचओले बिहीबार जानकारी लिएको हो। जेनेभास्थित डब्ल्युएचओ कार्यालयले भिडियो कन्फरेन्समार्फत नेपालसहित ७३ राष्ट्रका विज्ञसँग कोरोनाविरुद्ध निर्माण भइरहेको औषधि […]

कोरोना बिमा रोकिएको एक दिनपछि पुन: सुरु

कोरोना बिमा रोकिएको एक दिनपछि पुन सुरु भएको छ । सरकारसँग सहमति भएपछि कोरोना बिमा पुनः सुरु भएको हो । जोखिम वहनमा सरकारले समेत सहयोग गर्ने भएपछि बिमा समितिले सो योजना पुनस् सञ्चालन गर्न कम्पनीहरूलाई निर्देशन दिएको हो ।बिमक संघका महासचिव चंकी क्षत्रीले सरकारले सपोर्ट गर्ने भएपछि बन्द गरिएको बिमा योजना पुनस् सुरु गर्ने सहमति […]

देशभर एकै दिन २७८ जनामा कोरोना भाइरस संक्रमण ! संक्रमित संख्या २ हजार ९ सय १२ पुगे

देशभर एकै दिन २७८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार शुक्रबार २७८ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या दुई हजार ९ सय १२ पुगेको हो। बिहीबार ३३४, बुधबार २०१ र मंगलबार २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो। हरेक दिन संक्रमितको संख्या बढ्दै गएको […]

नेपालमा तीब्र गतिमा कोरोना संक्रमण ! संक्रमितको संख्या २६३४ ! मृत्यु हुनेको संख्या १० पुगे

नेपालमा पछिल्लो समय कोरोना भाईरस संक्रमण तीव्र गतिमा फैलिन थालेको छ। प्रदेश २ र कर्णाली प्रदेशमा कोरोना तीव्र गतिमा फैलिएको हो । कर्णालीको दैलेखमा मात्रै बिहीबार १ सय ५ जना नयाँ संक्रमित भेटिएका छन् भने बिहीबारनै देशभर ३ सय ३४ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार बिहीबार […]

‘अमृत जल’ नामक ‘मिनरल वाटर’ मा लेदो भेटिएपछि उद्योगमा सिल ! संचालक भन्छन् पिएलसी सिस्टम बोर्ड जलेर समस्या आयो

‘अमृत जल’ नामक ‘मिनरल वाटर’ मा लेदो भेटिएपछि पानी उद्योगमा सिल गरिएको छ । हेटौडा उपमहानगरपालीका वडा नम्बर ९ मा रहेको नेचुरल वेभरेज पानी प्रशोधन उद्योगमा बुधबार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडा र जिल्ला प्रशासन कार्यालय मकवानपुरको सयुक्त टोलीले सिल गरेको हो । उद्योगले उत्पादन गरेको मिनरल वाटरमा फोहोर भएको भन्ने उजुरी परेपछि […]