मुख्य खबर

हेटौंडाको बस्तिपुरमा बसको ठक्करबाट एकको मृत्यु

पुर्व पश्चिम् राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका १९ बस्तीपुरमा यात्रुवाहक सवारीको ठक्करबाट एक जना पहिचान नखुलेको ब्यक्तिको घटना स्थलमा मृत्यु भएको छ । सोमबार राति पैदलयात्रीलाई बसले ठक्कर दिदाँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मृतकलाई ठक्कर दिने ना ५ ख ५२४६ नम्बरको रात्रि बसलाई प्रहरीले नियन्त्रणमा लिएको र बसका चालक फरार रहेको र खोजी […]

एकमहिने स्वस्थानी व्रतको साङ्गे आज

माघ शुक्ल पूर्णिमा। मंगलबार स्वस्थानी व्रत समापन गरिँदैछ। नेपाली सनातन समाजमा हरेक वर्ष पौष शुक्ल पूर्णिमामा सुरु गरी माघ शुक्ल पूर्णिमासम्म स्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा छ। माघ शुक्ल पूर्णिमाका दिन दीप, कलश गणेशको पूजा गरी अष्टदलमा अष्टमातृकाका बीचमा श्रीस्वस्थानीको विशेष आराधना गरिन्छ। देवाधिदेव महादेवसहित स्वस्थानीको विधिपूर्वक पूजा आराधना गर्नाले मनोकांक्षा […]

चार राजदूतले लिए राष्ट्रपति भण्डारीबाट पद तथा गोपनियताको सपथ

काठमाडौँ \ राष्ट्रपति विद्यादेवी भण्डारीले समक्ष विभिन्न देशका लागि नियुक्त नेपाली राजदूतहरुलाई आज पद तथा गोपनीयताको शपथ गराएकी छन् । संयुक्त अरब इमिरेट्सका लागि नेपालका आवासीय राजदूत कृष्णप्रसाद ढकाल, मलेसियाका लागि नेपालका आवासीय राजदूत उदयराज पाण्डे, कुवेतका लागि नेपालका आवासीय राजदूत दुर्गाप्रसाद भण्डारी र फ्रान्सका लागि नेपालका आवासीय राजदूत दीपक अधिकारीले शीतल निवासमा आयोजित समारोहमा शपथग्रहण […]

सेतो चिनी कुहियो, ४० व्यापारी समस्यामा

जुम्ला \  गुठीचौर गाउँपालिकाको चाखुरे लेकमा संकलन गरी राखिएको जडीबुटी सेतो चिनी (खिरौँला) कुहिँदा झण्डै ४० व्यापारीको लाखौँको क्षति भएको छ। जुम्लामा यही माघ महीनामा परेको हिमपातका कारण लाखौँको खिरौँला कुहिएको व्यापारीले बताएका छन्। पुसमा संक गरी सुकाउन राखिएको खिरौँला हुर्किएका कारण गुठीचौर गाउँपालिकाका झण्डै ४० जना व्यापारीले लाखौँको क्षति बेहोर्नु परेको हो। लेकमा सुकाउन राखिएको खिरौँला हिमपातले […]

६६२ सहसचिवको समायोजन आजदेखि

काठमाडौं \ स्वास्थ्य सेवाका एघारौं तहका कर्मचारीसहितका सहसचिवकले सोमबारदेखि समायोजन पत्र पाउने भएका छन्। सरकारले ६६३ सहसचिवको समायोजन गर्ने निर्णय गरेको थियो। ती मध्ये प्राविधिक १ सय २ सहसचिवको प्रदेश र प्रदेश अन्तरगतका कार्यालयमा समायोज गरिएको छ भन्ने खबर कान्तिपुर दैनिकमा छ। ५६ सचिवले माधमै समायोजन पत्र पाइसकेको संघीय मामिला तथा  सामान्य प्रशासन मन्त्रालायका सचिव दिनेशकुमार […]

प्रदेशलाई नै प्रहरी परिचालन अधिकार दिन प्रस्ताव

काठमाडौं \ प्रदेशको आन्तरिक शान्ति सुरक्षा व्यवस्थापनका लागि प्रहरी परिचालनको अधिकार प्रदेशको अन्तरिक मामिला मन्त्रालयलाई दिनुपर्ने मागसहित अधिकांश सांसद्ले नेपाल प्रहरी, प्रदेश प्रहरी कार्यसञ्चालन तथा समन्वय सम्बन्धी विधेयकमा संशोधन दर्ता गरेका छन्। विधेयकमा संशोधन दर्ता गर्ने अधिकांश सांसद्हरूले प्रदेशभित्रको शान्ति सुरक्षाको पूर्ण जिम्मेवारी प्रदेश सरकारलाई दिन समेत संशोधनमा माग गरेका छन्। संघका प्रतिनिधिका रूपमा रहने प्रमुख […]

हेटौंडाको मुख्य सडक १६–१६ मिटर फराकिलो बनाइने

सिधाखबर \ प्रदेश ३ को मन्त्री परिषद बैठकले हेटौंडाको मुख्य बजारको राजमार्गको सडक थप फराकिलो बनाएर बाईपास सडक पनि निर्माण गर्ने निणय गरेको छ । हेटौंडा क्षेत्रमा पर्ने पुर्व पश्चिम राजमार्ग र त्रिभुवनराजपथको सडकलाई सडकको दायाँ बायाँ १६ –१६ मिटर कायम गर्ने र बाईपास सडकलाई राजमार्गको रुपमा विकाश गर्नका लागि संघिय सरकारलाई अनुरोध गर्ने निणय […]

एसइई प्रश्नपत्र पछाइ सुरु, प्रदेशपिच्छे प्रश्नपत्र

काठमाडौं \ यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा प्रदेशअनुसार छुट्टाछुट्टै प्रश्नपत्र सोधिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले चैत १० देखि देशभर सञ्चालन हुने परीक्षाका लागि प्रश्नपत्र पछाइ थालेको छ। जनक शिक्षा सामग्री केन्द्रको भक्तपुरस्थित सेक्युरिटी प्रेसमा सातवटै प्रदेशका लागि आवश्यक प्रश्नपत्र छपाइ थालिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए। संघीय र प्रदेश सरकारको समन्वयमा एसइई […]

मन्त्री दुलाल साईकल मार्फत सालकपार्क पुग्दा स्थानियको भब्य स्वागत

सिधाखबर \ शनिबार हेटौंडामा ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले साइकल र्‍यालीमा प्रत्यक्ष सहभागी जनाएकाछन् । रेडियो थाहा सञ्चार ९९।६ मेगाहर्ज हेटौंडाको ११ औं बार्षिकोत्सवको सन्दर्भ पारेर सप्ताहब्यापी कार्यक्रम अन्र्तगत रेडियोले शनिबार हेटौडा १७ मा रहेको सालक पार्क प्रर्बद्धनका लागी साइकल र्‍याली कार्यक्रम आयोजना गरेकोे थियो । हेटौंडा–४ स्थित रेडियो थाहा सञ्चारको कार्यालयबाट […]

रेडियो थाहाद्धारा भोली हेटौंडामा बृहत रक्तदान कार्यक्रम

सिधाखबर \ वार्षिकोत्सव मनाइरहेको हेटौंडाको रेडियो थाहा सञ्चारले भोली रक्तदान कार्यक्रम गर्ने भएको छ । सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम आयोजना गरि वार्षिकोत्सव मनाइरहेको रेडियोले आज हेटौंडा भेट्रान्स र पत्रकारबीच मैत्रिपूर्ण फुटबल भएको थियो । तेस्रो दिन भोली फागुन ३ गते बिहान ८ बजे हेटौंडाको बुद्धचोकमा बृहत रक्तदान कार्यक्रम गरिने रेडियोका स्टेशन म्यानेजर मणिराज गौतमले बताए […]

व्यापार मेलाको तयारी तिव्र, मेला हेर्न जाँदाको भाडा ३० रुपैया मात्र

सिधाखबर  \ मकवानपुर उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको व्यापार मेलाको तयारी तिव्र रुपमा भइरहेको छ । संघले यस वर्ष हेटौंडा ५ क्याम्पा डाँडा चौरमा मेला गर्न लागेको छ । मेलाको स्टल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । स्टल निमार्ण व्यवस्थापन समितिका संयोजक विष्णुगोपाल महर्जनका अनुसार मेलामा स्पेशल स्टल र सामान्य स्टल निर्माण भइरहेको […]

प्रधानमन्त्रीद्धारा नेपाल पानीजहाज कार्यालयको उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका छन् । बिहीबार बिहान आयोजित एक समारोहका बीच प्रधानमन्त्री ओलीले एकान्तकुनामा स्थापना गरिएको कार्यालय उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठले प्रधानमन्त्रीको निर्देशनमा कार्यालय स्थापना गरिएको र छिट्टै राष्ट्रिय झण्डा राखेर पानी जहाज कुदाउने बताए ।

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।  सरकार गठनको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाल सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीले जानकारी दिए। प्रधानमन्त्री ओलीले बिहीबार अपराह्न ४ बजे प्रधानमन्त्री कार्यालयबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको रेग्मीको भनाइ छ। २०७४ साल फागुन ३ गते प्रधानमन्त्री ओलीको […]

रुपचन्द्र विष्ट जनताको लोकप्रिय जनप्रतिनीधि

सिधाखबर \ रुपचन्द्र विष्ट एक आदर्श, प्रेरणाको स्रोत अनि जनताको लोकप्रिय जनप्रतिनीधि रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । विन्दावासिनी मिडिया प्रालिद्धारा सञ्चालित रेडियो थाहा सञ्चार ९९.६ एफएम ११ औँ वर्ष पूरा गरी १२ औँ वर्षमा प्रवेश गरेको अवसरमा आज हेटौँडामा आयोजित जनप्रतिनीधिका रुपमा रुपचन्द्र विष्ट विषयक अन्तरकृया कार्यक्रममा सहभागि वक्ताहरुले यस्तो बताएका हुन् । […]

नेता बानियाँद्धारा बुबाको सम्झनामा राईगाउँ स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण

सिधाखबर, राईगाउँ \ नेपाली कांग्रेस ३ प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँद्वारा राईगाउँ स्वास्थ्यचौकीलाई बुधबार एम्बुलेन्स र सुरुमा संचालनको लागि ५० हजार रुपियाँ हस्तान्तरण गर्नुभएको छ । बागमती २ राईगाउँका वडा अध्यक्ष एवं राईगाउँ स्वास्थ्यचौकी ब्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर भ्लोनको सभाध्यक्षता एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्यतामा […]

सहकारीको पूँजी बजारमा ल्याउनुपर्ने : मुख्यमन्त्री पौडेल

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सहकारीको पूँजी बजारमा ल्याउन सके समृद्ध मुलुक निर्माणमा टेवा पुग्ने धारणा राखेका छन् । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २० औं स्थापना दिवस तथा सहकारीले सञ्चालन गरिरहेको रेडियो मकवानपुरको नवौं वार्षिकोत्सवको सन्दर्भमा आयोजित विशेष कार्यक्रममा उनले सहकारीको पूँजी परिचालन हुनै नसकेको बताएका हुन् । अब सहकारी पनि उत्पादनसंग जोडिनु […]

वार्षिक सयभन्दा कम कामदार पठाए म्यानपावर खारेज

एक वर्षमा सय जनाभन्दा कम कामदार पठाउने वैदेशिक रोजगार कम्पनी स्वतस् खारेज हुने भएका छन् । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले सोमबार सर्वसम्मत पारित गरेको केही नेपाल संशोधनसम्बन्धी विधेयकमा यस्तो व्यवस्था गरिएको हो । संशोधन विधेयकमा ‘नेपाल वैदेशिक रोजगार ऐन २०६४’ को प्रावधान संशोधन गरी नयाँ व्यवस्था गरिएको हो । गत आर्थिक वर्ष ४ सय १३ […]

५४ वर्षमा जुम्ल्याहा टेस्टट्युब बेबी

काठमाडौं निवासी ५४ वर्षीया एक महिलाले आइतबार साँझ अल्का अस्पताल जाउलाखेलमा जुम्ल्याहा टेस्टट्युब बेबी जन्माउनुभएको छ, त्यो पनि महिनावारी सुकेको चार वर्षपछि । यो समाचार आजको नेपाल समाचारपत्रमा भगवती तिमल्सिनाले लेखेकी छिन् । ती नवजात शिशुमध्ये छोरा १ दशमलव ४ केजी र छोरी १ दशमलव ६ केजीका छन्। दुवै बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य […]

प्रदेशले अधिकार पाएनः मुख्यमन्त्री पौडेल

सिधाखबर \ प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले अधिकार नभएको बताउनु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयले आज हेटौँडामा आयोगको २८ औ स्थापना दिवसको आयोजित कार्यक्रममा उहाँले संघीय सरकारबाट प्रदेश सरकारले अधिकार नपाएको बताउनु भएको हो । उहाँले प्रदेश सरकारले एक वर्षको अवधिमा जनताले अनुभुती गर्न सक्ने काम गर्न नसकेको बताउँदै […]

खैराङमा क्रियाशिल सदस्यता वितरण

सिधाखबर \ मकवानपुरको राक्सीराङ गाउँपालिका ९ खैराङमा सोमबार कांग्रेसले क्रियाशिल सदस्यता वितरण गरेको छ । राक्सीराङका वडा सभापति सुमन नगरकोटीको सभाध्यक्षता एवं कांग्रेस मकवानपुरका जिल्ला सचिव बुद्ध लामाको प्रमुख आतिथ्यतामा नेपाली कांग्रेस ९ नम्बर वडाका ८० जना नेता तथा कार्यकर्तालाई क्रियाशिल सदस्यता वितरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि लामाले मकवानपुरमा कांग्रेसले जितेको स्थानहरुमा स्पष्ट […]