अन्तर्राष्ट्रिय

ताइवानमा रेल दुर्घटना हुँदा ५० जनाको मृत्यु

काठमाडौं \  ताइवानमा रेल दुर्घटना हुँदा ५० जनाको मृत्यु भएको छ । दुर्घटनामा केही घाइते भएका छन् । सुरुङमार्गमा गुडिरहेको रेल लिकबाट बाहिरिएर दुर्घटना भएको बीबीसीले जनाएको छ । लिक छोडेपछि सो रेल एक लरीसँग ठोक्किएको थियो । राजधानी ताइपेइबाट ताइतुङ जाँदै गरेको सो रेलमा ५ सय जना यात्रु थिए । ताइवानका राष्ट्रपतिले यो दुर्घटना […]

बेलायतमा २४ घन्टाभित्र ७० संक्रमितको मृत्यु, सोमबारबाट लकडाउन सहज बन्ने

लन्डन \  बेलायतमा पछिल्लो २४ घन्टामा थप ७० जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २६ हजार ५१५ पुगेको छ । बेलायतमा कोरोना पुष्टि भएको २८ दिनभित्रको मृत्युलाई कोरोनाका मृतकको रुपमा घोषणा गरिन्छ । यसैगरी बेलायतमा […]

भारतले तत्काल कोभिड–१९ विरुद्धको खोप निर्यात नगर्ने

काठमाडौं \  भारत सरकारले कोभिड–१९ विरुद्धको खोप निर्यातमा अस्थायी रोक लगाएको छ । भारतको विदेश मन्त्रालयले भारतमा संक्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिरहेको र खोप लगाउनेको संख्या बढेको भन्दै अन्य देशलाई खोप तत्कालका लागि निर्यात नगर्ने निर्णय गरेको हो । मन्त्रालयले अवस्था समाधान नभएसम्म बिहीबारदेखि कुनै पनि देशमा खोप निर्यात नहुने निर्णय गरेको भारतीय सञ्चार […]

बेलायतमा कोरोनाका मृतक ६ महिनापछिकै कम

लन्डन \  बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ महिनायताकै कम भएको छ । सोमबार सार्वजनिक तथ्याँक अनुसार  पछिल्लो २४ घन्टामा  कोरोना  संक्रमणका कारण  १७ जनाको मात्र मृत्यु भएको छ । दैनिक मृतक संख्याको आधारमा यो  संख्या गतवर्ष सेप्टेम्बर २८ पछिकै सबैभन्दा कम हो । गत सेप्टेम्बर २८ मा पनि सोहि संख्यामा मृत्यु भएको […]

श्रीलङ्कामा बस दुर्घटनामा परी कम्तीमा १४ जनाको मृत्यु, ३० भन्दा बढी घाइते

एजेन्सी \  श्रीलङ्काको पासारामा शनिबार बस दुर्घटनामा पर्दा कम्तीमा १४ जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । राजधानी कोलम्बोबाट करिब ३५७ किलोमिटर टाढा मोनेरागला–बडुल्ला सडक क्षेत्रमा गुडिरहेको बस भीरबाट खसी भएको दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने बसमा यात्रारत ३० व्यक्ति सख्त घाइते भएका छन् । प्रत्यक्षदर्शी घाइते यात्रुका अनुसार चालकको लापरबाहीका […]

काेराेनाबारे शङ्का गर्ने ताञ्जनियाका राष्ट्रपतिको निधन

काठमाण्डाै \  ताञ्जनियाका राष्ट्रपति जोन मागुफुलीको निधन भएको छ । ६१ वर्षका राष्ट्रपति जोनको हिजो अस्पतालमा निधन भएको त्यहाँका उपराष्ट्रपति सामिया सुलुहु हसनले पुष्टि गर्नु भएको हो । मुटुसम्बन्धी समस्याका कारण मागुफुली पछिल्लो दुई हप्ताभन्दा लामो समयदेखि सार्वजनिक रुपमा देखिनु भएको थिएन । गएको हप्ता विपक्षी दलका नेताले उहाँलाई कोरोना भाइरसको  सङ्क्रमण भएको बताएका थिए […]

किमकी बहिनीले अमेरिकालाई दिइन् धम्की !

काठमाडौं \ उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनीले अमेरिकलाई धम्की दिएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कोरिया नीति सार्वजनिक गर्न उनले माग गरेकी छन् । उनकी बहिनी किम यो जोङले अमेरिकाले आफ्नो भूमिमा बारुदको गन्ध फैलाउन खोजेको आरोप लगाउँदै यो अस्थिरताको कारक बन्न सक्ने चेतावनी दिएकी छन् । अमेरिकाले दक्षिण […]

बेलायतमा कोरोनाबाट मृत्यु हुने संख्या घट्दै

लन्डन \ बेलायतमा दैनिक कोरोना मृतकको संख्या अक्टुबर यताकै सबैभन्दा कम भएको छ । पछिल्लो २४ घन्टामा थप ५२ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २५ हजार ५१६ पुगेको छ । यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ४ हजार […]

बेलायतमा थप १२१ कोरोना संक्रमितको मृत्यु

लन्डन \  बेलायतमा पछिल्लो २४ घन्टामा थप १२१ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । यससंगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २५ हजार ४६४ पुगेको छ । यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ५ हजार ५३४ जना नयां संक्रमित थपिएका छन् । थपिएका नयां संक्रमितसंगै […]

बेलायतमा थप २३१ संक्रमितको मृत्यु, ५ हजार बढी संक्रमित

लन्डन \  बेलायतमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप २३१ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २४ हजार ७९७ छ । यसैगरी पछिल्लो २४ घन्टामा बेलायतमा थप ५,७६६ जना नयाँ संक्रमित थपिएका छन् । विगतका केहि दिनहरुमा दैनिक संक्रमितको संख्यामा […]

भारतको उत्तराखण्डका मुख्यमन्त्रीद्वारा राजीनामा

काठमाण्डाै \ भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले राज्यपाल बेबी रानी मौर्यलाई आफ्नो राजीनामा बुझाउनुभएको हो । राजीनामा बुझाएपछि उहाँले राजीनामा बुझाउने आफ्नो नभइ पार्टीको निर्णय भएको बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ । रावतले राजीनामाका विषयमा जानकारी दिन बुधवार  सांसदहरूको बैठक बोलाउनुभएको छ । भारतीय जनता पार्टीको […]

स्विजरल्याण्डमा सार्वजनिक ठाउँमा अनुहार ढाक्ने पाेसाकमा प्रतिबन्ध

काठमाण्डाै \  स्विजरल्याण्डमा सार्वजनिक ठाउँमा अनुहार छोप्ने विषयमा जनमत सङ्ग्रह भएको छ । मुस्लिम महिलाहरूले लगाउने अनुहार छोप्ने बुर्का जस्ता पोसाकको पहिरनमा प्रतिबन्ध लगाउने पक्षमा समर्थन गरिएको छ । प्रतिबन्धको पक्ष र विपक्षमा २ प्रतिशतमात्रै मतान्तर रहेको छ । समर्थनमा ५२ र विपक्षमा ४८ प्रतिशत मत खसेको बीबीसीले जनाएको छ । दक्षिणपन्थी स्वीस पिपल्स पार्टीले […]

बहराइनका राजकुमारसहितको टोली सगरमाथा आरोहणका लागि नेपाल आउने

काठमाण्डाै \ बहराइनका राजकुमारसहितको टोली सगरमाथा आरोहणका लागि नेपाल आउने भएको छ । गएको असोज महिनामा लोबुचे पिक र मनास्लु हिमालको आरोहण गरेको टोली आउँदार्गा वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि नेपाल आउने बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ । १३ जना बहराइनी र तीन बेलायती गरी १६ जनाको आरोहण टोली आउँदाे चैत २ गते नेपाल […]

म्यानमारमा सेनाको आक्रमणबाट एकैदिन ३८ प्रदर्शनकारीको ज्यान गयो

काठमाण्डौ \ म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भैरहेको छ । प्रदर्शन हिंसात्मक बन्दै गैरहेको छ । म्यानमारको सेनाले चुनावमा असन्तुष्टि जनाउँदै नेतृ सुकीसहितका नेताहरुलाई हिरासतमा राखेर एक वर्षका लागि संकटकालको घोषणा गरेको छ । सेनाले […]

विश्वभर ९ करोड १० लाखभन्दा धेरैले कोरोनालाई जिते

काठमाण्डाै \ विश्वभर अहिलेसम्म ९ करोड १० लाखभन्दा धेरैले कोरोनालाई जितेका छन् । वर्ल्डओमिटरकाअनुसार ११ करोड २२ लाखभन्दा धेरै कोरोना सङ्क्रमितमध्ये ९ करोड १० लाखभन्दा धेरै व्यक्ति कोरोनामुक्त भइसकेका हुन् । अहिलेसम्म कोरोनाका कारण विश्वभर २५ लाख ५८ हजार जनाको ज्यान गएको छ । सङ्क्रमितमध्ये २ करोड १७ लाख व्यक्ति अहिले विभिन्न अस्पताल र होम […]

बेलायतमा कोरोनाविरुद्धकाे खोपले जटिल बिरामी हुने दर ८० प्रतिशतले घट्याे

काठमाण्डाै \ बेलायतले कोरोनाविरुद्धको खोपले कोरोना सङ्क्रमणका कारण अस्पताल पुग्नुपर्ने अवस्थालाई ८० प्रतिशतभन्दा धेरैले घटाएको पाइएको छ । बेलायतमा खोप लगाइसकेपछिको र लगाउनुअघिको तथ्याङ्कलाई गरिएकाे अध्ययनमा खोप लगाएका मानिसमा कोरोना सङ्क्रमण भए पनि गम्भिर अवस्थामा पुग्ने वा अस्पताल नै जानुपर्ने अवस्थालाई ८० प्रतिशत घटाएको पाइएको बीबीसीले जनाएको छ । बेलायतको स्वास्थ्य विभागले गरेको अध्ययनमा खोप लगाएको […]

बेलायत कोरोना अपडेट: दैनिक संक्रमित संख्या सेप्टेम्बरपछिकै न्यून

लन्डन \ बेलायतमा पछिल्लो २४ घन्टामा थप २९० जना कोरोना संक्रमितको मृत्यु भएको छ । दैनिक संक्रमित संख्या गतवर्ष सेप्टेम्बरपछिकै न्यून हो । यससँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २२ हजार ७०५ पुगेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी दिएको छ । यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ७ हजार ४३४ जना नयाँ संक्रमित थपिएका […]

जोन्सन एण्ड जोन्सनको कोरोना खोपलाई अमेरिकामा स्वीकृति

काठमाण्डौ \  अमेरिकाको औषधि नियामक संस्था एफडीएले जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपलाई स्वीकृति दिएको छ । जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोना भ्याक्सिनलाई स्वीकृति दिने अमेरिका विश्वकै पहिलो देश बनेको छ । अमेरिकामा फाइजर र मोर्डनको खोपपछि तेस्रो भ्याक्सिनको रुपमा जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको भ्याक्सिनले स्वीकृति पाएको हो । यो खोप […]

८ करोड भारतीय व्यापारी आन्दोलनमा, भारत बन्दकाे घाेषणा

काठमाण्डौ \  भारतका व्यापारीहरुले ‘भारत बन्द’को घोषणा गरेका छन् । ८ करोडभन्दा धेरै व्यापारीहरुले विभिन्न माग राख्दै भारत बन्दको घोषणा गरेका हुन् । वस्तु एवं सेवा कर (जीएसजी), पेट्रोल र डिजेलको मूल्यवृद्धि, ई-वे बिललगायतको विरोध गर्दै व्यापारीहरुले आन्दोलनको घोषणा गरेका हुन् । आन्दोलनमा ४० हजार व्यापारिक सङ्घका झण्डै ८ करोड व्यापारी सहभागी रहेका छन् । अखिल भारतीय व्यापारी […]

भारतमा कोरोना संक्रमण : राजनीतिक, धार्मिक र सामाजिक कार्यक्रममा भेला हुन रोक

 काठमाडौं \ कोरोना संक्रमणको लहरलाई रोक्ने उद्देश्यले भारतको महाराष्ट्र सरकारले आजबाट सबै प्रकारका राजनीतिक, धार्मिक र सामाजिक कार्यक्रममा भेला हुन रोक लगाएको छ । मुख्यमन्त्री उद्धव ठाकरेले टेलिभिजन सम्बोधन गर्दै महाराष्ट्रका सबै राज्यहरुमा मानिसहरु भेला हुने कार्यक्रममा बन्देज लगाइएको जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘महामारीले हाम्रो राज्यमा फेरि टाउको उठाउँदै छ । लकडाउनबाट […]