अन्तर्राष्ट्रिय

भारतको असममा विषाक्त रक्सीले कम्तीमा ५० जना चिया मजदुरको ज्यान लियो

भारतको असम राज्यको गोलाघाट जिल्लामा विषाक्त रक्सीका कारण कम्तीमा ५० जना चिया मजदुरको ज्यान गएको छ । विषाक्त रक्सीका कारण बिरामी भएका ५० भन्दा बढीको जोरहाट मेडिकल कलेजमा उपचार भैरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बिहीबार राति सलमारा चिया बगानमा ६५ वर्षीया महिला द्रौपदी ओरनको घरमा भएको जमघटमा विषाक्त रक्सीका कारण यो घटना घटेको […]

अस्ट्रेलियामा ७४३ विद्यार्थीको भविष्य अन्योलमा, कन्सल्टेन्सी बेपत्ता

मिनी म्यानपावरको रूपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७४३ विद्यार्थीको भविष्य अन्योलमा परेको छ। नेपाल समाचारपत्रमा समाचार छ, अस्ट्रेलियाली सरकारले नर्सिङ कोर्सको सम्बन्धन नदिएको अस्ट्रेलिन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी) मा मनपरि विद्यार्थी पठाएपछि त्यहाँ पढाइ सकेर प्रमाणपत्र लिने अवस्थामा पुगेका विद्यार्थीको भविष्य अन्योलमा परेको हो । सम्बन्धन नै नदिएको एआईबीटी कलेजमा सबैभन्दा बढी विद्यार्थी […]

सामसुङले सार्वजनिक गर्‍यो फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन

एजेन्सी \ दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ। फोल्ड गर्न मिल्ने मोबाइल निर्माण गर्ने सामसुङ विश्वकै पहिलो कम्पनी पनि भएको छ। तीब्र प्रतिस्पर्धाका कारण मोबाइलको बिक्री घट्न थालेपछि चिन्तित देखिएको सामसुङले नयाँ विशेषता सहितको नयाँ फोन सार्वजनिक गरेको हो। यस फोनमा पाँचौं पुस्ता (फाइभ–जी) को […]

गुगल, फेसबुकजस्ता अनलाइन कम्पनीमाथि ‘डिजिटल कर’ लगाउने तयारी

-एजेन्सी न्यूजिल्याण्ड सरकारले फेसबुक र गुगलजस्ता चर्चित अनलाइन कम्पनीहरुमाथि डिजिटर कर लगाउने योजना अगाडि सारेको छ । न्यूजिल्याण्ड सरकारका अनुसार यस्ता कम्पनीहरुले देशमा अकूत नाफा गरे पनि एकदमै कम कर तिरिरहेकोले यस्तो योजना अगाडि ल्याइएको हो । न्यूजिल्याण्डका प्रधानमन्त्री जेसिंडा अरडर्नका अनुसार आम्दानी करबीच ठूलो अन्तर छ, जसलाई घटाउन आवश्यक छ । उनी भन्छन्, ‘हामीसँग […]

ट्रम्प–किम दोस्रो शिखर बैठक मिति तय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीचको दोस्रो शिखर बैठक यही फेब्रुअरी २७ र २८ तारिखमा हुने भएको छ । भियतनामको हनोइमा किमलाई भेट्ने मिति तय भएको बारेमा ट्रम्पले शुक्रबार जानकारी दिएका हन् । “मेरा प्रतिनिधि भर्खरै मात्र महत्वपूर्ण उपलब्धिका साथ उत्तर कोरियाबाट स्वदेश फर्किदै छन्, उनीहरुले दोस्रो शिखर बैठकको स्थान […]

थाई राजकुमारीको प्रधानमन्त्रीमा उम्मेदवारी दिने घोषणा

एजेन्सी \ आगामी मार्च महिनामा हुने आमचुनावमा एक जना थाई राजकुमारीले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । थाइल्यान्डको आधुनिक इतिहासमा राजपरिवारका कुनै सदस्यले मुख्य राजनीतिक भूमिकामा दाबी गरेको यो पहिलो घटना हो ।थाइल्यान्डका राजा माहा वाजिरालोङकोर्नकी ठूली दिदी ६७ वर्षीया राजकुमारी उबोलरतनाले थाई रक्षा चार्ट पार्टीका तर्फबाट उम्मेदवारी दिएको घोषणा गर्नुभएको छ […]

चार्ज गर्दै इयरफोनमा गीत सुनिरहेका २४ वर्षे युवकको मृत्यु

एजेन्सी \ थाइल्याण्डको चोनबुरी प्रान्तमा बस्ने क्रिस्टाडा सुपोलले इयरफोनमा गीत सुनेका कारण आफ्नो ज्यान गुमाउनु पर्यो । २४ वर्षका क्रिस्टाडाको फोन चार्जमा राखिएको थियो र उनी इयरफोन लगाएर गीत पनि सुनिरहेका थिए । यसै क्रममा करेन्ट प्रवाह भएर उनको मृत्यु भयो । स्थानीय मिडियाका अनुसार क्रिस्टाडाले इरफोनको स्पिकर मुखमा राखेका बेला करेन्ट लाग्नाले मृत्यु भएको […]

हिमपहिरोमा परि ६ प्रहरीसहित १० जना बेपत्ता

एजेन्सी \ भारतको जम्मू कश्मीर राज्यमा गएको हिमपहिरोमा परि ६ प्रहरीसहित १० जना बेपत्ता भएका छन्।  जम्मू काश्मीरको कुलगामको  श्रीनगर–जम्मू राजमार्गमा गएको हिमपहिरोमा परि सुरक्षामा तैनाथ रहेका प्रहरीसहित १० बेपत्ता भएको भारतीय सञ्चारमाध्यम एनडीटिभीले जनाएको छ। हिमपहिरोमा २० जना पुरिए पनि १० जनालाई सुरक्षित रुपमा उद्धार गरिएको छ। बेपत्ता भएका १० जनामा ६ जना प्रहरी, दुई […]

रया अल हसन अरब देशहरुमै पहिलो गृहमन्त्री बनिन्

अरब देशहरुकै पहिलो महिला गृहमन्त्री बनेपछि अहिले त्यसैको चर्चा भैरहेको छ । बुधबार लेबनानकी नेता रया अल हसनले गृहमन्त्रीको जिम्मेवारी सम्हालेकी छिन् । हसनले पदभार ग्रहण गरेसँगै लेबनानी प्रधानमन्त्री साद हरीरीले ट्वीट गर्दै भनेका छन्, ‘हामीलाई लेबनानका महिलामाथि, सरकारका महिला मन्त्रीमाथि, अरब जगतकै पहिलो महिला मन्त्रीमाथि, भविष्य तथा लेबनानमाथि नै गर्व छ ।’ पीटीआईले जनाएअनुसार […]

अन्ना हजारले अनसन तोडे

नयाँ दिल्ली \ भारतीय सामाजिक कार्यकर्ता अन्ना हजारले सात दिनदेखि बस्दै आएको अनसन तोडेका छन् । स्क्रोल डट इनका अनुसार महाराष्ट्र सरकारका मुख्यमन्त्री देवेन्द्र फडणवीसले मंगलबार बेलुका हजारेलाई भेट्दै उनको माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । मुख्यमन्त्री पडणवीसले अन्ना हजारेलाई जुस खुवाएर अनसन तोडाएका थिए । त्यसपछि संयुक्त पत्रकार सम्मेलनमा हजारेले भने, ‘मुख्यमन्त्रीले हाम्रो सबै […]

स्वाइन फ्लूका कारण ११ जनाको मृत्य

नयाँ दिल्ली \ भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लूका कारण यस वर्षको सुरूदेखि आइतबारसम्म ११ जनाको मृत्य भएको दिल्लीको राज्य सरकारले दिएको तथ्याङ्कमा जनाइएको छ । तथ्याङ्क अनुसार सन् २०१९ मा स्वाइन फ्लू प्रभावित एक हजार ११ बिरामी भेटिएकामा ११ जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । रोगको प्रकृतिका कारण सार्वजनिक रूपमा […]

घरमा ठाेक्किएर विमान दुर्घटना, पाँचजनाको मृत्यु भएकाे पुष्टि

एजेन्सी \ अवतरणका क्रममा एउटा सानो विमान आइतबार क्यालिफाेर्नियमा दुर्घटनाग्रस्त भएकाे छ । विमानस्थलको धावनमार्गबाट बाहिरिन पुग्दा एउटा घरमा ठोक्किएर विमान दुर्घटना भएको हाे । दुर्घटनामा विमानका चालकसहित अन्य चारजनाको ज्यान गएकाे छ । वर्षाका कारण विमानस्थलमा धावनमार्गमा जमेको पानीका कारण धावनमार्गबाट विमान बाहिरिएको र विमानस्थलसँगै जोडिएको घरमा ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा विमान […]

ट्रम्पले भने : नेपाल र भूटान भारतीय भूभाग

एजेन्सी \ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल र भूटानलाई भारतीय भूभाग ठान्ने गरेको खुलासा भएको छ। ट्रम्पले अमेरिकी गुप्तचरहरूको एउटा समूहलाई दिएको ब्रिफिङका क्रममा नेपाल नेपाल र भूटान भारतीय भूभाग हुन् भनेका हुन्। ट्रम्पले नेपाल र भूटानलाई भारतीय भूभाग भनेपछि उनका सल्लाहकारहरूले दक्षिण एसियाको नक्सा मगाए सम्झाएको बताइएको छ। उनलाई सल्लाहकारहरूले अफगानिस्तानदेखि बंगलादेशसम्मको भूभाग देखाएर […]

बिहारमा रेल दुर्घटना, ६ जनाको मृत्यु

सिधाखबर / भारतको बिहारबाट राजधानी नयाँदिल्ली जाँदै गरेको रेल दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १३ जना घाइते भएका छन्। सिमाञ्चल एक्सप्रेसको रेल विहान ४ बजे दुर्घटनामा परेको हो । रेलका ९ वटा डिब्बा लिकबाट उछिट्टिएका थिए। मृतक र घाइतेको संख्या बढ्ने सक्ने उद्धारमा खटिएका अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका […]

अन्ना हजारेले आमरण अनशन सुरु गरे

एजेन्सी \ भारतमा भ्रष्टाचारविरोधी सामाजिक अभियन्ता किसन बाबु राव हजारे (अन्ना हजारे) ले आमरण अनशन सुरु गरेका छन् । हजारेले लोकपाल ऐनमा भएको प्रावधानअनुसार केन्द्रमा लोकपालको गठन र राज्यमा लोकायुक्तको नियुक्तिको माग गर्दै बुधबारदेखि आफ्नो गाउँ महाराष्ट्रको रलेगण सिद्दिमा अनशन सुरु गरेका हुन् । भारतीय पूर्वसैनिक हजारे भ्रष्टाचारविरोधी अभियानका लागि विश्वभर चर्चित छन् । ८१ वर्षीय हजारे अविवाहित छन् । […]

तलब नदिने मलेसियाको डब्लूआरपी कम्पनीलाई कारबाही हुने

मलेसिया \ श्रमिकको तलब रोक्ने मलेसियाको डब्लूआरपी कम्पनीलाई मलेसिया सरकारले कारबाही गर्ने भएको छ । मलेसियाको मानव संशाधन मन्त्रालयको तर्फले डब्लूआरपी एसिया प्यासिफिक कम्पनीलाई कारबाही बताएको हो ।तलब नदिएपछि नेपाल र बाङ्लादेशसहित विभिन्न देशका दुई हजार भन्दा धेरै कामदारले हडताल सुरु गरेका थिए । कम्पनीले तीन महिनादेखि तलब रोकेको, अतिरिक्त समय काम गरेको रकम नदिएको र अनावश्यक […]

लिबियामा १२ नेपाली बन्धक, उद्दारका लागि पहल

काठमाडौं \ इटाली लैजान्छु भनेर लगिएका १२ जना नेपालीलाई लिबियामा बन्धक बनाएको खुलेको छ । उनीहरुलाई कुनै अपराधिक समूहले नभई दलालकै समूहले बन्धक बनाएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ । सन्तोष पराजुली र जसध्वज गुरुङको समूहले गत भदौमा १२ जनालाई दुई समूहमा इटली पठाएको थियो । भिजिट भिसामा दुबई पुगेका उनीहरुलाई पाकिस्तानी एजेन्टले लिबिया पुर्‍याएका हुन् […]

हुवावेमाथि प्रविधि चोरी र बैंकिङ जालसाजीसहित २३ आरोप

सिधाखबर \ संसारको दोस्रो ठूलो स्मार्टफोन निर्माता चिनियाँ कम्पनी हुवावेविरूद्ध अमेरिका आक्रामक रूपमा अघि बढेको छ।आफ्ना विभिन्न निकायले गरेको अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा अमेरिकाको जस्टिस डिपार्टमेन्टले हुवावेविरूद्ध बैंकिङ जालसाजी, न्यायमा अवरोध, इरानमाथि लगाइएको प्रतिबन्धको उल्लंघन, प्रविधि चोरीलगायत आरोप लगाएर सोमबार मुद्दा हालेको छ। ‘गैरकानुनी गतिविधि गर्न अमेरिकी आर्थिक प्रणालीको प्रयोग गरी कैयौं वर्षदेखि चिनियाँ कम्पनीले हाम्रो […]

भारतीय पूर्व रक्षामन्त्री फर्नाडिजको स्वाइन फ्लूका कारण निधन

सिधाखबर \ भारतीय पूर्व रक्षामन्त्री जर्ज फर्नाडिजको स्वाइन फ्लूका कारण निधन भएको छ। ८८ वर्षीय फर्नान्डिजनको आज बिहान ७ बजे दिल्लीमा निधन भएको भारतीय सञ्चारमाध्यले जनाएका छन। फर्नाडिजले अटल बिहारी वाजपेयी नेतृत्वको सरकारमा रक्षामन्त्रीको पद सम्हालेका थिए। फर्नाडिज भारतको समता पार्टीको संस्थापक नेता हुन्। ३ जुन ११३०मा भारतको मैंगलोरमा जन्मिएका उनी नौं पटकसम्म लोकसभाका सांसद बनेका […]

वैवाहिक समारोह चलिरहेको होटेललाई पहिराेले पुर्दा १५ जनाको मृत्य

एजेन्सी \ पेरू- करिब १०० जना पाहुना सहभागी एक वैवाहिक समारोह चलिरहेको होटेललाई पहिरोले पुर्दा कम्तिमा १५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले आइतबार जनाएका छन् । घटनामा कम्तीमा ३४ जना सख्त घाइते भएका बताइएको छ । “होटेलको पर्खालबाट जोडसाथ विवाहस्थलमा एक्कासी छिरेको पहिरोले अवान्से शहरमा वैवाहिक कार्यक्रममा सहभागी १५ जनाको मृत्यु भएको छ भने ३४ जना […]