अन्तर्राष्ट्रिय

लायन एयरलाइन्सको विमान समुद्रमा खस्यो

सिधाखबर \ एक सय ७७ यात्रु र ११ विमान चालक दलका सदस्य बोकेको इण्डोनेशियाको लायन एयरलाइन्सको विमान समुद्रमा खसेको छ। फ्लाइट जेटी ६१०, फ्लाइट बोइङ्ग ७३७ जकार्ताबाट उडान भर्नासाथै दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। विमान जकार्ताबाट पंगकलतर्फ पुग्न लाग्दा समुद्रमा खसको हो। उडान भरेको १३ मिनेटमै यसको सम्पर्क टुटेको बताइएको छ। उडान समुद्र पार गर्न […]

गूगल कम्पनीका १३ म्यानेजर सहित ४८ कर्मचारीको जागिर चट (कारण सहित)

एजेन्सी \ गूगल कम्पनीले १३ जना वरिष्ठ म्यानेजरसहित ४८ जना कर्मचारीलाई जागिरबाट निकालेको छ । पछिल्लो दुईवर्षदेखि उनीहरुलाई यौन उत्पीडनको आरोप लागेको थियो । गूगलका मुख्य कार्यकारी अधिकारी सुन्दर पिचईले आफ्ना उत्पीडनका आरोप लागेका कर्मचारीहरुको नाम उल्लेख गरेको पत्रमा कम्पनीले यौन दुव्र्यवहारको आरोप लागेपछि यस्तो फैसला लिएको बताएका छन् । यो पत्र न्यूयोर्क टाइम्सको त्यो […]

प्रधानमन्त्री माहदीले लिए सपथ

एजेन्सी \ इराकको नयाँ प्रधानमन्त्रीको रुपमा अदेल अब्दुल माहदीले बुधबार सपथग्रहण गरेका छन् । इराकको संसदले त्यहाँको २२ सदस्यीय मन्त्रिपरिषदलाई १४ जनामा सीमित गरेसँगै माहदीले सपथ गरेका हुन् ।संसदले भने २२ मध्ये १४ जनाको नामलाई अनुमोदन गरेको छ । संसदका सभामुखले मन्त्रीहरुको नाम एकपछि अर्को गर्दै पढेर संसदमा सुनाएका थिए । बुधबार संसदले अनुमोदन गरेका […]

मलेसियामा गएका कामदारले अब १३ वर्ष बस्न पाउने

सिधाखबर \ मलेसियामा विदेशी कामदार अब १३ वर्षसम्म बस्न पाउने भएका छन् । यसअघि १० वर्षसम्म बस्न पाउने नियमलाई परिमार्जन गर्दै मलेसिया सरकारले १३ वर्षसम्म बस्न पाउने नियम ल्याएको हो । मलेसियाका मानव संशाधन मन्त्री एम कुला सेगरनले विदेशी कामदारको अस्थायी रोजगार अनुमति (पीएलकेस) प्रावधानलाई परिमार्जन गरेको जानकारी दिएका छन् । अहिले मलेसियामा रहेका विदेशी […]

घरमा आगो लाग्दा ७ जनाको मृत्यु

एजेन्सी \ युगान्डाको एक घरमा आगलागी हुँदा एकै परिवारका ७ जनाको मृत्यु भएको छ । बुकेडा जिल्लाको अमुटोरो गाउँमा रहेको भाँडोमा राखिएको पेट्रोलबाट फैलिएको आगलागीमा एकै परिवारका ७ जनाको ज्यान गएको हो । झुप्रो घरमा लागेको आगो छिट्टै फैलिँदा परिवार नै सखाप भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्, । युगान्डाको पूर्व क्योगा क्षेत्रका प्रहरी प्रवक्ता मिचेल […]

तिर्थबाट फर्केको बस पल्टिदा ५३ जनाको मृत्यु

सिधाखबर \ भारतको दक्षिणी राज्य तेलंगनामा भएको बस दुर्घटनामा ५३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश महिला रहेका छन्, । जगतियाल जिल्लामा हिजो मंगलबार भएको दुर्घटनामा परी दर्जनौं घाइते भएका प्रहरीले जनाएको छ । घाइतेलाई उद्धार गरी स्थानीय जगतियालको अस्पतालमा भर्ना गरिएको छ । अधिकारीहरूले बसमा क्षमताभन्दा बढी मानिसले यात्रा गरिरहेकाले दुर्घटना भएको जनाएका छन्, । राज्य सञ्चालित […]

२ सय वर्ष पुरानो संग्रहालयमा लाग्यो आगो

सिधाखबर \ ब्राजिलको २ सय वर्ष पुरानो राष्ट्रिय संग्रहालयमा भीषण आगलागी भएको छ । रियो दी जनरियोमा रहेको देशको पुरानो वैज्ञानिक संस्थामा हिजो आइतबार आगलागी भएको हो । २० लाखभन्दा बढी पुरातात्विक महत्वका वस्तुहरु संग्रहित सिंगो भवन भरी नै आगो फैलिएको छ । ब्राजिलका टेलिभिजनहरुले देखाइरहेको दृश्यमा भवनभर फैलिएको आगो नियन्त्रणका लागि अग्नी नियन्त्रणकहरुले प्रयास […]

हेलिकोप्टर दुर्घटना हुँदा १८ जनाको मृत्यु

सिधाखबर \सेनाको हेलिकोप्टर दुर्घटना हुँदा इथियोपियामा १८ जनाको मृत्यु भएको छ । राज्यको संलग्नता रहेको फाना प्रसारण निगमले मुलुकको मध्य भागमा पर्ने डायर डावा र विशोफ्टुको बीचमा हेलिकोप्टर दुर्घटना भएको जनाएको छ । हेलिकोप्टरमा भएका सवैको मृत्यु भएको बताइएको छ । हेलिकोप्टरमा १५ जना सैनिक र तीन जना चालक दलका सदस्य रहेका थिए । घटनाका […]

एउटै अस्पतालका १६ नर्स एकैचोटी भए गर्भवती

एजेन्सी \ अमेरिकाको ऐरिजोनास्थित एक अस्पतालमा काम गर्ने १६ जना नर्स एकैपटक गर्भवती भएका छन् । ब्यानर डेजर्ट मेडिकल सेन्टरको इन्टेन्सिभ केयर युनिटमा काम गर्ने १६ नर्स एकैपटक गभवती भएका हुन् । अक्टोबरदेखि अर्को वर्षको जनवरीमा सुत्केरी हुने मिति तोकिएका केही नर्सलाई आफू काम गर्ने अस्पतालमा आफूबाहेक अन्य १५ जना पनि गर्भवती भएको बारे फेसबुक […]

यसरी बनाइन्छ, गाईको गोबरबाट पहिरन

एजेन्सी \ नेदरल्याण्डको एक कम्पनी गाईको गोबरबाट फेशनेबल ड्रेस बनाउन सफल भएको छ । जलिला एसाइदीले गोबरमा पाइने सेल्युलोज अलग्याएर पहिरन बनाउने तरिकाको खोजी गरेकी हुन । उनले गोबरबाट सर्ट र टप तयार पार्ने गरेका छन्, । यो कम्पनीले गोबरको सेल्युलोजबाट प्लाष्टिक र कागज बनाउनमा समेत सफलता हाँसिल गरेको छ । एसाइदीका अनुसार यो भविष्यको […]

एमर्सन मनांगाग्वा जिम्बाब्बेको राष्ट्रपतिमा निर्वाचित

एजेन्सी \ एमर्सन मनांगाग्वा जिम्बाब्बेको राष्ट्रपति निर्वाचनमा निर्वाचित भएका छन । पूर्वराष्ट्रपति रोबर्ट मुगाबेले समर्थन गरेका विपक्षी पार्टीका उम्मेदवार नेल्सन चमिसालाई थोरै मत अन्तरले हराउँदै मनांगाग्वा विजयी भएका हुन । जिम्बाब्बेको चुनाव आयोग प्रमुख जस्टिस प्रिसिला चिगुम्बाले मनागांग्वा विजयी भएको घोषणा गरेको बीबीसी मिडियामा समाचार आएको छ । १० प्रान्तको परिणाम जारी गर्दै चुनाव आयोगले […]

आर्थिक समृद्धिमा चिनियाँ सहयोगबारे छलफल

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा आएका चिनियाँ उपविदेश मन्त्री वाङ वाजुनबीच भेटवार्ता भएको छ ।सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा नेपालको आर्थिक समृद्धिमा चिनियाँ सहयोगबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । भेटमा अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टीहरुबीचको एकताले जनतामा आशा जगाएको बताउँदै जनताले पार्टीलाई चुनावमा जिताएर एकताको अनुमोदन पनि गरेको उल्लेख गरे […]

अन्धाधुन्ध गोली प्रहारबाट नेपाली महिला घाइते

एजेन्सी \ अमेरिकाको ओक्लाहामा राज्यको अटोका सहरमा एक नेपाली महिलामाथि गोली प्रहार भएको छ । ग्यास स्टेसनमा काम गरिरहेका बेला गत सोमबार दिउँसो सवा १२ बजे रचना श्रेष्ठमाथि गोली प्रहार भएको हो । भुइँ पुछिरहेका बेला पछाडीबाट अन्धाधुन्ध गोली प्रहार भएको बताइएको छ । बेहोस भएपछि हेलिकप्टरमार्फत श्रेष्ठलाई टल्सा सहरको अस्पताल पुर्याइएको थियो । घाइते श्रेष्ठका […]

पाकिस्तानमा आम निर्वाचन हुँदै

बीबीसी/गुल बुखारी आज बुधबार पाकिस्तानमा आम निर्वाचन हुँदैछ । यो पटक चुनाव अघि उम्मेद्वारहरुलाई आतङ्कित पार्न पहिले कहिल्यै नदेखिएको स्तरमा उम्मेद्वारहरुलाई धम्काउनेदेखि मार्नेसम्मका कार्यहरु भएका छन्, । पूर्व प्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी मरियम आफूलाई दिइएको जेल सजाय भोग्नको लागि देश फर्किएको दिन मानिसहरुले सेना विरुद्ध नारा लगाए । अघिल्लो शुक्रबार सेनाको मुख्यालय नजिकै […]

अलपत्र परे साउदीमा ३८ नेपाली

सिधाखबर \ ३८ जना नेपाली साउदी अरबमा अलपत्र परेका छन् । सम्झौता अनुसारको तलब नपाउँदा अलपत्र परेको बताइएको छ । उनीहरु ०७४ फागुन १ मा साउदी पुगेको र ९ सय रियलमात्र तलब पाएपछि एक दिन ड्यूटी इन्कार गरेका नेपालीलाई कम्पनीले सडकमा निकालिदिएको जनाइएको छ । अलपत्र पर्नेमा खोटाङका धनीराम राई, अशोक तामाङ, अरुण तामाङ, राजन […]

नयाँ दिल्लीमा एकै घरका ११ जनाको शव भेटियो

सिधाखबर \ भारतको राजधानी नयाँ दिल्लीस्थित एक घरमा ११ जनाको शव फेला परेको छ । ११ शव मध्ये १० जनाको आँखामा पट्टी बाँधेर झुण्डिएको र १ जनाको शव भने भुइँमा लडिरहेको अवस्थामा फेला परेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । मृतकहरु एकै परिवारका सदस्य रहेको र जसमा ७ जना महिलासहित ४ जना पुरुषको शव रहेको […]