अन्तर्राष्ट्रिय

तिर्थबाट फर्केको बस पल्टिदा ५३ जनाको मृत्यु

सिधाखबर \ भारतको दक्षिणी राज्य तेलंगनामा भएको बस दुर्घटनामा ५३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश महिला रहेका छन्, । जगतियाल जिल्लामा हिजो मंगलबार भएको दुर्घटनामा परी दर्जनौं घाइते भएका प्रहरीले जनाएको छ । घाइतेलाई उद्धार गरी स्थानीय जगतियालको अस्पतालमा भर्ना गरिएको छ । अधिकारीहरूले बसमा क्षमताभन्दा बढी मानिसले यात्रा गरिरहेकाले दुर्घटना भएको जनाएका छन्, । राज्य सञ्चालित […]

२ सय वर्ष पुरानो संग्रहालयमा लाग्यो आगो

सिधाखबर \ ब्राजिलको २ सय वर्ष पुरानो राष्ट्रिय संग्रहालयमा भीषण आगलागी भएको छ । रियो दी जनरियोमा रहेको देशको पुरानो वैज्ञानिक संस्थामा हिजो आइतबार आगलागी भएको हो । २० लाखभन्दा बढी पुरातात्विक महत्वका वस्तुहरु संग्रहित सिंगो भवन भरी नै आगो फैलिएको छ । ब्राजिलका टेलिभिजनहरुले देखाइरहेको दृश्यमा भवनभर फैलिएको आगो नियन्त्रणका लागि अग्नी नियन्त्रणकहरुले प्रयास […]

हेलिकोप्टर दुर्घटना हुँदा १८ जनाको मृत्यु

सिधाखबर \सेनाको हेलिकोप्टर दुर्घटना हुँदा इथियोपियामा १८ जनाको मृत्यु भएको छ । राज्यको संलग्नता रहेको फाना प्रसारण निगमले मुलुकको मध्य भागमा पर्ने डायर डावा र विशोफ्टुको बीचमा हेलिकोप्टर दुर्घटना भएको जनाएको छ । हेलिकोप्टरमा भएका सवैको मृत्यु भएको बताइएको छ । हेलिकोप्टरमा १५ जना सैनिक र तीन जना चालक दलका सदस्य रहेका थिए । घटनाका […]

एउटै अस्पतालका १६ नर्स एकैचोटी भए गर्भवती

एजेन्सी \ अमेरिकाको ऐरिजोनास्थित एक अस्पतालमा काम गर्ने १६ जना नर्स एकैपटक गर्भवती भएका छन् । ब्यानर डेजर्ट मेडिकल सेन्टरको इन्टेन्सिभ केयर युनिटमा काम गर्ने १६ नर्स एकैपटक गभवती भएका हुन् । अक्टोबरदेखि अर्को वर्षको जनवरीमा सुत्केरी हुने मिति तोकिएका केही नर्सलाई आफू काम गर्ने अस्पतालमा आफूबाहेक अन्य १५ जना पनि गर्भवती भएको बारे फेसबुक […]

यसरी बनाइन्छ, गाईको गोबरबाट पहिरन

एजेन्सी \ नेदरल्याण्डको एक कम्पनी गाईको गोबरबाट फेशनेबल ड्रेस बनाउन सफल भएको छ । जलिला एसाइदीले गोबरमा पाइने सेल्युलोज अलग्याएर पहिरन बनाउने तरिकाको खोजी गरेकी हुन । उनले गोबरबाट सर्ट र टप तयार पार्ने गरेका छन्, । यो कम्पनीले गोबरको सेल्युलोजबाट प्लाष्टिक र कागज बनाउनमा समेत सफलता हाँसिल गरेको छ । एसाइदीका अनुसार यो भविष्यको […]

एमर्सन मनांगाग्वा जिम्बाब्बेको राष्ट्रपतिमा निर्वाचित

एजेन्सी \ एमर्सन मनांगाग्वा जिम्बाब्बेको राष्ट्रपति निर्वाचनमा निर्वाचित भएका छन । पूर्वराष्ट्रपति रोबर्ट मुगाबेले समर्थन गरेका विपक्षी पार्टीका उम्मेदवार नेल्सन चमिसालाई थोरै मत अन्तरले हराउँदै मनांगाग्वा विजयी भएका हुन । जिम्बाब्बेको चुनाव आयोग प्रमुख जस्टिस प्रिसिला चिगुम्बाले मनागांग्वा विजयी भएको घोषणा गरेको बीबीसी मिडियामा समाचार आएको छ । १० प्रान्तको परिणाम जारी गर्दै चुनाव आयोगले […]

आर्थिक समृद्धिमा चिनियाँ सहयोगबारे छलफल

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा आएका चिनियाँ उपविदेश मन्त्री वाङ वाजुनबीच भेटवार्ता भएको छ ।सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा नेपालको आर्थिक समृद्धिमा चिनियाँ सहयोगबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । भेटमा अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टीहरुबीचको एकताले जनतामा आशा जगाएको बताउँदै जनताले पार्टीलाई चुनावमा जिताएर एकताको अनुमोदन पनि गरेको उल्लेख गरे […]

अन्धाधुन्ध गोली प्रहारबाट नेपाली महिला घाइते

एजेन्सी \ अमेरिकाको ओक्लाहामा राज्यको अटोका सहरमा एक नेपाली महिलामाथि गोली प्रहार भएको छ । ग्यास स्टेसनमा काम गरिरहेका बेला गत सोमबार दिउँसो सवा १२ बजे रचना श्रेष्ठमाथि गोली प्रहार भएको हो । भुइँ पुछिरहेका बेला पछाडीबाट अन्धाधुन्ध गोली प्रहार भएको बताइएको छ । बेहोस भएपछि हेलिकप्टरमार्फत श्रेष्ठलाई टल्सा सहरको अस्पताल पुर्याइएको थियो । घाइते श्रेष्ठका […]

पाकिस्तानमा आम निर्वाचन हुँदै

बीबीसी/गुल बुखारी आज बुधबार पाकिस्तानमा आम निर्वाचन हुँदैछ । यो पटक चुनाव अघि उम्मेद्वारहरुलाई आतङ्कित पार्न पहिले कहिल्यै नदेखिएको स्तरमा उम्मेद्वारहरुलाई धम्काउनेदेखि मार्नेसम्मका कार्यहरु भएका छन्, । पूर्व प्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी मरियम आफूलाई दिइएको जेल सजाय भोग्नको लागि देश फर्किएको दिन मानिसहरुले सेना विरुद्ध नारा लगाए । अघिल्लो शुक्रबार सेनाको मुख्यालय नजिकै […]

अलपत्र परे साउदीमा ३८ नेपाली

सिधाखबर \ ३८ जना नेपाली साउदी अरबमा अलपत्र परेका छन् । सम्झौता अनुसारको तलब नपाउँदा अलपत्र परेको बताइएको छ । उनीहरु ०७४ फागुन १ मा साउदी पुगेको र ९ सय रियलमात्र तलब पाएपछि एक दिन ड्यूटी इन्कार गरेका नेपालीलाई कम्पनीले सडकमा निकालिदिएको जनाइएको छ । अलपत्र पर्नेमा खोटाङका धनीराम राई, अशोक तामाङ, अरुण तामाङ, राजन […]

नयाँ दिल्लीमा एकै घरका ११ जनाको शव भेटियो

सिधाखबर \ भारतको राजधानी नयाँ दिल्लीस्थित एक घरमा ११ जनाको शव फेला परेको छ । ११ शव मध्ये १० जनाको आँखामा पट्टी बाँधेर झुण्डिएको र १ जनाको शव भने भुइँमा लडिरहेको अवस्थामा फेला परेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । मृतकहरु एकै परिवारका सदस्य रहेको र जसमा ७ जना महिलासहित ४ जना पुरुषको शव रहेको […]