बिचार

सिमसारको स्याहार

-जुद्धबहादुर गुरुङ सिमसार अर्थात् बोलिचालीमा रसिलो भूमि । जहांँ पानी सुक्दैन, जमिन पनि लुक्दैन । रामसार महासन्धिले विभिन्न अवस्था जस्तै– धाप, दलदल, जमेको वा बगेको, स्वच्छ तथा नुनिलो पानीले स्थायी वा अस्थायी रूपले ओगटेको जमिनलाई सिमसार भनेको छ । सिमसारलाई ४१ प्रकारमा वर्गीकृत गरेको छ । नेपालमा सिमसार नदी, ताल, कुण्ड, जलाशय, धाप वा सिम र धानखेत गरी ६ प्रकारका […]

भेनेजुयला विज्ञप्तिमा कसैले मलाई फसाएको होइन : अध्यक्ष दाहाल

सिधाखबर / पूर्वप्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दक्षिण अमेरिकी मुलुक अमेरिकाबारे दिएको विज्ञप्तिमा आफू अहिले पनि अडिग रहेको बताएका छन्। शुक्रबार साँझ दाहालको निजी सचिवालयले केही सञ्चारमाध्यमहरूमा  विषयलाई अतिरञ्जित ढंगले तोडमरोड गरी भ्रम सिर्जना गर्न खोजेको प्रति गम्भीर ध्यानार्षण भएको छ। सचिवालयले यस्ता भ्रामक र कपोलकल्पित समाचारको पछि नलाग्न सबैमा आग्रह […]

सम्मान र दृष्टिको सङ्कट

-अभि सुवेदी विस्मय र विचारको मुद्रामा यो आलेख तयार गर्न बसेको छु । किताबहरू अनेकौं पढिरहन्छु, तर अहिले पढेका किताबमा अमेरिकी दार्शनिक फ्रान्सिस फुकुयामाले लेखेको र यही नेपाली सालमा प्रकाशित ‘आइडेन्टिटी’ले निकै खिचेको अवस्था हो । एउटा कुराले विस्मित भएको बेला यसले खिचेको हो । यी हरफहरू लेख्दै गर्दा डा. गोविन्द केसीको सोह्रौं आमरण अनशन चलिरहेको छ । यिनका […]

भोलिको उच्च शिक्षा

-सुरेशराज शर्मा राणाकालपछि पञ्चायतकाल रहुन्जेलको उच्च शिक्षालाई हिजोको भनौँ । पञ्चायतकालपछिको शिक्षालाई आजको भनौँ । अब हुनुपर्नेलाई भोलिको शिक्षा भनौँ । हिजोको उच्च शिक्षा करिब २० वर्ष भारतकै शिक्षाको निरन्तरता थियो भने हुन्छ । त्यसो हुनुमा बाध्यता थियो । हाम्रा कलेजबाट निस्केका छात्रछात्राले भारत वा दक्षिण एसियामा पढ्न त्यहाँबाट स्वीकृति प्राप्त भएको हुनुपथ्र्यो । ढाँचा अर्थात् पाठ्यक्रम, पठन–पाठन र परीक्षा त्यहाँको जस्तै […]

सामाजिक सद्भावमा राज्यको भूमिका

-जनार्दन घिमिरे घटना-१ पेप्सीकोला चोकदेखि खहरे चोकसम्म सडक बिस्तारको लागि एक नम्बर सडक डिभिजन कार्यालय बबरमहलले दुइ वर्षअघि ठेक्का लगायो। ठेक्का पाउनासाथ ठेकेदारले भएको सडक रातारात भत्कायो। एयरपोर्टसँगैको सडक भएकाले यसको संवेदनशीलता बुझेर तत्कालै सडक निर्माण हुने विश्वासले त्यतिवेला फेल खायो जब भत्काएको महिनौंसम्म पनि सडक निर्माणको लागि कुनै चालचुल देखिएन। कुनै पनि आयोजना सम्पन्न […]

महिला हिंसा र निर्मला न्याय

-डा. डिला संग्रौला देशभित्र प्रायः शिक्षा, स्वास्थ्य, रोजगार, बाटोघाटो, खानेपानी, खाद्य सुरक्षा जस्ता विषयमा मात्र छलफल हुने गर्छन् । तर, दिनप्रति दिन शृंखलाबद्धरूपमा ३\४ वर्षे बालिकादेखि ७१ वर्षको आमासम्ममाथि भएको हिंसा, बलत्कार तथा हत्याजस्ता विषय भने खासै राष्ट्रिय बहसको विषय बन्ने गरेका छैनन् किन ? दिनहुँ औसत तीन जना महिला तथा बालबालिका बलात्कृत हुने गरेका […]

गाँजरको बाँसुरी

-चन्द्रकिशोर पहिलो मधेस आन्दोलन भएको १२ वर्ष कटिसकेको छ । काठमाडौंको नजरमा मधेसले माग गरेको संघीयता कार्यान्वयनमा आइसकेको छ । प्रदेश २ मा मधेसी दल गठबन्धनको सरकार छ । संघीय सरकारमा मधेस आन्दोलनका एक मुख्य घटक उपेन्द्र यादव स्वयं दलबलसहित सहभागी छन् । राष्ट्रिय जनता पार्टीले संघीय सरकारलाई बाहिरबाट समर्थन दिएकै छ । राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले […]

सरकार र प्रतिपक्ष

-लोकराज बराल सरकार र प्रतिपक्ष सामान्यत: संसदीय व्यवस्थामा संस्थागत रूपमा अभ्यास गर्ने प्रक्रिया हो । यो बेलायतको संसदीय अभ्यास क्रममा विकसित हुंँदै अन्य देशमा पनि अनुकरण गर्न थालिएको हो । संयुक्त राज्य अमेरिकामा राष्ट्रपतीय प्रणाली र शक्ति पृथकीकरण सिद्धान्तमा व्यवस्था चल्ने भएकाले प्रतिपक्षले अविश्वासको प्रस्तावमार्फत सरकार बदल्न सक्ने क्षमता राख्दैन ।तर प्रतिपक्ष अर्थात विरोधीको भूमिका संसदीय व्यवस्थामा मात्र […]

लोकसेवाः छवि मात्रले पुग्ला?

– दुर्गा कार्की स्नातक पहिलो वर्षमा ज्ञान, उर्जा र मिजासका हिसाबले अत्यन्तै उम्दा एकजना पाका शिक्षकले हामीलाई इतिहास पढाउनुहुन्थ्यो।फिल्मदेखि साहित्य, संगीतदेखि प्रीतसम्म उहाँलाई टक्कर दिन सक्ने कोही हुन्थेन, सिवाय एउटी केटी। कहिलेकाँही बोल्दाबोल्दै सरले केही बिर्सनुभयो भने उसले फ्याट्ट उत्तर भनिदिन्थी। र, हाम्रो अचम्ममा हाँस्दै फोन उचालेर भन्थी, ‘टेक्नोलोजीको सर। एभ्रिथिङ लाइज विदिन ए टिप […]

बलियो राज्य, कमजोर जनता

–अजयभद्र खनाल केही वर्षयता नेपालमा राज्य शक्तिशाली हुँदै गएको छ । जनता कमजोर हुँदै गएका छन् । राज्यको समग्र क्षमता मापन गर्ने एउटा सूचकांक हो, करको मात्रा । नेपाल ‘गरिब’ भए पनि यसको कर उठाउने क्षमता विकसित मुलुकहरूको जस्तै छ । तर न कर सदुपयोग हुनसकेको छ, न जनता र देशको हितमा काम हुनसकेको छ । मेलम्ची खानेपानी आयोजनाले कसरी नेताहरूले राज्य […]

कसरी बाँच्छन् दलहरू ?

-केशव दाहाल केही अगाडि कान्तिपुरमा कम्युनिस्ट नेता घनश्याम भुसालको लामो लेख छापियो । शीर्षक थियो, ‘कसरी बाँच्छ कम्युनिस्ट पार्टी ?’ त्यो महत्त्वपूर्ण प्रश्न थियो । नेपालका कम्युनिस्टहरूमा जेजस्ता वैचारिक तथा राजनीतिक संकट, गुट, स्वार्थ र टकराव देखिँदै छन्, त्यसले स्वभावत: यस्ता प्रश्न पुन:उत्थान हुन्छ । हाम्रा कम्युनिस्टहरू हेर्दा लाग्छ, सबैभन्दा धेरै गफाडी, ढोंगी र संकीर्ण बन्नु कम्युनिस्ट हुनु हो । अरूलाई […]

कर्मकान्डी नबनोस् महासमिति बैठक

-सिता सापकोटा \ लामो प्रतीक्षा र अन्योल चिर्दै काँग्रेस महाधिवेशन सुरु भएको छ । ०६९ चैतमा नवलपरासीको त्रिवेणीधाममा भएदेखि महासमिति बैठक बस्न सकेको थिएन । महासमिति बैठक पार्टीको नीति, योजना र कार्यक्रम तय गर्ने प्रमुख थलो हो, यसलाई काँग्रेसको नीति अधिवेशनको रूपमा पनि लिने गरिन्छ । इतिहास हेर्दा महासमिति बैठकले विभिन्न मोडमा ऐतिहासिक र मुलुकलाई दूरगामी प्रभाव पार्ने निर्णय […]

नक्सा नेपालको, छपाइ भारतको

– बुद्धिनारायण श्रेष्ठ प्रथम पृष्ठ आलेख विभिन्न मन्त्रालय, सचिवालय तथा कार्यालय पदाधिकारीका कार्यकक्षको भित्तामा झुन्ड्याइएका नेपालका अधिकांश नक्सा अशुद्ध छन् भन्ने देखिइरहेको छ। सरकारको निशानछापमा प्रयोग भएका तथा विद्यालय, महाविद्यालय, शिक्षण संस्थाहरूमा पठन–पाठनका लागि उपयोग भइरहेका धेरैजसो नक्सा ठिक तथा शुद्ध छैनन् भन्ने समाचारले त्यस्ता संस्था नक्साबारे अलमलमा परेका छन्। एनजिओ, आइएनजिओ, संघसंस्थाले आफ्नो उत्पादनशील […]

शुद्ध मन् सबै भन्दा ठुलो मन्दिर : सुमार्गी

सिधाखबर/समाजसेवी एबं ब्यबसायी अरुणराज सुमार्गीले शुद्ध मन् सबै भन्दा ठुलो मन्दिर रहेको बताउनु भएको छ । मानब सेवा आश्रमको छैठौ बार्षिउत्सबका अबसरमा सोमबार आयोजीत ज्ञान हस्तानतरण कार्यक्रममा उहाँले बिश्वभरीका मन्दिरहरुमा शुद्ध मन जस्तो कहि कतै केही नभेटिने बताउनु भयो । आजभोली सेवादिने भाबहरु हराउन थालेको बताउदै सुमार्गीले सकरात्मक सोच लिन् र बाड्नसके समाज हराभरा बन्ने […]

वैवाहिक बलात्कार गुपचुपै

– दुर्गा कार्की प्रसंग १४ वर्षअघिको हो । नवलपरासीकी एक महिलाको रेडियो अन्तर्वार्ता लिनु थियो । बाहिर केहीबेर कुराकानी गरेपछि उनलाई स्टुडियोमा लगेँ । अन्तर्वार्ता सुरु भएको पाँच मिनेट मात्रै भएको थियो, उनी भक्कानिएर रोइन् । कुराकानीको विषय थियो– वैवाहिक बलात्कार । उनलाई मजाले एकछिन रुन दिएँ । हल्का भएपछि उनले व्यथा पोखिन् ।उनका तीन छोरा रहेछन् । सबै एउटै कोठामा सुत्ने रे । […]

किताब र विचार

-अभि सुवेदी यो लेख एउटा सधैं किताब पढिबस्नेको साधारण कथा हो । किताबहरू पढेका एकाध मेरा अनुभव राख्ने चाहना भएकोले लेखिएको आलेख हो, यो । त्यसो त पढेका किताबहरू अनि विचारहरू अनि त्यो पढ्ने कर्मसँग गाँसिएका अनुभवहरू राखेर लेखहरू लेखिनुका केही अर्थहरू हुन्छन् । म अनेकौं थरीका किताब पढ्छु । यो लेखमा भने पढ्नुपरेका केही किताबबारे छलफल राख्न चाहन्छु । […]

महिला हिंसाविरूद्ध नेताहरू बोल्नु पर्दैन ?

– डा. डिला संग्रौला समाजमा सायद महिलामाथिको विभेद नै पहिलो थियो। कथित माथिल्लो जात होस् कि तल्लो जात, धनी होस् कि गरिब जहाँ पनि महिलामाथि विभेद अझै छ। मुलुकमा कति छिट्टै ठूलो राजनीतिक परिवर्तन भयो। तर समाज अझै विभेदपूर्ण छ। विस्तारै समतामुखि होला भनेको झन् झन् समस्या देखिन्छ। शासन पद्धति फेरियो, हामी राजतन्त्रबाट गणतन्त्रमा आयौं […]

ओलीको ओइलाएको अनुकूलता

-स्वर्णिम वाग्ले  छ महिना भनेको कुनै पनि सरकारको निम्ति गति र दिशा प्रस्ट हुने अवधि हो। सार्थक नतिजा देखिन समय लाग्ने भए पनि सरकारको हाउभाउ हेरेर जनताले शंकाको सुविधा दिने अवधि हो यो। निर्वाचन भएको नौ महिना भयो। केपी ओली सरकारले छ महिनामा गरेका वा गर्न खोजेका कामले उसको गति र दिशा छर्लंग पारेको छ […]

मेयर ज्यू,अब हेटौंडाका जनता चाहिँदैन ?

सुदिप सिबाकोटी /  करिब १ महिनादेखि हेटौंडा बजार क्षेत्र ‘नो पार्किङ’ जोनको समस्यामा  गुज्रिरहेको छ । हेटौंडा उपमहानगरपालिका कार्यालयले जिल्ला प्रशासन कार्यालय मार्फत् नो पार्किङ क्षेत्र घोषणा गरेपछि व्यवसायीदेखि आम सर्वसाधारण मारमा परेका छन् । १५ महिनाअघि तीनै व्यवसायी र हेटौंडेली जनताको मत पाएर हेटौंडा उपमहानगरपालीकाको प्रमुख (मेयर)मा निर्वाचित भएका हरिबहादुर महतको निर्णय र कठोर […]

लौन हजूर अष्ट्रेलिया गएको छोराले फोनै गर्दैन !

-निरू त्रिपाठी हाल अष्ट्रेलिया नेपालको नम्बरबाट लगातार तीन मिसकल आइरह्यो। यहाँ रातिको एघार बजिसकेको थियो।चिनेको नम्बर थिएन त्यसैले पनि कल उठाउ कि नउठाउ भयो। फेरि यसो सोचेँ नेपालबाट फोन आएको छ, कोही चिनेको मान्छे पो हो किरु केही पर्‍यो किरु कल ब्याक गर्छु भनेँ। घरमा अरू सदस्यहरु सुतिरहेका थिए। उनीहरूलाई डिस्टर्भ हुन्छ भनेर म घरबाहिर […]