चलचित्र/मनोरञ्जन

सातौं तीज म्यूजिक अवार्ड तथा चौथो काठमाण्डौं सर्टफिल्म फेष्टा सम्पन्न

काठमाण्डौ \  बिगत ७ बर्षदेखी निरन्तर रुपमा आयोजना हुँदै आएको ‘छायाँछबि तीज म्युजिक अवार्ड’को सातौं संस्करण र चौथो काठमाण्डौ सर्टफिल्म फेष्टा औपचारिक रुपमा  सम्पन्न भएको छ । तिज पर्व अन्र्तगतको छायाँछवि तीज गीत म्युजिक अवार्ड संगीतकर्मी र कलाकर्मीले कोरोनाकहर र संन्त्रासका बिचमै पनि आफ्ना गीतहरु रेकर्ड गराएर तथा भिडियो निर्माण गरेर यसपर्वको महत्वमाथी आ–आफ्नो तरिकाले […]

कोरोना प्रभाव:चलचित्र क्षेत्रलाई चलाएमान बनाउन मिलेर जानुको विकल्प छैन!

दाङ \ कोरोना महामारीकै बिचमा चलचित्र क्षेत्रलाई गतिशिल बनाउन चलचित्र क्षेत्रसंग सम्बद्ध सबै पक्ष मिलेर जानुको विकल्प नभएको चलचित्र क्षेत्रका सरोकारवालाले बताएका छन् । चलचित्र पत्रकार संघ दाङ शाखाले शुक्रबार घोराहीमा आयोजना गरेको चलचित्र बहस विषयक अन्तरक्रियात्मक कार्यक्रममा सरोकारवालाले कोरोना कहरका कारण दर्शक हलसम्म पुग्ने सक्ने अवस्था अझै बनि नसकेको भन्दै कम्तिमा हप्तादिनमा मात्रै सिनेमा […]

निर्देशक श्रेष्ठको नयाँ चलचित्रमा एलिजा

निर्देशक दिपक श्रेष्ठले निर्माण गर्ने नयाँ चलचित्रमा नायिकाका रुपमा एलिजा गौतमलाई लिने भएकाछन् । आगामी माघ १ गते बाट छाँयाकनमा जाने यो चलचित्रलाई लिएर एलिजा हर्षित छिन् । एलिजालाई निर्देशक श्रेष्ठले आफनो चलचित्रमा सम्झौता समेत गराईसकेका छन् । यस अघि उनले अनुराग चलचित्र निर्माण संगै आफैले मुखय भुमिकामा काम समेत गरीसकेकीछिन् । पछिल्लो समय म्युजिक […]

‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गते रिलिज हुने

हेटौंडा \  कोभिडका कारण लामो समय सिथिल भएको नेपाली फिल्म क्षेत्र जुरमुराउन थालेका छन् । यसै बिच एक्सन नायक शिव श्रेष्ठको प्रस्तुतिमा बनेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को प्रदर्शन मिति घोषणा गरिएको छ । पुष १७ गते पोस्टर रिलिजसँगै गरिएको घोषणा अनुसार चलचित्र माघ १ गते देखि देशभरका हलहरुमा प्रदर्शन हुने बताइएको छ । […]

आगामी फागुनमा १० औं नेफ्टा अवार्ड

काठमाडौं \ कोरोना भाइरस (कोभिड १९) को प्रभावका कारण स्थगित भएको नेफ्टा अवार्डको १० औं संस्करण फागुन अन्तिम साता आयोजना हुने भएको छ । आयोजक संस्था नेपाल चलचित्र प्राविधिक संघले प्रेस विज्ञप्तिमार्फत सो जानकारी दिएको हो । नेफ्टा र ड्रिम हाइ नेपाल प्रालिको संयुक्त आयोजनामा हुन लागेको अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम १० माघलाई […]

सिनेमा हल आजदेखि खुल्दै, सेन्टीभाइरस र आमा प्रदर्शनमा

काठमाण्डौ \ कोरोना सङ्क्रमणको जोखिमका कारण गएको चैतदेखि बन्द सिनेमा हल आजदेखि खुल्ने भएका छन् । व्यापार व्यवसाय, विद्यालय, कलकारखाना, यातायात खुले पनि सिनेमा हल खुलाउन सरकारले चासो नदिएको भन्दै हल सञ्चालक आफैँले आजदेखि खुलाउन लागेका हुन् । आफैं हल खोलेर सरकारको ध्यानाकर्षण गराउन लागेको नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले बताउनुभयो । प्रधानका अनुसार […]

मर्मत संभारका कारण हेटौडाको एनएस सिनेमा हल शुक्रबारबाट संचालनमा नआउने

शुक्रवारबाट देशैभरका सिनेमाघर संचालनमा आउने भनिएपनि नारायणी मल हेटौडामा रहेको एनएस सिनेमाहल भने शुक्रबारबाट संचालनमा नआउने भएको छ । लकडाउनभन्दा अगावैदेखि बन्द रहेका सिनेमा हल पुष १० गते अर्थात शुक्रवारबाट सञ्चालनमा आउँदैछन । सरकारले सिनेमा हल खोल्ने विषयमा कुनै निर्णय नगरे पनि हल व्यवसायीहरु शुक्रवारबाट सिनेमा हल खोल्ने तयारीमा जुटेका हुन । सरकारले चलचित्र क्षेत्रलाई […]

‘माया बस्छ कि के हो ’को शीर्ष गीत सार्वजनिक (भिडियो)

चलचित्र फिल्म ‘माया बस्छ कि के हो ’ को शीर्ष गीत सार्वजनिक गरीएको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा गायक सुगम पोखरेल र गायिका अञ्जु पन्तले आवाज भरेका छन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा नवअभिनेता सोनाल तामाङ र नवअभिनेत्री कस्मता निरौला रोमान्टिक अवतारमा देखिएका छन् । केही समय अघि चलचित्रको […]

नम्रता श्रेष्ठ बनिन् यस वर्षको मिस नेपाल

काठमाडौँ \ २३ वर्षीया नम्रता श्रेष्ठले यस वर्षको मिस नेपाल उपाधि जितेकी छन्, । शनिबार राजधानीमा सम्पन्न ग्रान्डफिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन्, । किन्डरगार्डेन शि,क्षिकासमेत रहेकी नम्रताले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन्, । यस्तै मिस नेपाल सुप्रानेसनल उपाधि सिमल कनौजिया, मिस नेपाल इन्टरनेसनल उपाधि सन्ध्या शर्मा, […]

मंसिर २२ गते विवाह गर्दै अभिनेत्री श्वेता

अभिनेत्री श्वेता खड्का विवाहबन्धनमा बाँधिने भएकी छन्। मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग उनले लगनगाँठो कस्न लागेकी हुन्। उनीहरू दुबै केही समयदेखि प्रेममा थिए। सार्वजनिक भएको विवाह कार्डका अनुसार गोकर्ण फरेस्ट रिसोर्टमा उनले रावतसँग विवाह गर्नेछिन्। विवाहमा दुई परिवार निकट सदस्यकोमात्र उपस्थिति हुने छ। यसअघि मंसिर ५ गते उनको विवाह हुन लागेको खबर सार्वजनिक […]

चलचित्र निर्माता अधिकारी निर्वाचित, शर्मा भने पराजित

काठमाण्डौ \  नेपाल चलचित्र निर्माता संघका अध्यक्ष तथा चलचित्र निर्देशक आकाश अधिकारी नेपाल उद्योग वाणिज्य महासंघको सदस्यमा निर्वाचित भएका छन् । खसेको १०१ मतमध्ये ४९ मत प्राप्त गर्दै अधिकारी वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा दोश्रो कार्यकालको लागि निर्वाचित बनेका हुन् । शनिवार सम्पन्न निर्वाचनमा आकाशले चन्द्र ढकाल प्यानलबाट उम्मेदवारी दिएका थिए । उनिसँगै शेखर गोल्छा समूहबाट […]

लागुऔषध प्रकरणमा कमेडियन भारती सिंहका पति पनि पक्राउ

काठमाण्डौ \  भारतीय कमेडियन (हास्य कलाकार) भारती सिंहलाई पक्राउ गरेको एक दिनपछि नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले आइतबार उनका पति हर्ष लिम्बाचियालाई पनि पक्राउ गरेको छ । एनसीबीले शनिबार मुम्बईको अन्धेरीमा रहेको भारती सिंहको घरबाट गाँजा बरामद गरेपछि उनलाई पक्राउ गरेको थियो । एनसीबीका क्षेत्रीय निर्देशक समीर वानखेडेले भारती सिंहका पति पक्राउ परेको समाचार एजेन्सी […]

‘डिसेम्बर फल्स’ मा आर्यन र सलोन आबद्ध

चकलेटी अभिनेताको रुपमा परिचित आर्यन सिग्देल लामो समयपछि नयाँ चलचित्रमा आबद्ध भएका छन् । गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘चच हुईं’ पछि नयाँ चलचित्र साइन नगरेका उनले प्रविण झाको निर्देशनमा बन्न लागेको लभस्टोरी थ्रिलर चलचित्र ‘डिसेम्बर फल्स’ मा अभिनय गर्ने भएका छन् । शनिवार यो चलचित्रको राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरिएको छ । २०७८ […]

‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल’मा नेपाली फिल्म ‘आइसक्रिम’लाई दुई अवार्ड

काठमाडौं \  ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल’मा नेपाली लघु फिल्म ‘आइसक्रिम’ले दुई अवार्ड जितेको छ । शनिबार राति घोषणा भएको अवार्ड समारोहमा फिल्मले उत्कृष्ट अभिनेत्री र सम्पादन गरि दुई विधामा अवार्ड जितेको फिल्मका निर्देशक संगीता श्रेष्ठले जानकारी दिएकी छन् । नोभेम्बर ३ देखि सुरु भएको फेस्टिभलको पहिलो दिनमै फिल्म स्क्रिनिङ भएको थियो । फिल्मले अवार्ड […]

दशैंको कथा बोकेको मार्मिक लघु चलचित्र सार्वजनिक

सिधाखबर \ बडा दशैंको अवसर पारेर हेटौंडाका युवाहरुले दशैंको मार्मिक कथावस्तु बोकेको लघु चलचित्रको डेमो भाग सार्वजनिक गरिएको छ । डि सिने फिल्मस् को व्यानरमा निर्माण गरिएको चलचित्रको कथा शेषा घिमिरेले लेखेका हुन्, । उक्त चलचित्रको पहिलो डेमो भाग सार्वजानिक भएपछि यसको अन्य भागलाई निरन्तरता दिने निर्देशक सुरज दाहालले बताए । समयअनुकुलको कथावस्तुलाई समेटि चलचित्रलाई […]

चलचित्र छाँयाकार बैकुण्ठ मास्केको निधन

काठमाडौं \ नेपाली चलचित्रका छायाकार बैकुण्ठ मास्केको निधन भएको छ । ८३ वर्षीय मास्केको कोरोनाको कारण शुक्रबार निधन भएको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कार लामाले जानकारी दिए । कोरोना संक्रमणका कारण निधन भएका मास्के नेपाली चलचित्रको पहिलो नेपाली छायाकार हुन्, । २०२१ सालमा पुनास्थित भारतीय फिल्म प्राविधिक शिक्षालयबाट औपचारिक अध्ययन गरेका फर्किएका मास्केले ‘परिवर्तन’, […]

मकवानपुरे दुई कलाकर्मी प्रचार विभागको टेलिभिजन संयोजन उपसमितिमा चयन

सिधाखबर \ मकवानपुर जिल्लाका दुई कलाकर्मी नेपाली कांग्रेस निकट सुचना सञ्चार तथा प्रचार विभागको टेलिभिजन संयोजन उपसमितिमा चयन भएका छन्, । वरिष्ठ कलाकार नीर शाहको संयोजकत्वमा बनेको उपसमितिमा मकवानपुरका दुइ कलाकर्मी रहेका छन्, । नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष समेत रहेका पुष्कर लामा र कलाकार तथा निर्माता सुशान्त कुमार श्रेष्ठ उपसमितिको सदस्यमा चयन भएका हुन्, […]

‘कृष्ण लीला’मा पुष्प खड्का र अभिनेत्री दीपिका प्रसाईं अनुबन्ध

अभिनेता पुष्प खड्का र अभिनेत्री दीपिका प्रसाईं चलचित्र ‘कृष्ण लीला’मा अनुबन्ध भएका छन् । उनीहरुसँग गएको हप्ता निर्माण टिमले कागजी सम्झौता गरेको हो । चलचित्रलाई ‘पण्डित बाजेको लौरी’ फेम्ड निर्देशक दीपक ओलीले निर्देशन गर्दैछन् । सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीले केही हप्तादेखि चलचित्रको कथा, पटकथा तथा संवादमा काम गरिरहेका छन् । कमेडी विषवस्तुमा निर्माण हुन […]

चलचित्र ‘रेड वाइन’मा अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी अनुबन्धित

रमेश एमके पौडेलको नयाँ चलचित्र ‘रेड वाइन’मा अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले सँगै काम गर्ने भएका छन् । पल र साम्राज्ञीले यस चलचित्रबाट नै पहिलो पटक स्क्रिन शेयर गर्दैछन् । पौडेलले यस अघि ‘रूद्रप्रिया’ र ‘रज्जा रानी’ चलचित्र निर्माण गरिसकेका छन् । हाल अमेरिकामा रहेका पौडेलले अमेरिकामा नै सम्पूर्ण छायांकन गरिने […]

हेटौंडाका निर्देशकको चलचित्र बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट

काठमाडौं  \  हेटौंडाका सुजित बिडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट भएको छ । चलचित्र बुसानको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यु करेन्ट सेक्सन’ मा छानिएको हो । कुनै पनि निर्देशकको पहिलो र दोस्रो चलचित्र मात्र छनोट हुने प्रावधान रहेको ‘न्यु करेन्ट सेक्सन’ मा विजेता बन्ने दुई फिल्मले ३० […]