राजनीति

आज काठमाडौंमा प्रदर्शन गर्दै प्रचण्ड–नेपाल समूह, ९ ठाउँबाट जुलुस सभा

काठमाडौं \  प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको सिफारिस गर्ने कदमविरुद्ध नेकपा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज विरोध प्रदर्शन र सभा गर्दैछ । प्रचण्ड–नेपाल समूहले गत पुस १४ गते पनि यस्तै प्रकृतिको विरोध प्रदर्शनको आयोजना गरेको थियो । त्यसपछि भने आन्दोलन शिथिल बनेको टिप्पणी भएपछि प्रचण्ड र माधवकुमार नेपाल समूहले उपत्यकाकेन्द्रित ठूलो […]

मुख्यमन्त्री पौडेल बिरुद्धको अविश्वास प्रस्ताव सदनमा टेबुल हुने

हेटौंडा \ राजनीतिक दलहरूको दबाबपछि वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले शुक्रबार प्रदेशसभाको बैठक बोलाएका छन् । अविश्वासको प्रस्ताव ‘फेस’ गर्न प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल तयार भए पनि कानुनविद् र दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भन्दै सभामुख श्रेष्ठले बैठक बोलाउन आनाकानी गरिरहेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मुख्यमन्त्री पौडेलविरुद्ध नेकपाकै दाहाल–नेपाल समूहका ४५ जना प्रदेशसभा सदस्यले हस्ताक्षरसहित […]

संविधान जोगाउनको लागि भएपनि चुनावी मैदानमा जानुपर्ने : उपनेता भडेल

सिधाखबर \ प्रधानमन्त्री केपी शर्माले संविधान कुल्चेर संविधान विपरित संसद विघटन गरेको विरुद्ध नेपाली कांग्रेसको चरणबद्ध विरोध कार्यक्रम अन्तरगत आज देशभर स्थानिय तहका वडा वडामा विरोध कार्यक्रम गरिएको छ ।मकवानपुरमा पनि नेपाली कांग्रेस १०२ वटै वडामा विरोध कार्यक्रम गरिएको छ । मकवानपुरगढी गाउँपालिकाको ८ वटै वटामा ओलीले चालेका कदमको विरोध गर्दै विरोध कार्यक्रम गरिएको छ […]

आज कांग्रेसको वडागत विरोध कार्यक्रम

सिधाखबर \ नेपाली कांग्रेसले आज देशभर वडा-वडामा विरोध कार्यक्रम गर्दै छ । ओलीले संविधान माथी चालेको कदम र संसद विघटनको विरुद्ध कांग्रेसले आज वडागत विरोध कार्यक्रम गर्न लागेको हो । मकवानपुरको १० स्थानिय तहका १०२ वडामा विरोध कार्यक्रम गरिने पार्टीका प्रवक्ता प्रदिप कोइरालाले बताए । विरोध कार्यक्रमको तयारी भइसकेको समेत बताउदैं कोइरालाले विरोध कार्यक्रममा उपस्थित […]

बागमती प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित

सिधाखबर \ बागमती प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । ६ महिनापछि शुरु भएको सातौं अधिवेशन पहिलो बैठक बसेर स्थगित भएको हो । बैठकमा सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी गराएका थिए । यसअघि सातौं अधिवेशन सफलताको शुभकामना मूख्यमन्त्री डोरमणि पौडेल, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर […]

ओलीलाई कमरेड होइन प्रतिगमनकारी भन्छौं: नेतृ शाक्य

सिधाखबर \ बागमती प्रदेश सभाको सातौं अधिवेसनको पहिलो बैठकमा नेकपाकी नेतृ अष्टलक्ष्मी शाक्यले गणतन्त्रका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कमरेड होइन प्रतिगमनकारी भन्छौ भनी बताएकी छिन् । उनले जनताको बहुमत, अपार माया, विश्वास र मत दिएका थिए तर जनता प्रति हामीले जवाफदेहिता, सुसाशन शान्ति र समृद्धि दिन सकेनौं त्यसको कारण ओली रहेको आरोप लगाइन् । गणतन्त्रको […]

जनतामा वितृष्णा गराउने काम नेकपाले गर्यो :नेता बानियाँ

सिधाखबर \ बागमती प्रदेशका प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता ईन्द्र बहादुर बानियाँले आम नेपाली जनतामा वितृष्णा गराउने काम नेकपाले गरेको बताएका छन् । प्रदेश सभाको सातौं अधिवेसनको पहिलो बैठकमा बोल्दै उनले संघीय संसद विघटन पछि जनतामा वितृष्णा जागेको जुन नेकपाले गरेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित संसद विघटन गरे त्यो प्रावधान […]

फरक मत, असहमति र अविश्वासको सम्मान गर्छु: मुख्यमन्त्री

सिधाखबर \ बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फरकमत, असहमति र अविश्वास गर्नेलाई सम्मान गरिने बताएका छन् । प्रदेश सभाको सातौं अधिवेसनको पहिलो बैठकमा बोल्दै मुख्यमन्त्री पौडेलले विषम परिस्थितीमा उभिएका छौं । प्रधानमन्त्रीले संसद विघटन गरि निर्वाचान मिति तोकिएको अवस्थामा केहि सत्ता पक्ष र प्रतिपक्षले विरोध जनाइरहेको बताए । आफुलाई काम गर्न नदिने अवस्था भए पछि […]

मकवानपुरमा कांग्रेसको वडागत विरोध कार्यक्रमको तयारी पुरा

सिधाखबर \ नेपाली कांग्रेसले देशव्यापी रुपमा गरेको चरणवद्ध विरोध कार्यक्रम अन्तरगत मकवानपुरमा वडागत विरोध कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । हेटौंडामा प्रेस युनियन मकवानपुरको संयोजनमा गरिएको पत्रकार सम्मेलन मार्फत मकवानपुरको सम्पूर्ण तयारी पुरा भएको बताइएको छ । ओली सरकारले सविधान विपरित चालिएको कदम प्रति कांग्रेसले विरोध प्रदर्शन गर्दै आइरहेको छ । देशव्यापी रुपमा जिल्लागत, […]

बागमतीको प्रदेशसभा बैठक आज बस्दै

हेटौंडा \ बागमती प्रदेशको प्रदेशसभा बैठक बुधबार दिउँसो बस्दैछ । बैठक प्रदेशसभा भवन हेटौंडामा दिउँसो ३ बजे बस्ने भएको हो । आजको बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आव्हानसम्बन्धी पत्र पढेर सुनाउने, विधेयक प्रमाणिकरणको पत्र पढेर सुनाउने, प्रदेश प्रमुखले कार्यभार तोकेको पत्र पढेर सुनाउने, सातौं अधिवेशनको अवसरमा प्रत्येक दलका नेताले शुभकामना दिने र दस्तखतसहितको […]

प्रदेश सरकारले गरेको कामको विवरणको पुस्तक सार्वजानिक

सिधाखबर \  बागमती प्रदेश सरकारका सात मन्त्रालयले हाल सम्म गरेका विभिन्न काम तथा योजनाहरु समेटिएर तयार पारिएको बागमती प्रदेश विकास दर्पण नामक पुस्तक मुख्यमन्त्री डोरमणि पौडेलले सार्वजानिक गरेका छन् । सार्वजानिक गर्दै मुख्यमन्त्री पौडेलले यो पुस्तक पुर्ण नभएको बताउदैं यस वर्ष गरिएका काम र सम्पन्न योजनाहरु नसमेटिएको बताए । माघ २९ गते प्रदेश सरकार गठन […]

प्रदेश २ मा आज सार्वजनिक बिदा

काठमाण्डौ \  मधेश आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा प्रदेश(२ मा आज बलिदानी दिवस मनाइँदैछ । दिवसका अवसरमा आज प्रदेश(२ सरकारले प्रदेशमा सार्वजनिक बिदा दिएको छ । २०६३ साल माघ ५ मा सिरहाको लहानमा भएको आन्दोलनमा रमेश महतोको ज्यान गएको दिनको सम्झनामा मधेश केन्द्रीत दलले आजको दिनलाई बलिदानी दिवसका रुपमा मनाउने गरेका छन् । दिवसका अवसरमा […]

मकवानपुरगढीमा कांग्रेसको विरोध कार्यक्रम

सिधाखबर \ नेपाली कांग्रेस केन्द्रीय समितिले देशव्यापी रुपमा प्रधानमन्त्रीले चालेको कदमप्रति देशभरका स्थानीय तहमा विरोध कार्यक्रम गरेको छ । प्रतिनिधि सभा विघटन, सर्वसत्तावाद र भष्ट्राचारको विरुद्धमा लोकतान्त्रिक संविधान रक्षाको लागि मकवानपुरगढी गाउँपालिका नेपाली कांग्रेसले वडा नम्बर २ बाँसपानीमा विरोध कार्यक्रम गरेको छ । पार्टीका जिल्ला सहसचिव रामबाबु बानियाँको प्रमुख अतिथ्यता तथा गाउँपालिका सभापति राजविरर मोक्तानको […]

प्रचण्ड इमान्दार नेता हुन्ः माधव नेपाल

नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रचण्डजस्तो इमान्दार नेता कोही नभएको बताएका छन् । शनिबार प्रेस संगठन नेपालले घोराहीमा गरेको पत्रकार भेटघाटमा बोल्दै नेपालले प्रचण्ड र आफूप्रति अवस्विास सिर्जना गर्ने र भ्रम छर्ने काम केपी ओली गुटले प्रयास गरिरहेको पनि आरोप लगाए । प्रचण्ड र आफू बीचमा कुनै असमझदारी नरहेको र प्रचण्ड […]

माघ ३ गते हुने विरोधसभाको सम्पूर्ण तयारी पुरा

हेटौंडा \ प्रधानमन्त्रीको संसद विघटन गर्ने असंवैधानिक कदम विरुद्ध भोली माघ ३ गते मकवानपुरका सबै स्थानिय निकायमा हुने विरोध प्रदर्शन एवम विरोध सभाको तयारी पुरा भएको छ । केन्द्रीय कार्यक्रम अनुसार हुने विरोध प्रदर्शन र विरोध सभाको सम्पूर्ण तयारी सकिएको नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिका सभापति आनन्दराम पराजुलीले जानकारी दिए । शुक्रबार पार्टी कार्यलयमा पत्रकार […]

दाहाल नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि पार्टी कार्यालय पेरिसडाँडामा बस्दै छ । हिजोदेखि जारी बैठक आज पनि बस्न लागेको हो । समान वरियताका दुई जना अध्यक्ष रहेकाले यस पटकको बैठकको अध्यक्षता पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको छ । आज बस्ने बैठकले आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने र माधव नेपाल नेतृत्वको […]

विप्लवको माघ १० गते नेपाल बन्द

हेटौँडा \  नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहले माघ १० गते नेपाल बन्दको घोषणा गरेको छ।नेकपा महासचिव विप्लवद्वारा आज एक विज्ञप्ति जारी गर्दै माघ १० गते नेपाल बन्दको घोषणा गरेको हो। विप्लव समुहका केन्द्रीय सचिवालय सदस्य कञ्चनलाई पक्राउ गरेको विरोधमा माघ ३ गते चरणवद्ध आन्दोलनका कार्यक्रम सहित १० गते नेपाल बन्दको घोषणा गरेको हो।

ओलीको निर्देशन : चुनावको माहौल बनाउनुहोस्

काठमाडौं \ नेकपा ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा घोषणा गरिएको निर्वाचनको माहौल तयार पार्न स्थायी कमिटीका नेताहरुलाई निर्देशन दिएका छन् । बुधबार बालुवाटारमा आफू निकट स्थायी कमिटी सदस्यहरुसँग ओलीले निर्वाचनको आधार तयार पार्ने गतिविधिमा केन्द्रित हुन निर्देशन दिएका हुन् । माघे संक्रान्ति मनाउने गरी भनेर बोलाइएका स्थायी कमिटी सदस्यहरुसँग ओलीले अनौपचारिक […]

माघ ३ को विरोध सभाका लागी कांग्रेस मकवानपुरले तोक्यो प्रतिनिधि

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटन गर्ने असंवैधानिक एवं अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली कांग्रेस मकवानपुरले मकवानपुरको १० वटै स्थानीय तहमा माघ ३ गते हुने ब्यापक विरोध प्रदर्शन तथा विरोधसभाको लागि जिल्ला प्रतिनिधि तोकेको छ । कांग्रेस मकवानपुरको पदाधिकारी बैठकले यही माघ ३ गते हुने ब्यापक विरोध प्रदर्शन तथा विरोधसभाका लागि हेटौंडा उपमहानगरपालिकामा कार्यबहाक सभापति विष्णुप्रसाद […]

परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै

काठमाडौं \ परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली आज भारत जाँदैछन् । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली आज नयाँदिल्ली जान लागेका हुन् । बैठक तीन दिनसम्म चल्ने छ । परराष्ट्रमन्त्री ज्ञवाली र भारतका विदेशमन्त्री एस जयशंकरले संयुक्त रुपमा अध्यक्षता गर्ने आयोगको बैठकमा नेपाल–भारतसँग सम्बन्धित बहुआयामिक विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । […]