राजनीति

११ विधामा २२ जनालाई पदक दिने तयारीमा प्रदेश ३ सरकार, यस्ता छन्, विधाहरु

सिधाखबर  \ संघीय सरकारले विभिन्न विभुषण बाँडेजस्तै  प्रदेश ३ सरकारले पनि २२ वटा पदक बाँड्ने भएको छ । प्रदेश सरकारले प्रदेशसभामा दर्ता गराएको ‘विभुषण सिफारिस तथा सम्मान र पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा यस्तो उल्लेख गरिएको छ । प्रदेशस्तरमा ११ विधामा २२ वटा पदक तथा सम्मान प्रदान गरिने उल्लेख छ । आन्तिक मामिला […]

मतदानको मिति तोक्नका लागि संसदमा माग

मकवानपुर \ प्रदेश ३ को स्थायी राजधानी तोक्ने सम्बन्धी कार्यविधिमाथि प्रदेश सभामा आज छलफल गरिएको छ । नेकपाका मुख्य सचेतक रामेश्वर फुयाँलले राजधानी तोक्ने कार्यविधि सम्बन्धी सभामा छलफल गर्नका लागि प्रस्ताव पेस गरेका थिए । उक्त विद्येयक माथी छलफलमा सहभागी सांसदहरुले प्रदेशको स्थायी राजधानीका लागि मतदानको मिति यथाशिघ्र तोक्नका लागि माग गरेका थिए । विवेकशील […]

बजेट अधिवेशन सुरु

रुपन्देही \  प्रदेश पाँच प्रदेश सभाको बजेट अधिवेशन बिहीबारदेखि सुरु भएको छ । हिउँदे अधिवेशन सकिएको ११ दिनपछि बजेट अधिवेशन भएको हो । बिहीबारको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुख उमाकान्त झाबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनुभएको छ । बिहीबार बोल्ने सांसदहरुले बजेटलाई जनमुखी बनाउन सुझाव दिएका छन् । प्रदेश पाँचको अर्को बैठक ९ गते बस्नेछ […]

कांग्रेसद्धारा प्रदेश सभा बैठक अवरुद्ध

हेटौंडा \ नेपाली कांग्रेसले  प्रदेश ३ सभाको बैठक अवरुद्ध गरेको छ ।  सोमबार आव्हान भएको प्रदेशको बर्षे अधिवेशनको पहिलो बैठक कांग्रेसले अवरुद्ध गरेको हो । कांग्रेसले प्रदेशको स्थायी राजधानीको टुंगो लगाउने प्रक्रिया अघि बढाउन माग गर्दै संसद अवरुद्ध गरेको हो । प्रदेशसभामा अधिवेशन सफलताको शुभकामना दिए लगतै कांग्रेसले संसद अवरुद्ध गरेको छ । सभामुख सानुकुमार श्रेष्ठले […]

क्याम्पसमा अनियमितता भएको नेवि संघको आरोप

हेटौंडा \ नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पसका उपाध्यक्ष मिलन पुडासैनीले मकवानपुर क्याम्पसमा अनियमितता भएको बताएका छन् । शुक्रबार एक वक्तव्य जारी गर्दै नेवी संघ मकवानपुर बहुमुखी क्याम्पसले मकवानपुर बहुमुखी क्याम्पसमा सबै पक्षमा अनियमितता भएको आरोप लगाएको छ । ‘क्याम्पसमा विद्यार्थी भर्ना हुने बेलादेखि अनियमितता हुँदै आएको छ’, उनले भने,‘पुस्तकालय विकास र भवन मर्मत शीर्षकमा […]

समाजवादी पार्टीका असन्तुष्ट समूहले छुट्टै भेला गरे

काठमाडौँ  \ नवगठित समाजवादी पार्टीका असन्तुष्ट समूहले बुधबार छुट्टै भेला गरेका छन् । तत्कालीन नयाँ शक्ति पार्टीको विज्ञ परिषद्का सदस्य मदन राईको निवास ललितपुर ढोलाहिटीमा उनीहरुले आगामी रणनीतिबारे छलफल गरेका हुन् । बाबुराम भट्टराईले पार्टीभित्र छलफलै नगरी संघीय समाजवादी फोरमसँग एकीकरण गरिएको भन्दै तत्कालीन नयाँ शक्तिका सचिवालय सदस्य र केन्द्रीय नेताहरु असन्तुष्ट छन् । भेलामा करिब दुई दर्जन […]

इतिहासकै कमजाेर र डरपाेक सभामुख : सभापति देउवा

काठमाण्डाै \ प्रमुख प्रतिपक्ष दल नेपाली का‌ंग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख कृष्णबहादुर महरालाई इतिहासकै सबैभन्दा कमजोर सभामुखको संज्ञा दिनु भएको छ ।  कांग्रेस सभापति देउवाले मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले बोलेको गैर संसदीय भाषालाई हटाउन गर्न आफ्नो पार्टीले पटक पटक आग्रह गर्दा पनि सभामुख महराले डराएर हटाउन गर्न नसकेको दाबी पनि गर्नुभयो । ‘नेपालको संसदीय इतिहासमा यति कमजोर, […]

समाजवादी पार्टीमा अध्यक्ष दुई, महासचिव तीन, पदाधिकारी छन्, यस्ता

काठमाडौँ \ नवगठित समाजवादी पार्टी नेपालले आफ्ना पदाधिकारीको टुंगो लगाएको छ । नयाँशक्ति नेपाल र संघीय समाजवादी फोरम नेपाल मिलेर बनेको समजवादी पार्टीले नेकपाकै सिको गर्दै दुईजना अध्यक्ष राखेको छ। जसअनुसार संघीय परिषद् नेपालको अध्यक्ष विघटित नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई बनेका छन् । उनले देशभरका विभिन्न संघीय कमिटीहरुको नेतृत्व गर्ने भएका छन् ।  […]

बाबुराम उपेन्द्र : पार्टी एकता घोषणा संगै ११ प्रदेशको माग

काठमाडौं \  उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच एकता घोषणा भएको छ । सोमबार राजधानीमा आयोजित एक विशेष समारोहमार्फत दुई पार्टीबीच एकतासम्बन्धी समझदारीपत्र आदानप्रदान गर्दै एकता भएको घोषणा गरियो । एकतासम्बन्धी समझदारीपत्रमा नयाँ शक्तिको तर्फबाट संयोजक बाबुराम भट्टराई र फोरमको तर्फबाट अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरे  । […]

राष्ट्रपतिलाई महारानीको जसरी सम्बोधन गर्न लगाएर सरकारले विवादमा तान्ने काम गर्‍याे : देउवा

काठमाण्डौ \  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको कार्यशैलीबाट नागरिक ठगिएको अनुभुति भएको बताउनुभएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, महालेखा परिक्षकको प्रतिवेदन लगायतले भ्रष्टाचार र आर्थिक विचलन बढेको देखाएको भन्दै उहाँले यसले सरकारले सुशासन कायम गर्न नसकेको दावी गर्नुभयो । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आइतबारदेखि सुरु छलफलमा सभापति देउवाले नीति […]

नयाँ शक्ति र फोरमबीच सहमति, २३ गते पार्टी एकता घोषणा हुने

काठमाडौं \ नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच पार्टी एकता गर्ने सहमति भएको छ । पार्टीको नाम भने ‘समाजवादी पार्टी नेपाल’ राखिएको छ भने डा. बाबुराम भट्टराई र उपेन्द्र यादव दुबै अध्यक्ष रहनेछन् । पार्टीको पदाधिकारीमा नयाँ शक्तिका ९ जना र फोरमबाट १६ जना रहनेछन् । सहमति अनुसार पर्सी २३ गते पार्टी एकता गर्ने […]

प्रदेश ३ सरकारले ५० अर्बको बजेट ल्याउने

हेटौँडा \  प्रदेश ३ सरकारले आगामी आर्थिक वर्षका लागि करिब रु ५० अर्बको बजेट ल्याउने भएकोे छ ।चालू आवमा बजेट खर्च गर्न नसकेर समस्यामा परेको प्रदेश सरकारले प्रोजेक्ट बैंकमार्फत् बजेट ल्याउने तयारी थालेको हो । आगामी आवको बजेट तयार पार्नका लागि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश नीति तथा योजना आयोगका कर्मचारी लागिपरेका छन् […]

चिनियाँ समकक्षीलाई नेपाल भ्रमणको राष्ट्रपति भण्डारीबाट निम्तो

चीन \  राष्ट्रपति विद्यादेवी भण्डारी तथा चिनियाँ समकक्षी सी चिनफिङबीच आज ग्रेट हल अफ द पिपलमा द्विपक्षीय बैठक सम्पन्न भएको छ  । यही अवसरमा राष्ट्रपति भण्डारीले  चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको बताइएको छ । आफूले चीनको राजकीय भ्रमणको आरम्भ सियानबाट गरेको र यो नगरको प्रगतिबाट आफू प्रभावित भएको बताउँदै राष्ट्रपति भण्डारीले भ्रमणका क्रममा आफू र […]

श्रमिक दिवसलाई सम्बोधन गर्न पूर्व अर्थमन्त्री डा. महत हेटौंडा आउने

सिधाखबर \ नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला कार्य समिति मकवानपुरले मनाउन लागेको १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसलाई सम्बोधन गर्न पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय नेता डा. रामशरण महत हेटौंडा आउने भएका छन्, । आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै जिल्ला कार्य समिति मकवानपुरले डा. महत आउने जानकारी दिएको हो । दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि […]

आजबाट संघीय संसद्को बजेट अधिवेशन

काठमाडौं \  सङ्घीय संसद्को चौथो अधिवेशन सोमबारबाट सुरु हुँदैछ। मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो ४०० बजे अधिवेशन आह्वान गरेकी हुन्।  अधिवेशन सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस, बजेट प्रस्तुत तथा संविधान कार्यान्वयनका कानुन निर्माणमा केन्द्रित हुनेछ। तेस्रो अधिवेशन अन्त्य भएको एक महिनापछि चौथो अधिवेशन आह्वान गरिएको हो। चालु अधिवेशन सरकारका वार्षिक कार्यक्रम […]

रक्षामन्त्री पोखरेल भन्छन्, जेष्ठ नागरिकको भत्ता बढ्छ

भीमदत्तनगर \ उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी वर्षको नयाँ बजेटमा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढाइने बताएका छन्, । आज कञ्चनपुरको वेदकोट नगरपालिकाको चौथो नगरसभा तथा नवनिर्मित कार्यालय भवन उद्घाटन समारोहमा उपप्रधान एवं रक्षामन्त्री पोख्ररेलले ज्येष्ठ नागरिकको भत्ता प्रतिव्यक्ति मासिक रु पाँच हजार पु¥याइने जानकारी दिए । ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत स्वास्थ्य […]

कम्युनिस्ट सरकारबाट समृद्धि आउदैन : नेता पाण्डे

हेटौंडा \ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रियसभा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्र पाण्डेले यो दुईतिहाईको दम्भमा उन्मत्त कम्युनिष्ट सरकारबाट समृद्धि नआउने बताउनुभएको छ । काँग्रेस २ नम्बर क्षेत्रीय समितिको भेलालाई शनिबार भीमफेदीमा सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले सरकार दिनप्रतिदिन दुईतिहाईको बल र दम्भमा अगाडि बढिरहेकोले यसले देश र स्वयम् नेकपालाईसमेत असफलतातिर लगिरहेको बताउँदै कांग्रेसले […]

वैशाख २० मा सरकारको नीति तथा कार्यक्रम

काठमाडौं \ सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम २० वैशाखमा संघीय संसदमा प्रस्तुत हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन्। नयाँ पत्रिका दैनिकमा समाचार छ, राष्ट्रपतिले संसद्लाई सम्बोधन गर्नेबारे राष्ट्रपतिको कार्यालयबाट पत्र प्राप्त भएको संसद् सचिवालयले जनाएको छ। १५ जेठमा सरकारले नयाँ आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संसद्को बजेट […]

मुख्यमन्त्री पौडेल चीन प्रस्थान, मुख्यमन्त्रीको जिम्मा पाए मन्त्री जम्कट्टेलले

सिधाखबर \ प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल आज चीन प्रस्थान गरेका छन्, । राष्ट्रपतिको राजकिय भ्रमणको लागि उनी राष्ट्रपति संगको टोली संगै आज चीन प्रस्थान गरेका हुन्, । आजबाट १९ गतेसम्म हुने राष्ट्रपतिको चीन भ्रमण रहेकाले प्रदेश ३ को कार्यवहाक मुख्यमन्त्रीमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेललाई जिम्मा दिइएको छ ।

राष्ट्रपति भण्डारी राजकीय भ्रमणका लागि चीन जाँदै

काठमाडौं \ राष्ट्रपति विद्यादेवी भण्डारी नौ दिने राजकीय भ्रमणका लागि बुधबार उत्तरी छिमेकी चीन प्रस्थान गर्दैछिन् । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन भण्डारी त्यसतर्फ जान लागेकी हुन् ।गणतन्त्र स्थापनापछि पहिलोपटक छिमेकी चीनले राष्ट्रपतिलाई बेइजिङमा स्वागत गर्न लागेको हो । अघिल्ला राष्ट्रपति डा.रामवरण यादव दुई पटक चीन भ्रमणमा गए पनि बेइजिङको […]