राजनीति

प्रदेश सभाको वैठक भदौ ५ गते बस्ने तयारी

सिधाखबर \ प्रदेश ३  सभाको वैठक आगमी भदौ ५ गते बस्ने भएको छ । बजेटको छलफल सकाएर असार १२ गते स्थगित भएको प्रदेश सभाको वैठक भदौ ५गते बस्ने तयारी भएको सभामुख सानुकुमार श्रेष्ठले बताएका छन् । स्थगित भएको ४२ दिन सम्म पनि बसेको छैन । लामो समसम्म संसद बस्न नसक्दा प्रदेश सभा सदस्यहरु काम विहिन बनेका छन् […]

राजपा कार्यालय पनि सरकारी जग्गामै

काठमाडौं \ राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रीय कार्यालय सरकारी भवनमा रहेको छ । मधेसी निजामाति कर्मचारी मञ्चलाई सरकारले उपलब्ध गराएको बबरमहलस्थित करिब १ रोपनी जग्गा तथा भवन राजपाले अनधिकृत रुपमा प्रयोग गर्दै आएको हो । त्यहाँको भवनलार्य ‘मधेस भवन’ नामकरणसमेत गरिएको छ । सरकारबाट भोगाधिकार पाएको संरचना वा जग्गा अर्को पक्षलाई भाडामा वा अन्य […]

पूर्व विदेशमन्त्री सुश्मा स्वराजको निधन

एजेन्सी \ भारतकी पूर्व विदेशमन्त्री सुश्मा स्वराजको निधन भएको छ ।  ६७ वर्षीय स्वराजको मंगलबार राती एम्स अस्पतालमा निधन भएको हो । स्वराजले केही वर्ष पहिले किड्नी टन्सप्लान्ट गरेकी थिइन् । उनको निधन भएलगत्तै एम्स अस्पतालमा भारतीय नेता र कार्यकर्ताहरुको भीड बढेको छ । अस्पतालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षा मन्त्री राजनाथ सिंह, स्वास्थ्यमन्त्री हर्षबर्धन […]

अधिकांश स्थानिय जनप्रतिनिधिहरुको मृत्यु भएकोले मंसिर १४ मा उपनिर्वाचन (सुची सहित )

काठमाडौं \  निर्वाचन आयोगले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि आगामी मंसिर १४ गते उपनिर्वाचनको तयारी सुरु गरेको छ । प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ । त्यस्तै, प्रदेशअन्तर्गत दाङ क्षेत्र नम्बर ३ को ‘ख’, बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ र भक्तपुर–१ ‘ख’ मा  मंसिरमा चुनाव हुन लागेको आयोगले जानकारी […]

नेकपाको केन्द्रिय कार्यालय नै सरकारी जग्गामा

काठमाडौं \ प्रमुख सत्तारुढ दल नेकपाले ‘सरकारी जग्गा भोगाधिकार र लिजसबन्धी कार्यनीति’ उल्लंघन गर्दै सरकारी जग्गा र त्यसमा बनेको भवनमा पार्टी केन्द्रीय कार्यालय सञ्चालन गरिरहेको छ । भोगाधिकार पाएको पासाङल्हामु पर्वतारोहण प्रतिस्ठानले धुम्बाराहीस्थित ३ रोपनी ७ आना २ पैसा सरकारी जग्गामा नेकपालाई पार्टी कार्यालय सञ्चालन गर्न दिएको हो । सरकारबाट भोगाधिकार प्राप्त निकायले आफूले पाएको […]

सचिव हुने लाइनमा रहेका सहसचिवहरुलाई प्रदेश पठाउने तयारी

काठमाडौं \  सरकारले प्रदेश मातहतका मन्त्रालयमा संघमा कार्यरत सचिव हुने तयारीमा रहेका वरिष्ठ सहसचिवहरुलर्य प्रदेशमा पठाउने तयारी गरेको छ। उच्च स्रोतले दिएको जानकारीअनुसार यस विषयमा मन्त्रिपरिषद बैठकबाट निर्णयको तयारी भइरहेको छ। मन्त्रिपरिषद बैठकमा यसबारे छलफल सुरु भएको स्रोतले जानकारी दिएको समाचार राजाधानी दैनिकमा छ। हाल केन्द्रका कनिष्ट सहसचिवलाई प्रदेशमा सचिवको रुपमा पठाउने गरिएको छ। स्रोतका अनुसार […]

त्रिविमा फेरि भागबन्डा

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा शनिबार प्राध्यापक लालुप्रसाद पौडेल नियुक्त भएका छन् । त्रिवि भूगर्भ विभागका प्रमुख पौडेललाई प्रधानमन्त्री तथा कुलपति कुलपति केपी शर्मा ओलीले सिंगापुर उड्नुअघि नियुक्त गरेका हुन् । उनी शिक्षाशास्त्र संकायको शैक्षिक योजना तथा व्यवस्थापन समितिका सदस्य हुन् । पर्वतका पौडेल पूर्वएमाले र गोरखाका ढकाल पूर्व माओवादी निकट हुन् । शिक्षामन्त्री तथा […]

नेपाली कांग्रेसले लगायो कैलाश गाउँपालिकामा ताला

कैलाश \ मकवानपुरको कैलाश गाउँपालिकाको कार्यालयमा नेपाली कांग्रेसले तालाबन्दी गरेको छ । वडाबाट सिफारिस भएका योजनालाई गाउँपालिकाले समावेश नगराएको, समयमा बजेट नल्याएको र कम्युनिष्ट पार्टीबाट जितेका अध्यक्षको वडामा मात्र बजेट खन्याउन लागेको भन्दै कांग्रेसले शुक्रबार गाउँपालिकामा तालाबन्दी गरेको हो । कैलाश गाउँपालिकाले शुक्रबार बल्ल बजेट ल्याउने तयारी गरेको थियो । बिहीबारको कार्यपालिका बैठकमा भएको छलफलको […]

ठेकेदारलाई कडाइ गर्न मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी ओलीले ठेकेदारहरुलाई दिइने ‘मोबिलाइजेसन कस्ट’(काम सुरु गर्नुअघि दिने पेस्की) मा कडाइ गर्न विकासे मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन दिएका छन् ।  सबै मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्रीले विशेषगरी आयोजनाको जिम्मा लिने तर समयमा काम नगर्ने प्रवृत्ति रोक्नका लागि मोबिलाइजेसन खर्चमा कडाइ गर्नुपर्ने बताएका छन् । कुनै पनि आयोजना ठेक्का लागेपछि सुरुमै ‘मोबिलाइजेसन कस्ट’ […]

देउवा–पौडेल चर्काचर्की, ‘भिलेन’ बनाउन खोजेको देउवाको आरोप

पार्टीको चौथो महाधिवेशनको कार्यतालिका ल्याउने कि नल्याउने भन्ने सवालमा कांग्रेस सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच अर्को आरोप–प्रत्यारोप चलेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकमा पौडेलले महाधिवेशन नगराई कार्यसमितिलाई निरन्तरता दिन खोजिएको धारणा राखेपछि सभापति देउवा झोक्किएका थिए । पाँच वर्षभि महाधिवेशन गराउन खोज्दाखोज्दै पनि आफूलाई ‘भिलेन’ बनाउन खोजिएको भन्दै देउवाले पौडेलको टिप्पणीप्रति आपत्ति जनाए […]

विप्लव समूहका पोलिटब्युरो र स्थायी कमिटि भंग

चन्द  समूहले पार्टीमा शुद्धीकरण अभियान चलाउन भन्दै स्थायी कमिटी र पोलिटब्युरो भंग गरेको छ ।  केही दिनअघि बसेको स्थायी कमिटि बैठकले ५ सदस्यीय स्थायी कमिटि र ११ सदस्यीय पोलिटब्युरो भंग गरेको हो । अब समूहमा सबै कामान्ड महासचिव नेत्रविक्रम चन्द आफैंले सम्हाल्ने भएका छन् । चन्द समूहले पार्टीभित्र विकृति मौलाएको उल्लेख गर्दै १७ केन्द्रीय सदस्यालाई […]

विप्लवको भोली १५ गते नेपाल बन्द गर्ने घोषणा

सिधाखबर \ नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिज्ञप्ति जारी गर्दै साउन १५ गते नेपाल बन्दको घोषणा गरेको छ। पार्टीका केन्द्रिय सदस्य उपत्यका व्यूरो इन्चार्ज माइला लामालाइ साउन ४ गते बिना कारण पक्राउ गरेको र झुटो मुद्दामा जेल चलान गरेकोमा विरोध गर्दै विभिन्न संघर्षका कार्यक्रम सहित नेपाल बन्दको घोषणा गरेको विज्ञप्तिमा उल्लेख छ […]

संसदमा नाराबाजी, बुधबारसम्म बैठक स्थगित

काठमाडौँ \ संघीय संसदको प्रतिनिधि सभाको बैठकमा नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदहरुले नाराबाजी गरेपछि संसद बैठक स्थगित भएको छ । संसद बैठक शुरु भएलगत्तै दुई पार्टीका सांसदहरुले नाराबाजी गरेका थिए । सांसदहरुको नाराबाजीपछि सभामुख कृष्णबहादुर महराले बुधबार ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् । विरोधका बीच सभामुख महराले शुन्य […]

राप्रपाले ‘गाउँ फर्क’ अभियान सञ्चालन गर्ने

काठमाण्डौ \  कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘गाउँ फर्क’ अभियान सञ्चालन गर्ने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको सोमबार काठमाण्डौमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले देशभर पार्टीको संगठन निर्माणका लागि ३ महिने ‘गाउँ फर्क’ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । पार्टीको आसन्न महाधिवेशनलाई समेत ध्यानमा राखेर देशभर पार्टीको संगठन निर्माणका लागि ३ महिने […]

प्रदेश ३ : मुख्य न्यायधिवक्तामा ओमप्रसाद थपलियाले आज सपथ लिए

हेटौंडा \ प्रदेश ३ को मुख्य न्यायधिवक्तामा सिफारिस भई नियुक्त हुनु भएका ओमप्रसाद थपलियाले आज सपथ लिएका छन्, । प्रदेश ३ प्रदेश प्रमुख अनुराधा कोइरालाको उपस्थितीमा उनकै कार्यालयमा उच्च अदालत पाटनका मुख्य न्यायधिस कुमार चुडालले थपलियालाई सपथ खुवाएका थिए । नुवाकोट जिल्लामा जन्मिएका थपलिया हाल उनी काठमाण्डौमा बस्दै आइरहेका छन्, । उहाँले राजनीति शास्त्रमा एमए […]

प्रदेशसभा सदस्यलाई सुनको लोगो

गण्डकी प्रदेशका सदस्यलाई प्रदेशसभाले सुनको लोगो उपलब्ध गराएको छ । सुनजडित सो लोगो चीनबाट ल्याइएको हो ।  यस अगाडि प्रदान गरिएको  लोगोभन्दा अहिलेको लोगो ३३ गुणा महँगो छ । लोगोको डिजाइन पुरानै भएपनि धातुका रुपमा चाँदी र बाहिरी कक्षमा सुन लेपन गरिएको छ । यसअघिको लोगोको मूल्य १९५ रुपियाँ मात्र थियो । नयाँ लोकोको मूल ६ […]

१७ महिनापछि मन्त्रीहरू फेरिँदै

सरकार गठन भएको सत्र महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठनको गृहकार्य अगाडि बढाएका छन् । सरकारका मन्त्रीहरुको काम प्रभावकारी नभएको आलोचना र गुनासो बढेपछि मन्त्रीमण्डल पुनर्गठन गर्ने गृहकार्यमा प्रधानमन्त्री ओली लागेका हुन् । सरकारको कामलाई प्रभावकारी बनाउन र परिणाम देखाउने गरी काम गर्न मन्त्रीमण्डल फेर्नुपर्ने पार्टी्भित्रबाटै दबाब बढेपछि एक दुई सातादेखि उनले पार्टीका नेताहरुसँग […]

नेकपामा विभाग मोहको उल्झन

पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुले नै विभागीय प्रमुखमा रुचि देखाएका छन् ।अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टीका ३२ विभागमध्ये ६ वटामा चारवटा पूर्व एमाले र २ वटा पूर्वमाओवादीको भागमा लगाएका छन् । ती विभागमा शीर्ष नेताले नै आँखा लगाउँदा विवाद देखिएको छ । २०५० सालमा […]

तरुण दल मकवानपुरगढीद्धारा राहत वितरण

हेटौंडा \  मकवानपुरगढी गाउँपालिका वडा नम्बर–१ का बाढी पहिरो पीडित परिवारलाई नेपाल तरुण दल मकवानपुरगढी गाउँपालिका समितिले राहत वितरण गरेको छ । पहिरोका कारण घर भत्किनुका साथै अन्नपातसमेत पुरिएका पीडित परिवारलाई अस्थायी बसोबासको लागि त्रिपाल र खाद्यान्न सहयोग गरिएको हो । तरुण दलले मकवानपुरगढी–१ का रानीसेरा, जरायोटार, पराजुली डाँडा, आँपटार, अन्नपानी,डाँडागाउँ, लो डाँडालगायतको स्थानका ३५ घरधुरीलाई […]

आफ्नै श्रीमतिलाई जागिर खुवाउने स्ववियू सभापतिले विद्यार्थीको हकहितको कुरा गर्नु लज्जास्पद : ने.वि संघ

सिधाखबर \  प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल अध्यक्ष रहेको देशकै उत्कृष्ठ क्याम्पसहरु मध्ये गणना हुने मकवानपुर बहुमुखी क्याम्पसका विभिन्न खाले घटनापरिघटना घटि रहेका छन्, । तर पछिल्लो घटनामा क्याम्पस प्रशासनले विद्यार्थीहरुलाई प्रक्राउ गरि हिरासतमा समेत राखिरहेको बेला विद्यार्थीको हकहित भन्दै चुनाव लडेका र जितेका स्ववियूका नेताहरु नै विद्यार्थी विरुद्ध प्रतिसोधको भावना राखेको भन्दै नेपाल […]