राजनीति

भरतपुर महानगरपालिकामा साउन २० मा मतदान हुँदै

सिधाखबर   २ महिना लामो विवाद टुंगिएपछि भरतपुर महानगरपालिका वडा नः १९ मा साउन २० गते शुक्रबार पुनः मतदान हुँदैछ । चुनाव प्रचारको समय नै उपलब्ध नहुने गरी निर्वाचनको मिति घोषणा भएसँगै दलहरु निर्वाचनको आन्तरिक तयारीमा जुटेका छन् ।निर्वाचन आयोगले पुनः मतदानको निर्णय सँगै कांग्रेस माओवादी गठवन्धनकी मेयर उम्मेदवार रेणु दाहाल निर्वाचन प्रचारप्रसारमा जुटेकी छिन । […]

एनसेलको हेटौडामा फोरजी सेवा सुरु

सिधाखबर मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले चौथो पुस्ताको मोवाइल सेवा (फोरजी)÷लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा थप १० शहरमा विस्तार गरेको छ ।आजबाट हेटौडा,विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, विरगञ्ज, भैरहवा, बुटवल र नेपालगञ्जमा फोरजी सेवा सु? भएको एनसेलले जनाएको छ । यससँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोबाइल प्रयोग गर्ने सबै प्रिपेड तथा […]

हेटौंडा उपमहानगरपालिका ‘सफा शहर’ को रुपमा पुरस्कृत हुदैं

  सिधाखबर गएका वर्षको झैं हेटौंडा उपमहानगरपालिका यसबर्ष पनि ‘सफा शहर’ को रुपमा पुरस्कृत हुनेभएको छ । संघिय मामला तथा स्थानीय विकास मन्त्रालयले हेटौँडालाई सफा शहरको रुपमा पुरस्कृत गर्न लागेको हो । मन्त्रालय अन्तरगतको फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले आव ०७३ र०७४ मा फोहरमैला व्यवस्थापनमा योगदान पुर्याउने तीन नगरलाई पुरस्कार एवं सम्मानको कार्यक्रम राखेको जनाईएको […]

बीपीले जीवनभर देश र जनताकै लागि संघर्ष गर्नुभयो -महिला संघकी केन्द्रीय अध्यक्ष रेग्मी

सिधाखबर \  साउनरनेपाली काँग्रेस मकवानपुरले नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पु¥याउनुभएका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३५ औं स्मृति दिवसको अवसरमा शुक्रबार विचार गोष्ठी कार्यक्रम गरेको छ । काँग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षता एवं नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मीको प्रमूख आतिथ्यतामा विचार गोष्ठी भएको हो । प्रमूख अतिथि […]

वीपी स्मृति दिवशमा मकवानपुर काँग्रेसद्वारा रक्तदान

सिधाखबर नेपाली काँग्रेस मकवानपुरले नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वरप्रसाद कोइरालाको ३५ औं स्मृति दिवसको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम गरिएको छ । नेपाली काँग्रेसका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गर्नुभएको थियो । २०३७ साल साउन ६ गते दिवङ्गत हुनुभएका वीपी कोइराला प्रजातान्त्रिक समाजवादका परिकल्पनाकार समेत हुनुहुन्छ ।

‘छक्का पञ्जा २’को  “ए दाजु नसमाउ” गीत सार्वजानिक

‘छक्का पञ्जा २’को  “ए दाजु नसमाउ” गीत सार्वजानिक यो बर्षको बहुप्रतिक्षित  चलचित्र ‘छक्का पञ्जा २’को गीत सार्वजनिक भएको छ । गत बर्षको सफल चलचित्र “छक्का पञ्जा ‘को सिक्वेल ‘छक्का पञ्जा २’को  “ए दाजु नसमाउ ”बोलको गीत रिलिज भएको हो । अल्मोडा राना उप्रेती र सुजता बर्माको स्वर रहेको सार्वजनिक गीतलाई अल्मोडा राना उप्रेतीले संगीत दिएका […]

माले केन्द्रिय सदस्य महत कांग्रेस पार्टीमा प्रबेश

सिधाखबर  नेकपा माले मकवानपुर सचिब एबं केन्द्रिय सदस्य भिमसेन महत नेपाली कांग्रेस पार्टीमा प्रबेश गरेकाछन ।  मालेको जिल्ला कार्यसमिति नै कांग्रेसमा प्रबेश गरेको हो । मालेका केन्द्रीय सदस्य एवं जिल्ला संयोजक भीमसेन महतसहित विभिन्न भातृसंगठनका नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् । उनीहरूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य महालक्ष्मी डिना […]

वडा नम्बर १२ को कार्यालय उद्घाटन

सिधाखबर  हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को वडा कार्यालय आज शुक्रबार उद्घाटन भएको छ । हेटौंडा उपमहानगरपालिका १२ स्थित हात्तीगौंडामा भाडामा लिइएको भवनमा कार्यालय स्थापना गर्ने निर्णय भएपछि आजबाट सुरुवात गरिएको हो ।  हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामाले वडा कार्यालयको औपचारिक उद्घाटन गर्नुभएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष ललित घलानको […]

संसदको निर्वाचन क्षेत्र संख्या बढाईए अर्को विकल्पखोज्न एमाले बाध्यहुनेछ – शंकर पोखरेल 

सिधाखबर  प्रमुखप्रतिपक्षीदल नेकपाएमालेकास्थायी समिति सदस्यशंकर पोखरेलले सत्तासाझेदार दलकांग्रेस र माओवादी केन्द्रले नयाँ संविधानको व्यवस्थाविपरीत हालकै २ सय ४० क्षेत्रलाई संघीय संसद्को निर्वाचन क्षेत्र कायम गराउनभन्दै छलफल अघि बढाएको कुरा आफूहरुले सुनेको भएपनियसलाई आफ्नो पार्टीले कुनैपनिहालतमानमान्ने स्पष्ट पारेका छन् ।  उनले भने,‘अहिलेसम्महामीसँग यस्तो कुरा उहाँहरुले गर्न सक्नुभएको छैन, यदिआयो भने हामीकुनैपनिहालतमामान्दैनौं।’प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रकाअध्यक्षपुष्पकमलदाहालबीचपहिलो […]

प्रजातन्त्र र कानुनी शासनको मुख्य बाधक भ्रष्टाचार-गृहमन्त्री शर्मा

सिधाखबर  गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले प्रजातन्त्र र कानुनी शासनको मुख्य बाधक भ्रष्टाचार भएको बताउनु भएको छ । श्रिलंकाको कोलोम्बोमा आयोजना भएको सार्क राष्ट्रहरुको गृहमन्त्रीस्तरीय आठौँ सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै, गृहमन्त्री शर्माले भ्रष्टाचारले राजनिती, त्योसँग सम्बन्धित संस्थाहरु र नेतृत्वमाथी समेत जनताको विश्वास मात्र गुम्ने बताउनु भयो । गृहमन्त्री शर्माले श्रिलंकाली सरकारलाई भव्य स्वागत सत्कारकालागि धन्यवाद दिदैँ […]

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा आ–आफ्नो समुहले बाजी मार्ने उम्मेद्धवारहरुको दाबी 

सिधाखबर   नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २५ औँ साधारण सभाको पूर्वसन्ध्यामा लोकतान्त्रिक र प्रगतिशिल प्यानलका प्रतिनिधिले आ–आफ्नो जीत सुनिश्चत भएको दाबी गरेका छन् ।  मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रगतिशिल प्यानलबाट अध्यक्षका प्रत्यासि रोहन गरुङले आफ्नो प्यानल ७५ प्रतिशत मतले विजयी हुने दाबी गरे ।  क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा सम्पन्न […]

एनएफडीसी अवार्डमा विपिन र प्रियंका उत्कृष्ट

सिधाखबर एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार २०७३ को पाँचौं संस्करणमा चलचित्र छक्का पन्जा ले उत्कृष्ट चलचित्रको उपाधि हात पारेको छ । दीपाश्री निरौला निर्देशित चलचित्र छक्का पन्जाले यस वर्षको पहिलो अवार्ड हात पारेको हो ।  त्यस्तै, यस वर्षको उत्कृष्ट नायिकाको अवार्ड चलचित्र छक्का पन्जाबाट प्रियंका कार्की र जात्राबाट विपिन कार्कीले उत्कृष्ट नायकको अवार्ड हात पारे । सर्वाधिक १५ विधामा […]

काग्रेसका पूर्व जिल्ला सचिव सहित २ जनालाई कारबाही

सिधाखबर \  स्थानीय तहको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउने खेल खेलेको र अन्तरघात गरेको भन्दै नेपाली काँग्रेसले २ नेतालाई कारबाहीको निर्णय गरेको छ । साविकको आमभञ्ज्याङ गाविस र हालको मकवानपुरगढी गाउँपालिकाको ५ र ६ नम्बर वडाका उम्मेदवार तथा गाउँपालिकाकै अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारलाई हराउने कार्यमा लागिपरेको भन्दै पूर्व पार्टी सचिव बिष्णुप्रसाद दाहाल र नेपाल […]

तीनदल र सरकारले देशलाई विखण्डन गर्न खोजेकोले जोगाउनको लागि आन्दोलनमा गएकाहौं – राजेन्द्र महतो 

सिधाखबर   राष्ट्रिय जनता पार्टी नेपालकाअध्यक्ष मण्डलका एक सदस्य राजेन्द्र महतोले प्रमुखतीन पार्टी र सरकार मिलेर देशलाई नै विखण्डन गर्न खोजेकोले आफूहरुले देशलाई जोगाउनको लागिबाध्यभएर शान्तिपूर्ण संघर्षकाकार्यक्रमहरु सार्वजनिक गरेको स्पष्ट पारेका छन् ।  शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमाबोल्दै नेतामहतोले प्रमुखतीनदल नेपालीकांग्रेस, नेकपाएमाले र नेकपामाओवादी केन्द्र, र वर्तमान सरकार मिलेर देशलाई भाड्ने कामगरिरहेको आरोप लगाए […]

असार १४ गतेको निर्वाचनको विपक्षमा कुरा नगर्न प्रमुख निर्वाचन आयुक्तको चेतवानी 

सिधाखबर  प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले असार १४ गतेको निर्वाचन हुँदैन वा सर्छ भनेर चुनावको विपक्षमा नबोल्नको लागि चेतावनी दिएका छन् । यादवले भने,‘निर्वाचनको सम्पूर्ण तयारी भैसकेको छ, अब पनि निर्वाचन हुँदैन भनेर यसको विपक्षमा बोल्ने काम नगरौं, असार १४ गते तोकिएकै मितिमा दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुन्छ, ढुक्क हुनुहोस्।’  मंगलबार रिपोर्टर्स क्लब […]

बर्जर पेन्ट्सका प्रमुख सुशिलकुमार द्विवेदीलाई दुव्यर्वहार

सिधाखबर नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताले बहुराष्ट्रिय कम्पनी बर्जर पेन्ट्सका प्रमुखलाई दुव्र्यवहार गरेका छन् ।  नेकपाका कार्यकर्ताले औद्योगिक क्षेत्रमा रहेको पेन्ट्सका प्रमुख सुशिलकुमार द्विवेदीलाई दुव्यर्वहार गर्नुका साथै उनले प्रयोग गर्ने बा ८ च ८६१७  नम्बरको कार तोडफोड गरेका हुन् । नेकपाले कम्पनीले कामदार कर्मचारीलाई चरम शोषण गरेको, राष्ट्रिय पुँजीलाई धरासयी बनाएको, […]

युवा पलायन रोक्न र महिलाको हकहितको लागि काम गर्ने  उपमेयर खड्गीको प्रतिबद्धता 

सिधाखबर काठमाण्डौं महानगरपालिकाकी उप–मेयर हरिप्रभा खडगीले आफू यूवा पलायन रोक्न र महिलाको हकहितमा पूर्ण रुपमा समर्पित भएर काम गर्ने विश्वास दिलाएकी छिन । आईतवार रिपोर्टर्स क्लब नेपालमा नेपाली काँग्रेस वडा नं। २८ उप–समिति भृकुटिमण्डप बजारले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा सम्मानित भएपछि उपमेयर खड्गीले यस्तो बताएकी हुन । दोस्रो जन–आन्दोलनको बेला भृकुटिमण्डप बजारका जनता र […]

पहिलो चरणमा को को र कस्तो बन्दैछ मन्त्रिमण्डल

सिधाखबर  नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आज छरितो मन्त्रिमण्डलसहित पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् । शीतल निवासमा मध्याह्न हुने शपथग्रहण कार्यक्रममा देउवाले माओवादी केन्द्र, फोरम लोकतान्त्रिकबाट सहभागी हुने मन्त्रीहरुलाई समेटेर सानो मन्त्रिमण्डल विस्तार गर्ने गृहकार्य गरेका छन् । पहिलो चरणमा सानो मन्त्रिमण्डल विस्तार गर्ने योजनामा रहेका देउवा शपथग्रहण कार्यक्रममा कांग्रेसबाट दुईजना, माओवादी केन्द्रबाट दुई तथा फोरम लोकतान्त्रिकबाट […]

शेरबहादुर देउवा नेपालको ४० औं प्रधानमन्त्रीमा निर्वाचित

  सिधाखबर / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपालको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । गणतान्त्रिक नेपालको उनी नवौं प्रधानमन्त्री हुन् । देउवा प्रधानमन्त्री बनेको यो चौथोपटक हो । मंगलबारको संसद बैठकमा उपस्थित कुल ५५८ सांसदहरुमध्ये देउवाको पक्षमा ३८८ र विपक्षमा १७० मत परेको थियो ।देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रस्ताव गरेका […]

 संसद बैठक प्रत्यक्ष् रुपमा हेर्नुस् लाइभ भिडियो 

सिधाखबर आज बस्ने भनिएको संसद बैठक सुरु भएको छ ।  प्रत्यक्ष्  रुपमा हेर्नुस् लाइभ भिडियो