खेल

मनहरी कप फुटबलको उपाधी एफसी मनहरीलाई

सिधाखबर विवादका बिच प्रथम मनहरी कप फुटबलको उपाधी एफसी मनहरीले जितेको छ । हिजो शनिबार लामिटारको सनसाइन क्लब सङ्गको फाइनल भिडन्तमा रेफ्रीको गलत निर्णयको कारण बिबाद भएको थियो । दोस्रो हाफको करिब २० मिनेट चलिरहदा रेफ्रीले सनसाइनका गोलरक्षक इश्वर रिजाललाइ रेफ्रीले पहेलो कार्ड देखाएका थिए । मनहरीका खेलाडीले फाउल गरेकोमा आफ्ना खेलाडीलाई कार्ड दिएर रेफ्रीले […]

आजदेखि हेटौडामा राष्ट्रिय भलिबल प्रतियोगिता

सिधाखबर केशवलाल स्मृति प्रतिष्ठान मकवानपुरको आयोजनामा आज शुक्रबारबाट केशवलाल स्मृति दोस्रो राष्ट्रिय भलिबल सुरु हुँदैछ ।  २०७२ बैशाख १२ को भूकम्पमा परी ज्यान गुमाएका राष्ट्रिय प्रशिक्षक केशवलाल श्रेष्ठको स्मृतिमा केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान हेटौंडाले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताका संयोजक राजेश भेटवालले प्रतियोगितामा ९ टिमको सहभागिता रहेको बताए । प्रतियोगितामा विभागीय टिम नेपाल […]

१६ टिम सहभागी हुदैं ए डिभिजन लिगमा

सिधाखबर अखिल नेपाल फुटबल संघले आगामी मंसिर १४ गतेदेखि सञ्चालन गर्ने सहिद स्मारक ए डिभिजन लिगमा १६ टिमको सहभागिता हुने भएको छ ।  उपत्यकाका १२ ए डिभिजन क्लवसहित मोफसलका चार क्लवले ए डिभिजन लिग खेल्ने एन्फाले बताएको छ । ए डिभिजन लिगमा उपत्यकाका थ्रीस्टार, फ्रेण्ड्स त्रिभुवन आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपिएफ, मनाङ मर्स्याङ्दी, मछिन्द्र, […]

असोज २५ देखि ३० गतेसम्म चौथो दैलेख युथ कप खेल महोत्सव हुने 

सिधाखबर   यही असोज २५ देखि ३० गतेसम्म चौथो दैलेख यूथ कप खेल महोत्सव खुल्ला प्रतियोगित हुने भएको छ ।  रिपोर्टर्स क्लब नेपालमा दैलेख यूथ दैलेखले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । उक्त प्रतियोगिताको उद्घाटन खेलकुदमन्त्री राजन केसीले गर्ने आयोजकले जानकारी दिएको छ। यूथ दैलेखका अध्यक्ष प्रेमबहादुर शाहीले दशै तिहारलाई लक्षित गरि हरेक वर्ष खेलकुद […]

२-० ले अन्तरले प्रतिफल साकोस विजयी

सिधाखबर दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना एवम् रेडियो मकवानपुरको व्यवस्थापनमा सञ्चालन भएको अन्तर सहकारी फुटसल प्रतियोगिताको उपाधि प्रतिफल बचत तथा ऋण सहकारी संस्था  लिमिटेडले जितेको छ । आज मङ्गलबार बिहान भएको फाइनल खेलमा साईराम बचत तथा ऋण सहकारीलाई २–० गोल अन्तरले हराउँदै प्रतिफलले उपाधि जितेको हो । निर्धारित समय गोलरहित बराबरी भएपछि थप गरिएको […]

अन्तर सहकारी कप फुटसल प्रतियोगिताको फाईनलमा प्रतिफल बचत

सिधाखबर हेटौँडामा जारी अन्तर सहकारी कप फुटसल प्रतियोगिताको फाईनलमा प्रतिफल बचत तथा ऋण सहकारी संस्था प्रवेश गरेको छ । दिव्यतारा बहुउद्देश्यीय सहकारीको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत आज बिहान भएको प्रतियोगितामा प्रतिफलले नारायणी बहुउद्देश्यीय सहकारीलाई २–१ गोल अन्तरले पराजित गरी फाइनल प्रवेश गरेको हो । प्रतिफलका लागि सुमन भुजेल र सुवास रायमाझीले तथा नारायणीका तर्फबाट स्यान्टो […]

टोलस्तरीय मैत्रीपूर्ण लिग फूटवल प्रतियोगितामा राजधानी टीम विजयी

सिधाखबर हेटौडा–१५ मा रहेको चुरेकाँड सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा आजबाट शुरु भएको टोलस्तरीय मैत्रीपूर्ण लिग फूटवल प्रतियोगितामा राजधानी टीम विजयी भएको छ । विजयादशमीको अवसरमा भएको प्रतियोगिताको उद्घाटन खेलमा राजधानी टिमले पनेस टीमलाई ७–२ गोल अन्तरले पराजित गरेको छ । राजधानीका तर्फबाट बाबुराम वाईवाले ह्याट्रिक गरेका थिए भने सागर थापाले २, केशव सिह भोमजन […]

जिल्ला लिग फुटबल प्रतियोगितामा एकैदिन ४ खेल सम्पन्न

सिधाखबर हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा आज ४ खेल सम्पन्न भएका छन् । आज भएको पहिलो खेलमा पिप्ले युवा क्लवले हेटौँडा फुटबल एकेडेमीलाई ४–१ गोल अन्तरले पराजित गरेको छ । पिप्लेका लागि प्रशान्त भुजेलले खेलको १२, विनय कार्कीले ३२ र ५९ र बुद्ध लामाले ५२ मिनेटमा गोल गरे । एकेडेमीका लागि खेलको ३१ मिनेटमा […]

अन्तर सहकारी कप फुटसल प्रतियोगिता सुरु

सिधाखबर दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौँडाको आयोजनामा हेटौंडामा आजबाट अन्तर सहकारी कप फुटसल प्रतियोगिता सुरु भएको छ । उद्घाटन समारोहमा सहकारीकर्मीहरु र निजामति कर्मचारीहरुबीच भएको मैत्रीपूर्ण खेलमा निजामति कर्मचारी विजयी भएको छ । निजामति कर्मचारीले सहकारीकर्मीहरुलाई ६–४ गोलअन्तरले पराजित गरेको हो । रेडियो मकवानपुरको व्यवस्थापनमा भएको प्रतियोगिताका खेलहरु भने आज साँझबाट सुरु हुनेछ । दिव्यतारा बहुउद्देश्यीय […]

नेपालमा पहिलोपटक अन्र्तराष्ट्रिय ‘ह्विलचियर वास्केटवल’ प्रतियोगिता हुँदै

सिधाखबर, काठमाडौं नेपाल स्पाईनल कर्ड इन्जरी खेलकुद संघले ‘अपाङ्ग मैत्री’ भन्ने मुल नाराका साथ पहिलो पटक अन्तराष्ट्रिय ह्वीचियर वाष्केटवल प्रतियोगिता गर्ने भएको छ । संघले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आगामी कार्तिक २९ गते देखि मंसिर २ गतेसम्म ललितपुरमा सम्पन्न हुने यस प्रतियोगीताको बारेमा जानकारी गराएको छ ।   संस्थाकी अध्यक्ष गायत्री दाहालले अपाङ्ता भएका […]

महाविर, एफसी इन्टरनेट र कमलदेवी युवा क्लव विजयी

सिधाखबर जारी जिल्ला फुटवल लिग प्रतियोगितामा आज भएका खेलमा महाविर, एफसी इन्टरनेट र कमलदेवी युवा क्लव विजयी भएका छन् । पहिलो खेलामा महाविर क्लवले चुरेकालिका युवा क्लवलाई २–० गोल अन्तरले पराजित गरेको छ । महाविरको तर्फबाट भेषबहादुर थापाले खेलको ५ र ६३ मिनेटमा गोल गरेका थिए । दोस्रो खेलमा कमलदेवी युवा क्लवले चौघडा फुटबल टिमलाई […]

राष्ट्रिय भलिबल प्रतियोगिता हेटौडामा हुने

 सिधाखबर हेटौँडामा भाद्र ३० गते देखि राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । हेटौडाका राष्ट्रिय भलिवल प्रशिक्षक केशवलाल श्रेष्ठको स्मृतिमा भाद्र ३० गतेदेखि राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता हुन लागेको आयोजकले बताएइको छ ।  केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुर र युवा तथा खेलकुद समन्वय समिति हेटौंडा १९ बस्तिपुरको संयुक्त आयोजनामा हुने  प्रतियोगितामा १२ टिमले […]

हेटौंडामा राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता

सिधाखबर बैशाख १२ गतेको भूकम्पमा परी निधन भएका पुर्व राष्ट्रिय भलिवल प्रशिक्षक केशवलाल श्रेष्ठको स्मृतिमा हेटौंडामा भाद्र ३० गते शुक्रवारदेखि राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता आयोजना हुने भएको छ । हेटौंडा उपमहानगपालिका १९ बस्तिपुरमा हुन लागेको भलिवल प्रतियोगिता केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुर र युवा तथा खेलकुद समन्वय समिति हेटौंडा १९ बस्तिपुरको संयुक्त आयोजनामा हुने […]

पल्सर स्पोर्टस अवार्डको मनोनयन सार्वजानिक

सिधाखबर \नेपाल खेलकुद पत्रकार मञ्चले आगामी भदौ २६ गते प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने १४औं संस्करणको पल्सर स्पोर्टस अवार्डको मनोनयन सार्वजानिक आज भएको छ ।  निम्न अनुसारको छ मनोनयनहरुः उत्कृष्ट खेलाडीको मनोनयन पुरुषतर्फ किरण चेम्जोङ (फुटबल) शरद भेषावकर (क्रिकेटर)  रत्नजीत तामाङ (ब्याड्मिन्टन) मानबहादुर श्रेष्ठ (भलिबल) सोमबहादुर कुमाल (एथ्लेटिक्स) महिलातर्फ  सावित्री भण्डारी (फुटबल) कान्छिमाया कोजु  (एथ्लेटिक्स) ज्ञानु अवाले […]

दिव्यताराले अन्तर सहकारी फुटसल प्रतियोगिता गर्ने

सिधाखबर हेटौँडामा रहेको दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले अन्तर सहकारी नकाउट फुटसल प्रतियोगिता गर्ने भएको छ । संस्थाको १९ औँ बार्षिक साधारणसभाको अवसरमा अन्तर सहकारी फुटसल प्रतियोगिता गर्ने भएको हो । प्रतियोगिता भदौ २५ गतेबाट हुने आयोगकले जनाएको छ । सहकारीकर्मीबीच भाइचाराको सम्बन्ध विकाससँगै खेलमार्फत स्वस्थ मनोरञ्जन दिने उद्देश्यले प्रतियोगिता गर्न लागेको सहकारीका सचिव गणेश […]

मल्टिभिजन ३–१ गोल अन्तरले विजयी

सिधाखबर मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा आज ३ खेल सकिएको छ भने एक खेल जारी छ । हेटौँडाको लोकतान्त्रिक मैदान हुप्रचौरमा विहान भएको सक्षम युवा क्लब नेवारपानी र न्यू गोल्डेन स्टार स्पोर्टस क्लवको खेल बराबरीमा टुंगिएको थियो । खेल अवधिभर दुबै टिमले गोल गर्न सकेनन् । त्यस्तै, दोस्रो खेल […]

सुन्दर सहकारी कप उपाधीका लागि आज एफसी मल्टिभिजन र डिलर एशोसियसन भिड्ने

सिधाखबर हेटौंडामा जारी सुन्दर सहकारी कप सभेन ए साइड फुटबल प्रतियोगिताको उपाधीका लागि आज एफसी मल्टिभिजन र डिलर एशोसियसन भिड्ने भएका छन् । दिउसो ३ बजेपछि लोकतान्त्रिक मैदान (हुप्रा)मा हुने फाइनल प्रतिष्पर्धा शुरु हुने छ । सेमीफाइनल खेलमा  एफसी मल्टिभिजनले एफसी इन्टरनेटलाई ट्राइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरेको थियो  भने चौकिटोल युवा क्लबलाई ६–२ को […]

चौकीटोल युवा क्लब र एफसी ईन्टरनेट विजय

सिधाखबर हेटौंडाको हुप्रचौरमा बुधबारबाट सुरु भएको  सुन्दर सहकारी कप–२०७४ सेभेन ए साइड फुटबल प्रतियोगिताको आज बिहान भएको २ खेलमा चौकीटोल युवा क्लब र एफसी ईन्टरनेट विजयी भएको छ । अमर युवा क्लबलाई ३–१ को गोल अन्तरले पराजित गर्दै चौकीटोल युवा क्लब दोस्रो चरणको लागि छनौट भएको छ । खेलको पहिलो हाफमा चौकीटोल युवा क्लबका कुमार […]

 उद्घाटन खेलमा ५–१ को गोल अन्तर

सिधाखबर  हेटौँडा–१  रहेको सुन्दर वचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा आजबाट हुप्रचौरमा जारी सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको छ। संस्थाको नवौँ स्थापना दिवसको अवसरमा आयोजित सेभेन ए साइड फुटबलको उद्घाटन खेलमा हेटौँडा–७ को टिमले सुन्दर युवा संजाललाई ५–१ को गोल अन्तरले पराजित गरेको छ । हेटौडा ७ को तर्फबाट संदिप पौडेलले ह्याट्रिक […]

हेटौडामा जिल्ला लिग फुटबल प्रतियोगिता हुने

 सिधाखबर यही भदौ १३ गतेदेखि  हेटौडामा जिल्ला लिग फुटबल प्रतियोगिता हुने भएको छ। लिग बिजेताले नगद ५० हजार प्राप्त गर्ने मकवानपुर जिल्ला फुटबल संघका महासचिव सचिन मानन्धरले बताएका छन्,। मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुन लागेको प्रतियोगिताको उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक पक्षले बताएको छ । प्रतियोगितामा कम्तिमा १६ टिम सहभागी हुने र प्रतियोगिता सशुल्क हुप्रचौरमा खेल […]