कला/साहित्य

गजल मञ्चको एक सय ६३ औं गजल यात्रा

सिधाखबर \ गजल मञ्च मकवानपुरले एक सय ६३ औं गजल यात्रा भएको छ । शनिबार साहित्य संगम मकवानपुरको सभाहलमा भएको कार्यक्रममा करिब एक दर्जन श्रष्टाले गजल बाचन गरेका थिए । मञ्चका उपाध्यक्ष सीएम रिमालको अध्यक्षतामा भएको कार्यक्रममा गीतकार तथा गजलकार तुल्सी घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, हास्यव्यङ्ग्यकार […]

हेटौंडामा सम्पन्न भयो बाल कला साहित्य महोत्सव

सिधाखबर \ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) जोडीको सहयात्रा इमान्दारीले गर्दा नटुटेको बताएका छन् । शनिबार नवोदय शिशु सदन अङ्ग्रेजी विद्यालयको हेटौंडा बाल कला साहित्य महोत्सवमा बोल्दै महको म अर्थात मदनकृष्ण श्रेष्ठले दुवै जनाको इमान्दारीले गर्दा सहयात्रा र सहकार्य भइरहेको बताए । शासन व्यक्तिको होइन विधिको हुनुपर्छ सोही अनुरुप हाम्रो सहयात्रामा पनि दिगो […]

माक्र्सवादी दर्शन र समकालिन नेपाली कथामा बहस

हेटौंडा \  महिला साहित्यकारहरुको संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको दर्शन र गद्य आख्यान विभागको सहकार्य आज हेटौंडामा विचार गोष्ठी र रचना वाचन कार्यक्रम भएको छ । कार्यक्रममा माक्र्सवादी दर्शन र समकालिन नेपाली कथामा त्यसको प्रयोग तथा समकालिन नेपाली उपन्यासमा अञ्चलिकता विषयमा कार्यपत्र प्रस्तुत, टिपप्णी तथा बसह भएको थियो । माक्र्सवादी […]

सोनाम ल्होसारमा पदमपोखरी ठुलथलीमा साँस्कृतिक कार्यक्रम हुने

सिधाखबर \ हेटौँडा १३ पदमपोखरी ठुलोथलीमा रहेको गुम्बा डाँडामा सोनाम ल्होसारको अवसरमा तेस्रो बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । आगामी माघ १२ गते कार्यक्रम हुन लागको बारे आज हेटौंडामा पत्रकार सम्मेलन गरि कार्यक्रम बारे जानकारी दिइएको थियो । आयोजक मुल समारोह समितिकी संयोजक संगिता बल वाईबाले तामाङ समुदायको कला संस्कृतिलाई जगेर्ना गर्ने र गुम्वाडाँडालाई […]

हेटौंडामा हेटौंडा बाल कला साहित्य महोत्सव हुने

सिधाखबर \ आगामी पुस २५ र २६ गते हेटौंडामा हेटौंडा बाल कला साहित्य महोत्सव २०७६ हुने भएको छ । बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरि आयोजक नवोदय शिशु सदन विद्यालयले कार्यक्रमबारे जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा बोल्दै महोत्सवका कार्यक्रम संयोजक सीएम रिमालले सिर्जनात्मक पठन संस्कृति र कलाको विविध पक्षहरुको समिश्रित शिक्षण प्रविधि र प्रक्रियाको विकास […]

चैत्रमा मिस नेवाः मकवानपुर हुने

सिधाखबर \ हेटौंडामा मिस नेवाः ११४० मकवानपुर हुने भएको छ । चैत्र महिनाको ८ गते फाइनल प्रतियोगिता हुने आज हेटौंडामा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । लुक्स फेसन एण्ड ईभेन्ट म्यानेजम्यान्ट प्रा.लिको आयोजनामा हुन लागेको यो प्रतियोगिता पहिलो संस्करणको रुपमा रहेको कम्पनीका प्रमुख तथा कार्यक्रम व्यवस्थापक रविन्द्र बज्रचार्यले बताए । केहि दिन अघि मात्रै […]

आँचलका पाँच पुरस्कार र सम्मान सार्वजाननिक

सिधाखबर \ आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न पाँचवटा पुरस्कार तथा सम्मान गर्ने भएको छ । यस संस्थाले स्थापना देखि नै साहित्य तथा पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने स्रष्टा तथा पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै आइरहेको छ । यसैक्रममा दाताहरुको सहयोगले यस वर्षदेखि संस्थाले ५ वटा सम्मान तथा पुरस्कार प्रदान गर्न लागेको पुञ्जका कार्यबहाक अध्यक्ष […]

मिस कलिउडको विजेता बनिन् दीक्षा लामा

सिधाखबर \ शुक्रबार राती हेटौंडामा सम्पन्न भएको मिस कलिउडको विजेता दीक्षा लामा बनिन् । १८ जना प्रतिस्पर्धिलाई उछिन्दै उनले विजेताको ताज शिरमा लगाईन्, । ताज संगै उनले १ लाख नगद समेत हात पारेकी छिन्, । कलिउड सुपर डान्स एण्ड फिटनेस प्रालिले आयोजना गरेको मिस कलिउडको फस्ट रनरफको ताज श्रृष्टि बज्रचार्यले हात पारिन्, । उनले ताज […]

महालक्ष्मी साहित्य पुरस्कार: यस वर्ष धनगढीकी कवि श्रेष्ठ प्रिया पत्थरलाई

सिधाखबर \ भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र संवद्र्धनको हेतुले मातृभूमि साहित्य समाज र महालक्ष्मी विकास बैंकले प्रदान गर्ने ‘महालक्ष्मी साहित्य पुरस्कार’बाट यस वर्ष धनगढीकी कवि साहित्यकार श्रेष्ठ प्रिया पत्थरलाई प्रदान गरिने आयोजक संस्था मातृभुमि साहित्य समाजका अध्यक्ष माधब पोख्रेलले बताए । यती फाइनान्स लिमिटेड, यती विकास बैंक हुदैं हाल महालक्ष्मी विकास बैंक को […]

वरिष्ठ साहित्यकार मदनमणि दिक्षितको निधन

काठमाडौं \ वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा विहिबार निधन भएको छ। निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका दिक्षितलाई बुधबार निवास कालिकास्थान ल्याइएको थियो। निवासमा शौचालय जाँदा बेहोस भएका उनलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए। उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो। दीक्षितका ‘माधवी’, ‘ऋग्वेद स् केही प्रमुख […]

कथा संग्रह ‘अभ्यन्तर’की लेखिका अप्सराको निधन

सिधाखबर \ मकवानपुरका स्रष्टा एव साहित्यकार तथा आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष अप्सरा ( धनकुमारी) तिम्सिनाको निधन भएको छ । उनको गएराति चितवनमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ज्वरो आएर हेटौंडामा उपचार गराइरहेको र थप उपचारका लागि चितवन लगिएकोमा उनको उपचारको क्रममा हिजो १२ गते निधन भएको बुझिएको छ । ४४ […]

भानु जयन्तीमा साहित्यकार निमेष निखिल सम्मानित

सिधाखबर \ आदिकवि भानुभक्त्त आचार्यको जन्मजयन्तीमा साहित्यकार तथा साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिल सम्मानित भएका छन् । २०६ औं भानु जयन्तीको अवसरमा आइतबार मकवानपुरगढी गाउपालिका ३ मा रहेको भानु माविमा आयोजित कार्यक्रममा निखिललाई सम्मान गरिएको हो । कार्यक्रममा निखिललाई नेपाली भाषा साहित्यको क्षेत्रमा अनवरत रुपमा पुयाएको योगदानको कदर गर्दै भानु( बासुदेव साहित्य सम्मानसहित नगद […]

भानु जयन्तीमा राष्ट्रकविलाई सम्मान

काठमाडौं \ २०६ औं भानुजयन्तीको अवसरमा आइतबार विभिन्न कार्यक्रम आयोजना गरिएको छ । भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई उनकै कद बराबरको अभिनन्दन पत्रमार्फत् सम्मान पनि गरियो । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रकवि घिमिरेलाई उनकै कद बराबरको अभिनन्दन पत्र प्रदान गरेर सम्मान गरेका हुन् । भानु प्रतिष्ठान, […]

फूलको विद्रोहः रुपान्तरण सहित उज्यालोको खोजी

मकवानपुरे कवि अनिता न्यौपानेको कविताकृति फूलको विद्रोह रुपान्तरणसहितको उज्यालोको खोजी भएको बताइएको छ । हेटौंडामा मंगलबार न्यौपानेको कविताकृति गृह विमोचन तथा विमर्शमा न्यौपानेका कविताले उज्यालोको खोजी गरेको बताइएको हो । कविताकृति फूलको विद्रोह माथि कार्यपत्र प्रस्तुत गर्दै समिक्षक/ समालोचक घनश्याम घिमिरे कृतिमा समावेश भएका कविताले रुपान्तरणसहतिको उज्यालोको खोजी गरेको बताएका हुन् । उनले शब्दहरुको कलात्मक […]

कवि अनिता न्यौपानेको ‘फूलको विद्रोह’ विमोचन

सिधाखबर \  मकवानपुरे कवि अनिता न्यौपानेले कविता संग्रह फूलको विद्रोह लिएर पाठक माझ आएकी छिन् । उनको कविता संग्रह शनिबार काठमाडौंको प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रममा विमोचन गरिएको हो । कविताकृतिको वरिष्ठ साहित्यकार तथा राससका कार्यकारी अध्यक्ष हरिहर अधिकारी (श्यामल) सहित साहित्यकार लक्ष्मण गाम्नागे, निमेष निखिल, ज्ञानु अधिकारी संयुक्त रुपमा विमोचन गरेका थिए । एक दशकभन्दा लामो […]

गजल प्रतियोगितामा घोरासैनी सर्वोत्कृष्ट भए

सिधाखबर \ मकवानपुरको माध्यमिक तह स्तरीय गजल प्रतियोगितामा बकैया गाउँपालिका–४ मा रहेको महेन्द्र नमूना माध्यमिक विद्यालयका भीमबहादुर घोरासैनी सर्वोत्कृष्ट भएका छन् । ८ जना प्रतियोगीलाई पछि पार्दै घोरासैनीले मनमाया स्मृति गजल पुरस्कार जितेका हुन् । गजल मञ्च मकवानपुरले हरेक वर्ष प्रतियोगितात्मक कार्यक्रममार्फत सर्वोत्कृष्टलाई गजल पुरस्कार प्रदान गर्दै आएको छ । गजल मञ्च मकवानपुरले शनिबार १५३ […]

कतारका पाठकहरु माझ सोविता,चर्चामा वराङ्गना

सिधाखबर \  वराङ्गना उपन्यास संगै अहिले चर्चामा रहेकी लेखिका तथा नायिका सोविता सिंखडाले कतारमा रहेका नेपाली साहित्य अनुरागीहरु संग साक्षत्कार एबं अन्तरक्रिया गरेकी छन । परम्परागत कार्यकमहरु भन्दा भिन्न,फुल, माला, खादा, आसन र भाषण रहित बिशुद्द साहित्यीक अन्तरक्रियामा सहभागी साहित्य अनुरागीहरुले उपन्यास लेखन र चलचित्रमा अभिनय गर्दाको भिन्नता,उपन्यासमा उठाइको पात्र र समुदाय, अध्यात्म, अभिनय र […]

प्रगतिशील लेखक संघ मकवानपुरको अध्यक्षमा प्रियवन्दना

सिधाखबर \ प्रगतिशील लेखक संघ नेपाल, मकवानपुरको अध्यक्षमा साहित्यकार शान्ति प्रियवन्दना चयन भएकी छिन् ।  आज हेटौँडामा सम्पन्न सातौ जिल्ला सम्मेलनले शान्तिप्रियको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा केशव समर्पण, सचिवमा विशाल अधिकारी, सहसचिवमा चिरञ्जिवी लामिछाने तथा कोषाध्यक्षमा डि.बि.बर्तौला चयन गरिएको छ ।संस्थाका अध्यक्ष पुरुषोत्तम आचार्यको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रलेसका केन्द्रीय […]

बरिष्ठ साहित्यकार तुलसी थापालाई अभिनन्दन

सिधाखबर \ आज हेटौँडामा मातृभुमि साहित्य समाज मकवानपुरले बरिष्ठ साहित्यकार तुलसी थापालाई अभिनन्दन गरेको छ । समाजका अध्यक्ष माधव पोख्रेलको अध्यक्षता तथा बरिष्ठ साहित्यकार एलवि क्षेत्रिको प्रमुख आतिथ्यतामा आज हेटौँडामा भएको एक कार्यक्रमकाबीच साहित्यकार थापालाई अभिनन्दन गरिएको हो । कार्यक्रममा साहित्यकार थापाको व्यक्तित्व तथा व्यक्तित्वको चर्चा गरिएको थियो । कार्यक्रममा समाजका प्रमुख संरक्षक मुक्ति गोविन्द […]

अन्तरक्याम्पस कविता प्रतियोगितामा मकवानपुर क्याम्पसका अनिल प्रथम

सिधाखबर \ नेपाल लेखक संघ मकवानपुरले शहिद सप्ताहको उपलक्ष्यमा आयोजना गरेको जिल्ला स्तरीय अन्तरक्याम्पस कविता प्रतियोगितामा मकवानपुर बहुमुखी क्याम्पसका अनिल कोइराला प्रथम भएका छन्, । हेटौंडा शनिबार भएको प्रतियोगितामा भुटनदेवी माध्यामिक विद्यालयका विशाल तिमल्सिना द्धितिय, हेटौडा क्याम्पसकी मेनुका तिमल्सिना तृतिय र वन विज्ञान अध्ययनका शुभाषिस भट्टराई सान्त्वना भएका छन । प्रतियोगितामा १० जना सहभागी रहेको […]