समाचार

नेपालमा कोरोनाविरुद्धको खोप लगाएका १० जेष्ठ नागरिकको मृत्यु, अनुसन्धान शुरू

कोरोनाविरुद्धको खोप लगाएका जेष्ठ नागरिकहरूमध्ये १० जनाको मृत्यु भएपछि मृत्युका कारण पत्ता लगाउन सरकारले अनुसन्धान शुरू गरेको छ । म्यादी, कालिकोट, रौतहट, धनुषा, काठमाडौंलगायतका जिल्लाका १० जना जेष्ठ नागरिकको खोप लगाएको केही दिनमा मृत्यु भएको जानकारी स्वास्थ्य मन्त्रालयमा आएपछि सरकारले अनुसन्धान शुरू गरेको हो । खोपपश्चात् हुने अवाञ्छित घटनाको कमिटीका अनुसन्धान प्रमुख डा. धनराज अर्यालका […]

सडक दुर्घटनामा परि मकवानपुरगढीका खड्काको मृत्यु

सिधाखबर \  त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी गाउँपालिका वडा नम्बर १ सानुटारमा ट्रक र मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। शनिबार राति भैसैबाट हेटौंडा तर्फ आउदै गरेको ना ५ख ८१२९को डब्बावाल ट्रक र विपरीत दिसाबाट आउदै गरेको ना १९ प ८९६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्करखाई दुर्घटनाग्रस्त हुँदा मोटरसाइकल चालकको ज्यान गएको […]

गजल सङ्ग्रह ‘गोधुलि चिन्तन’ विमोचन

सिधाखबर \ गजल सङ्ग्रह गोधुलि चिन्तन शनिबार हेटौंडामा विमोचन भएको छ । झरना साहित्यिक परिवारले एक कार्यक्रमको आयोजना गर्दै सङ्ग्रह विमोचन गरिएको हो । हेटौंडामा स्रष्टा भोलाप्रसाद शिवाकोटी र एस.आर मञ्जरी ओली शिवाकोटीद्धारा संयुक्त लेखनमा तयार पारिएको कृति गोधुलि चिन्तन मकवानपुरका वरिष्ठ साहित्यकार तुल्सी थापा र कृति लेखकका ९७ वर्षका बुबा कृष्णप्रसाद शिवाकोटीले संयुक्त रुपमा […]

मंगलबार बस्दै बागमती प्रदेशसभाको बैठक

सिधाखबर \  अनिश्चित कालका लागि  सूचनाटाँस गरि स्थगित गरिएको बागमती प्रदेशसभाको बैठक चैत २४ मंगलबारका लागि आव्हान गरिएको छ । सरकारको दवाबमा सभामुख सानुकुमार श्रेष्ठले पटक–पटक स्थगित गरेको बागमती प्रदेशसभा बैठक २४ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै मंगलबार दिउँसो १ बजेका लागि बैठक डाकिएको छ । तत्कालीन सत्तारुढ दल नेपाल […]

मउवा संघका वर्तमान पदाधिकारीहरु नेपाली कांग्रेस प्रवेश

सिधाखबर \ मकवानपुर उद्योग वाणिज्य संघका वर्तमान कार्यसमिति पदाधिकारी समुह नेपाली कांग्रेस प्रवेश गरेका छन् । बुधबार कांग्रेस सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा आयोजित कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, वाणिज्य तर्फका उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, महासचिव प्रमोद सिंह रानाभाट र कार्यसमिति सदस्य दीपक खत्री काग्रेश प्रवेश गरेका हुन् । उनीहरुलाई सभापति […]

मेलम्ची पानीको औपचारिक उद्घाटन हुँदै

काठमाण्डाै \ काठमाण्डाैमा आज मेलम्ची पानीको औपचारिक उद्घाटन हुँदैछ । काठमाण्डाैको भृकुटीमण्डपमा बनाइएको धाराको टुटी खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची पानीको उद्घाटन गर्न लाग्नुभएको हो । दिउँसो २ बजे राष्ट्रपति भण्डारीले मेलम्चीको पानी उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी हुनुहुनेछ । यसअघि आयोजनाले २३ […]

प्रधानमन्त्री रोजगार कार्यक्रम असफल

प्रधानमन्त्री रोजगार कार्यक्रम असफल भएको छ । स्थानीय तहले रोजगार सिर्जना गर्न नसक्दा कार्यक्रम असफल भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० कारण २ सय ६ वटा स्थानीय तहले रोजगारी सिर्जना गर्न सकेनन् । मन्त्रालयले उक्त आयोजना कार्यान्वयन गर्न ७ सय १ स्थानीय तहमा अनुदान पठाएको थियो […]

नेपाल समूहमाथि ओली झनै आक्रामक

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपाल समूहप्रति आक्रमकरूपमा अगाडि बढेका छन् । पार्टी नीतिविपरीत गतिविधि गरेको भन्दै लिखित स्पष्टीकरण सोध्दै नेपाल समूहमाथि धमाधम कारबाहीको प्रक्रिया शुरु गरेका छन् । वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावलमाथि कारबाही गरेको तीन दिनपछि पुनः लिखित स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष ओलीले नेताद्वय […]

मउवा संघको निर्वाचन कार्यक्रम बैशाख १८ गते

हेटौंडा \ मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन कार्यक्रम बैशाख १८ गते हुने भएको छ । बिहिबार दिउँसो बसेको संघका कार्यसमितिको बैठकले संघको ५४ औं वार्षिक साधारण सभा बैशाख १५ गते र निर्वाचन कार्यक्रम १८ गते गर्ने निर्णय गरेको संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिए । स्वास्थ्य मन्त्रालयबाट जारी प्रेस विज्ञप्ति र जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट […]

नेकपा विघटनको फैसला सर्वोच्चले पुनरावलोकन नगर्ने

काठमाण्डाै \ एमाले र माओवादी मिलेर बनेको नेकपा विघटनको फैसला पुनरावलोकन गर्न सर्वाेच्च अदालतले अस्वीकार गरेको छ । सर्वोच्चले क्षेत्राधिकार बाहिर गएर नेकपा विभाजन गरेर एमाले र माओवादी बिउँताइदिएकाे भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधवार सर्वोच्चमा पुनरावलोकन निवेदन दिनुभएको थियो । बिहीवार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको पूर्ण इजलासले सर्वोच्चको गएकाे फागुन २३ गतेको फैसला […]

चीनबाट ल्याएको खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाइने

चीनले सरकारबाट अनुदानमा प्राप्त कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोप सरकारले ४० देखि ५९ वर्ष उमेरका समूहका व्यक्तिलाई लगाउने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले इन्सिडेण्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले पूर्वाधारको हिसाबले अस्पताल छनोट गरी ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने तयारी भएको बताए। पूर्वाधारको हिसाबले उपयुक्त अस्पतालबाट […]

सहकारी व्यवस्थापकलाई सफ्टवेयर तालिम

सिधाखबर \  मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेका सहकारी संस्थालाई प्रविधिमैत्री बनाउन बुधबारबाट सहकारी संस्थाका व्यवस्थापकहरुलाई ३ दिने कोपोमिस तथा सहकारी संचालन सम्बन्धी अभिमुखीकरण तालिम सुरु भएको छ । गाउँपालिकामा रहेका विभिन्न उद्देश्यका ३५ वटा सहकारी संस्थाका व्यवस्थापकलाई तालिम प्रदान गरिएको गाउँपालिकाका सहकारी शाखा प्रमुख रामप्रसाद दहालले बताए । सहकारी संस्थाका विभिन्न शेयर सदस्य, आर्थिक कारोवार र […]

मिसेज तामाङ मकवानपुरको आवेदन खुला

सिधाखबर \ हेटौंडामा मिसेज तामाङ मकवानपुर हुने भएको छ । प्रथम मिसेज तामाङ मकवानपुर कार्यक्रम बारे जानकारी दिदैं प्रतिस्पर्धाको लागि आवेदन खुला भएको पत्रकार सम्मेलन गर्दै आयोजकले जनाइएको छ । ओपेरा इन्फोटेन्मेण्ट क्रियशन प्रा.लिको आयोजनामा हुने प्रतियोगितामा तामाङ समुदायका विवाहित तथा एकल महिला जो २० वर्ष माथि ४५ वर्ष ननाघेको महिलाले सहभागिता जनाउन सकिने प्रा.लिका […]

जलवायू परिवर्तन न्युनिकरण गोष्ठी

मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सिमलटारमा दुइदिने जलवायू परिवर्तन न्यूनिकरण र अनुकुल अभ्यास कार्यशाला गोष्ठी भएको छ । सोमबार र मंगलबार सञ्चालित गोष्ठी बुङदल सामूदायिक वन उपभोक्ता समूहको आयोजना तथा फरेष्ट एण्ड फार्म फ्यासिलिटी कार्यक्रम अन्तरगत गोष्ठी भएको हो । वन समूहका दलित, जनजाती तथा विपन्न ४० जना महिला उपभोक्ताले कार्यशाला गोष्ठीमा सहभागिता जनाइएका थिए […]

नेपाल आइपुग्यो चीनले अनुदानमा दिएको ८ लाख डाेज खोप

काठमाण्डाै \  चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ । बिहान ८ बजेर ४२ मिनेट जाँदा चीनले अनुदानमा दिएको ८ लाख डोज खोप लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको विमानस्थल कार्यालयले जनाएको छ । खोप लिनका लागि स्वास्थ्यमन्त्री हृदयश त्रिपाठी विमानस्थल पुग्नु भएको छ । खोप र अन्य अत्यावश्यक स्वास्थ्य सामग्री […]

तराईमा आज हाेली पर्व मनाइँदै

काठमाण्डाै \  तराईका जिल्लामा आज होली पर्व मनाइँदैछ । आज रङ, अबिर दलेर, शुभकामना साटासाट गर्दै, होलीका गीत गाउँदै पर्व मनाइँदै छ । असत्यमाथि सत्यको विजय भएकाे उत्सवको रुपमा मनाइने होलीको दिन वर्षभरि एकआपसमा भएका कटुतालाई बिर्सिएर सामूहिक रुपमा मनाउने चलन छ । तर, यसपालि कोरोनाको जोखिम बढेकाले सामूहिक रुपमा होली नमनाउन सरकारले आग्रह गरेको […]

बागलुङमा होली मेलामा झडप हुँदा २ जनाको मृत्यु, १० जनाभन्दा बढी बेपत्ता

बलेवा \  बागलुङको बडिगाड गाउँपालिका-१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा केही व्यक्तिको हताहती भएको बताइएको छ । दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको वडा नं। ९ का अध्यक्ष कृष्णबहादुर खत्रीले बताए । गुल्मी, बागलुङ र प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप हुँदा दुईको मृत्यु […]

काठमाडौँमा प्रदुषण : जोरबिजोर प्रणाली लागू गर्नेदेखि विद्यालय बन्द गर्ने तयारी

केही दिन यता काठमाडौँलगायत देशभर एकाएक बढेको प्रदुषण बिहान र बेलुका झनै खतरनाक हुने गरेको पाइएको छ । हावाको बहावले गर्दा यस्तो हुने गरेको वातावरणविद्हरुको भनाइ छ । ‘बिहान र राति जमिनको सतहमा रहेको हावा माथि जान्न तर दिउँसो अलिअलि बतास चल्छ र सतहको हावा माथि जान्छ,’ वातावरणविद् तथा वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले भने, […]

मिस टिन हेटौंडा जितिन् अमृताले

सिधाखबर \ शनिबार साँझ हेटौंडामा सम्पन्न मिस टिन हेटौंडा २०२१ (सिजन २) को ताज अमृता शाह ठकुरीले जितेकीछिन् । ग्राण्ड फिनायलमा १५ प्रतिस्पर्धीलाई उछिन्दै ताज भिरेकी हुन् । प्रतियोगिताको फस्ट रनरफ श्रुति केसी भइन् भने सेकेन्ड रनरफ आश्मा ढकाल भइन् । विजेताले ७० हजार नगद सहित ५१ इन्चको क्यामेरो ब्राण्डका टिभी लगायत अन्य विभिन्न पुरस्कार […]

फागुपूर्णिमाले आपसी मेलमिलाप र सद्‍भावनाको सन्देश दिन्छ : राष्ट्रपति

काठमाडौँ \ राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमाले आपसी मेलमिलाप र सद्सभावनाको सन्देश दिने बताएकी छन् । फागुपूर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, आरोग्य एवम् समृद्धिका कामना गर्दै राष्ट्रिपति भण्डारीले होलीले आत्मियता र बन्धुत्वको भावना अभिवृद्धि गर्ने बताएकी हुन् । उनले सन्देशमा कोभिड–१९ को महामारी टरिनसकेको अवस्थामा पूर्ण सवधानीका उपायहरू अपनाएर फागुपूर्णिमा पर्व मनाउन […]