समाचार

 प्रहरी प्रमुखको स्वागत 

सिधाखबर  जिल्ला स्तरीय कार्यालयमा आउने नयाँ कार्यालय प्रमुखहरुलाई स्वागत गर्ने परम्परा अनुसार मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुर प्रहरी प्रमुखलाई आज एक कार्यक्रमका बीच स्वागत गरेको छ । केही दिन अघि मात्र जिल्ला प्रमुखका रुपमा आएका प्रहरी उपरीक्षक विकासराज खनाललाई संघले स्वागत गरेको हो । संघका अध्यक्ष राजकुमार न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा बजारको सिसी टीभी […]

धुर्मुसले दुई विपन्न परिवारलाई किरीया खर्च दिए

सिधाखबर तराईमा बाढी पिडितको राहात र उद्धारमा सक्रिय समाजसेवी एवं कलाकार सिताराम कट्टेल धुर्मुसले दुई विपन्न परिवारलाई किरीया खर्च दिएका छन् । बाढीका कारण आफन्त गुमाएका मोरङका दुई विपन्न परिवारलाई उनले २५ हजारका दरले किरीया खर्च वितरण गरेका हुन् । बाढीले विराटनगर महानगरपालिका १९, घिनाघाट दलित बस्ती पुरै बगाउँदा उरा रिसीदेवले आफ्नी आमा गुमाएका थिए […]

भाद्र ७ गते देखि भाद्र २२ गते सम्म गौशाला बनकालिमा तिज तथा औधोगिक ब्यापार मेला हुने

सिधाखबर  तिज तथा औधोगिक ब्यापार मेला आगामी भाद्र ७ गते देखि भाद्र २२ गते सम्म गौशालाको बनकालि चौरमा हुने भएको छ । हिन्दु महिलाहरुको महान चाड तिज नजिकै गर्दा सम्पूर्ण सामानहरु एउटै स्थलमा सर्ब सुलभ तरिकाले पाउने व्यवस्था सहित औधोगिक शान्ति नेपाल सस्थाले ब्यापार मेला पशुपति मन्दिर परिसरमा रहेको बनकाली चौरमा गर्न लागेको हो ।  […]

तेस्रोलिंगी मोनिकाको विवाह विवादमा, यस्तो विवाहलाई समाजले समर्थन नगर्ने

सिधाखबर काठमाडौं भदौ २ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मातृ संस्था नील हिरा समाजले तेस्रोलिंगी मोनिका शाहीको विवाहलाई समलिंगी विवाह भएको भनेर नबुझिदिन आग्रह गरेको छ । समलिंगी विवाह कानुनी मान्यताको अन्तिम चरणमा रहेको अवस्थामा कसैको लहडका भरमा गरिने विवाहलाई समलिंगी विवाहले मान्यता पाएको भनेर नबुझिदिन समाजले आग्रह गरेको हो । डडेल्धुराको परसुराम नगरपालिका कार्यालयमा […]

पशुपतिले नचाए हेटौडेलीलाई

सिधाखबर हेटौडामा सुनचादीँको व्यवसाय गर्दै आएको लक्की ज्वेर्लसले बिहिबार हेटौडामा आयोजना गरेको तिज विषेश कार्यक्रममा गायक पशुपति शर्माले हेटौडेली महिलाहरुलाइ नचाएका छन् । पशुपतिले जाम भने जान्छौ.,माया पोखरा फेवाताल घुम्नलाई…,हेर्न होइ बाटुली यसरी हो नाच्ने…,मेरो माया भएको ठाउँमा बत्ती बाल्न पर्दैन त्यो ठाउमा भन्ने जस्ता गीत गाएका थिए । कार्यक्रममा गायिका मञ्जु पौडेलले पनि तिज […]

हेटौडामा लैबरि सिङ्गिन र योङ्ग स्टार डान्सिङ हुदै

सिधाखबर सनसाइन प्रोड्क्सन हाउस काठमाडौंको आयोजनामा हेटौडामा लैबरि सिङिगन र योङ्ग स्टार डान्सिङ हुने भएको छ । आज हेटौडामा पत्रकार सम्मेलन गरि कार्यक्रम बारे जानकारी दिइएको थियो । भदौ ३ र ४ गते पल्पसा हलमा हुने प्रतियोगितामा करिब ३०० जनाले सहभागि रहने अपेक्षा रहेको कार्यक्रम संयोजक प्रलय चौलागाईले बताए । काठमाडौ, ललितपुर, भक्तपुर र धादिङमा […]

नेपालको पर्यटनबारे भारतीय विद्यार्थीलाई जानकारी

सिधाखबर   नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीले भारत सरकारको स्वामित्वमा गोविन्दपुरमा रहेको भारतीय पर्यटन एवम् यात्रा प्रवन्ध संस्थानको स्नातक तहका विद्यार्थीलाई  नेपाली व्यवसायीले नेपालको पर्यटन उद्योग र यसको हालको अवस्थाबारे  जानकारी गराएका छन् । संस्थानको निम्तोमा त्यहा“ पुगेका सुमार्गीले नेपालको पर्यटन, यात्रा र नेपालमा भूकम्पपछिको पर्यटनको अवस्थाबारे विद्यार्थीलाई जानकारी गराएका थिए । हाल शैक्षिक […]

कटफ्लावर पसल ब्यबस्थापन तालिम सुरु

सिधाखबर \ नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोगमा तथा फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा एडभान्स लेभलको कटफ्लावर रिटेल सप म्यानेजमेन्ट तालिम राजधानीमा सुरु भएको छ । नेदरल्याण्डका पम एक्सपर्ट व्बल प्भब ले प्रशिक्षण दिने ७ दिने तालिममा कार सजावट, फूलको गुच्छा, टेबल सजावट, पसल सजावट, पार्टी प्यालेस सजावट, पसलमा प्लान्ट र पुष्प सजावट गर्ने तरिकाहरु सिकाइने […]

उद्यमी महिलाले गरे तिज कार्यक्रम

सिधाखबर नेपाल उद्योग वाणिज्य संघ र महिला उद्यमी विकास समिति मकवापुरको संयुक्त आयोजनामा महिलाहरुको महान्, पर्व हरितालिका तिजको शुभकामना विषेश कार्यक्रम भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा महिला तथा बालबालिका कार्यलयका प्रमुख शोभा शाहको प्रमुख अतिथ्यता रहेको थियो । तिजका विभिन्न गितहरुमा नाचेर गरिएको कार्यक्रममा महिला उद्यमी विकास समितिका अध्यक्ष निलम वैद्यको […]

पहिलो वर्षको परीक्षा सह्यो

सिधाखबर, काठमाडौं भदौ ४ गते आइतबार बाट हुने भनिएको स्नातक तह प्रथम वर्षको परीक्षा  भदौ ११ गतेबाट नियमित तालिका अनुसार हुने भएको छ ।देशका विभिन्न भूभागमा गएको बाढी पहिरोका कारण ११ गते भन्दा अघिको परीक्षालाई केहीदिन सारिएको त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताएका छन्, ।। उनका अनुसार, भदौ ४ गते हुने परीक्षालाई १७ गते, […]

भरतपुरमा आजबाट हर्न निषेध

सिधाखबर चितवनको भरतपुर महानगरपालिकाको रिङरोड क्षेत्र र त्यसका भित्री सडकहरुमा आजबाट हर्न बजाउन निषेध गरिएको छ । केन्द्रीय बस टर्मिनल भरतपुर, चौंबीसकोठी, नारायणगढको लायन्सचोक,शहिदचोक,पूल्चोक, नारायणगढ बसपार्कलगायत राजमार्ग क्षेत्रमा हर्न बजाउन आजबाट निषेध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय,चितवनले जनाएको छ । आकस्मिकबाहेक अन्य अवस्थामा हर्न बजाउन निषेध गरिएको हो । विभिन्न स्थानमा हर्न निषेधित क्षेत्र लेखिएका […]

बढ्यो दुधको मूल्य

सिधाखबर सरकारी स्वामित्वको  दुग्ध विकास संस्थान डीडीसीले दूध र दुग्धपदार्थको भाउ बढाएको छ । डीडीसीले आजबाट लागु हुने गरी प्रतिलिटर दूधमा ६ रुपैयाँ भाउ बढेको संस्थानले बताएको छ । मूल्य बढाएसँगै आधा लिटरको प्याकेटका लागि ३२ रुपैयाँ तिरिरहेका उपभोक्ताले अब ३५ रुपैयाँ तिर्नुपर्नेछ भने घिउ र पनिरको मूल्य प्रतिकिलो एक सय रुपैयाँ बढेको छ। मुल्य […]

डिएसपी गौतम जादै झा आउदै

सिधाखबर  विगत १७ महिनादेखि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी नायव उपरीक्षक बामदेव गौतमको सरुवा भएको छ । गौतमको जिल्ला प्रहरी कार्यालय पाँचथरमा सरुवा भएको हो ।  निर्डर,इमान्दार,स्वाभिमानि छविका गौतमले मकवानपुरे जनता ,मिडिया र राजनीतिक दल सगँ नजिक रहेर काम गर्नुभएका थिए। गौतमको स्थानमा प्रहरी प्रधान कार्यालय श्रव्य दृष्य शाखा काठमाडौंका प्रहरी नायव उपरीक्षक दिलिपराज […]

अस्थायी शिक्षकको परीक्षा एक साता पछि

सिधाखबर नेपाल सरकारले २६ हजार अस्थायी शिक्षकलाई व्यवस्थापन गर्न भन्दै गत चैतमा विज्ञापन गरेर शिक्षक सेवा आयोगले भदौ ३ मा लिने भनेको अस्थायी शिक्षकको परीक्षा एक साता पछि सारेको छ । बाढी पहिरोले गर्दा परीक्षार्थी आवतजावत गर्न कठिन हुने कारण देखाउदै परीक्षा एक सातापछि सारिएको आयोगका अध्यक्ष ताना गौतमले जानकारी दिनुभयो । आयोगको मंगलबार बसेको […]

मतदाता नाम लेखाउने समय तीन दिन थप

 सिधाखबर,काठमाडौंनिर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली लेखाउने कामको समय तीन दिन थपेको छ।आयोगको मंगलबार बसेको बैठकले म्याद थपको निर्णय गरेको हो । निर्णय पश्चात प्रेस विज्ञप्ति निकाली सुचना सार्वजानिक गरिएको हो । मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या अझ धेरै रहेकोले म्याद थप गर्नु परेको आयोगले जनाएको छ । अब भदौ ३ गतेसम्म सबै क्षेत्रीय र […]

टयाङकरले ठक्कर दिदा महिलाको मृत्यु

सिधाखबर पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा ११ नवलपुरको सरस्वतीखोला चोकमा टयाङकरले ठक्कर दिदा एकजना महिलाको मृत्यु भएको छ । ना ४ ख ४६०७ नम्बरको टयङकरको ठक्करबाट हेटौँडा ११ नवलपुरकी ४५ बर्षीया जानुका खडकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले  जनाएको छ ।  टयाङकर सडक छेउमा रोक्ने क्रममा ठक्कर दिदा खडकाको मृत्यु भएको र घटना पछि टयाङकर […]

बागमती गाउँपालिकाको  वडा कार्यालय भवनमा बाढी

सिधाखबर शुक्रबार रातिदेखिको लगातार वर्षाका कारण मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ६ मा निर्माणणाधीन अवस्थामा रहेको भवनमा क्षति पुगेको छ । फापरबारी बजारमा निर्माणको क्रममा रहेको वडा कार्यालयको भवनमा बाढी पस्दा निर्माण सामग्री बगाएर लगेको स्थानीय निशान तामाङले बताउनुभयो ।  फापरबारी खोला किनारमा रहेको बाँध भत्किएपछि बाढी बजार क्षेत्रमा पसेको थियो । बस्तीमा बाढी पसेपछि […]

अफिम र गाँजासहित दुई पक्राउ

 सिधाखबर २२ किलो गाँजा तथा १ किलो अफिम सहित उत्तरी मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.९ बाट दुईजनालाई पक्राउ गरेको छ । गोप्य सुराकको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीटोलीले भीमफेदी गाउँपालिका वडा नंबर ९ कासघार स्थित सडकमा नामटार बाट हेटौडा आउदै गरेको ना १६ प-६५५२ नम्बरको मोटरसाईकल रोकी चेक गर्दा […]

भाद्र कृष्ण अष्टमी मनाइदै

 सिधाखबर  आज भाद्र कृष्ण अष्टमी अर्थात भगवान श्रीकृष्णको जन्म दिन। आज कृष्ण जन्माष्टमी पर्व मनाइदैछ । द्वापर युगमा भगवान श्रीकृष्णको यसै रात जन्म भएको पौराणिक कथामा उल्लेख रहेको छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । आजको […]

नारायणगढ मुग्लिन सडकखण्ड सुचारु

सिधाखबर  गएराती पहिरोका कारण अबरुद्ध बनेको नारायणगढ मुग्लिन सडकखण्ड १५ घण्टापछि सुचारु भएको छ। आज बिहानैदेखि दुवैतर्फबाट डोजर प्रयोग गरी पहिरो पन्छाउन सुरु गरिएको थियो । नारायणगढ-मुग्लिन सडकखण्डको पाँचकिलोमा गए राति पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो। राति १० बजेदेखि अबरुद्ध सडक अहिले १ बजेबाट सुचारु भएको जिल्ला  प्रहरी कार्यालय चितवनले बताएको छ ।