समाचार

बढ्यो दुधको मूल्य

सिधाखबर सरकारी स्वामित्वको  दुग्ध विकास संस्थान डीडीसीले दूध र दुग्धपदार्थको भाउ बढाएको छ । डीडीसीले आजबाट लागु हुने गरी प्रतिलिटर दूधमा ६ रुपैयाँ भाउ बढेको संस्थानले बताएको छ । मूल्य बढाएसँगै आधा लिटरको प्याकेटका लागि ३२ रुपैयाँ तिरिरहेका उपभोक्ताले अब ३५ रुपैयाँ तिर्नुपर्नेछ भने घिउ र पनिरको मूल्य प्रतिकिलो एक सय रुपैयाँ बढेको छ। मुल्य […]

डिएसपी गौतम जादै झा आउदै

सिधाखबर  विगत १७ महिनादेखि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी नायव उपरीक्षक बामदेव गौतमको सरुवा भएको छ । गौतमको जिल्ला प्रहरी कार्यालय पाँचथरमा सरुवा भएको हो ।  निर्डर,इमान्दार,स्वाभिमानि छविका गौतमले मकवानपुरे जनता ,मिडिया र राजनीतिक दल सगँ नजिक रहेर काम गर्नुभएका थिए। गौतमको स्थानमा प्रहरी प्रधान कार्यालय श्रव्य दृष्य शाखा काठमाडौंका प्रहरी नायव उपरीक्षक दिलिपराज […]

अस्थायी शिक्षकको परीक्षा एक साता पछि

सिधाखबर नेपाल सरकारले २६ हजार अस्थायी शिक्षकलाई व्यवस्थापन गर्न भन्दै गत चैतमा विज्ञापन गरेर शिक्षक सेवा आयोगले भदौ ३ मा लिने भनेको अस्थायी शिक्षकको परीक्षा एक साता पछि सारेको छ । बाढी पहिरोले गर्दा परीक्षार्थी आवतजावत गर्न कठिन हुने कारण देखाउदै परीक्षा एक सातापछि सारिएको आयोगका अध्यक्ष ताना गौतमले जानकारी दिनुभयो । आयोगको मंगलबार बसेको […]

मतदाता नाम लेखाउने समय तीन दिन थप

 सिधाखबर,काठमाडौंनिर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली लेखाउने कामको समय तीन दिन थपेको छ।आयोगको मंगलबार बसेको बैठकले म्याद थपको निर्णय गरेको हो । निर्णय पश्चात प्रेस विज्ञप्ति निकाली सुचना सार्वजानिक गरिएको हो । मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या अझ धेरै रहेकोले म्याद थप गर्नु परेको आयोगले जनाएको छ । अब भदौ ३ गतेसम्म सबै क्षेत्रीय र […]

टयाङकरले ठक्कर दिदा महिलाको मृत्यु

सिधाखबर पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा ११ नवलपुरको सरस्वतीखोला चोकमा टयाङकरले ठक्कर दिदा एकजना महिलाको मृत्यु भएको छ । ना ४ ख ४६०७ नम्बरको टयङकरको ठक्करबाट हेटौँडा ११ नवलपुरकी ४५ बर्षीया जानुका खडकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले  जनाएको छ ।  टयाङकर सडक छेउमा रोक्ने क्रममा ठक्कर दिदा खडकाको मृत्यु भएको र घटना पछि टयाङकर […]

बागमती गाउँपालिकाको  वडा कार्यालय भवनमा बाढी

सिधाखबर शुक्रबार रातिदेखिको लगातार वर्षाका कारण मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ६ मा निर्माणणाधीन अवस्थामा रहेको भवनमा क्षति पुगेको छ । फापरबारी बजारमा निर्माणको क्रममा रहेको वडा कार्यालयको भवनमा बाढी पस्दा निर्माण सामग्री बगाएर लगेको स्थानीय निशान तामाङले बताउनुभयो ।  फापरबारी खोला किनारमा रहेको बाँध भत्किएपछि बाढी बजार क्षेत्रमा पसेको थियो । बस्तीमा बाढी पसेपछि […]

अफिम र गाँजासहित दुई पक्राउ

 सिधाखबर २२ किलो गाँजा तथा १ किलो अफिम सहित उत्तरी मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.९ बाट दुईजनालाई पक्राउ गरेको छ । गोप्य सुराकको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीटोलीले भीमफेदी गाउँपालिका वडा नंबर ९ कासघार स्थित सडकमा नामटार बाट हेटौडा आउदै गरेको ना १६ प-६५५२ नम्बरको मोटरसाईकल रोकी चेक गर्दा […]

भाद्र कृष्ण अष्टमी मनाइदै

 सिधाखबर  आज भाद्र कृष्ण अष्टमी अर्थात भगवान श्रीकृष्णको जन्म दिन। आज कृष्ण जन्माष्टमी पर्व मनाइदैछ । द्वापर युगमा भगवान श्रीकृष्णको यसै रात जन्म भएको पौराणिक कथामा उल्लेख रहेको छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । आजको […]

नारायणगढ मुग्लिन सडकखण्ड सुचारु

सिधाखबर  गएराती पहिरोका कारण अबरुद्ध बनेको नारायणगढ मुग्लिन सडकखण्ड १५ घण्टापछि सुचारु भएको छ। आज बिहानैदेखि दुवैतर्फबाट डोजर प्रयोग गरी पहिरो पन्छाउन सुरु गरिएको थियो । नारायणगढ-मुग्लिन सडकखण्डको पाँचकिलोमा गए राति पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो। राति १० बजेदेखि अबरुद्ध सडक अहिले १ बजेबाट सुचारु भएको जिल्ला  प्रहरी कार्यालय चितवनले बताएको छ ।

भोलिबाट नयाँ ५ को नोट बजारमा

सिधाखबर काठमाडौं  नेपाल राष्ट्र बैंकले यही श्रावण ३१ गते बाट रु.५ रुपैयाँको नयाँ नोट प्रयोगमा ल्याउने भएको छ । हालको नोटमा रहेको तलेजु भवानीको मन्दिरको चित्र नयाँ नोटमा रहने छैन्,। त्यसको सट्टामा भूकम्पअघिको काष्ठमण्डप मन्दिरको चित्र रहने बताइएको छ ।सगरमाथाको चित्रको स्थानमा हुम्ला जिल्लाको लिमि क्षेत्रको हिमाल, साविकका याकहरुको सट्टामा अन्य याक राखिएको छ । […]

३ दिनदेखिको बर्षाको कारण मकवानपुरमा भएका गतिबिधिहरु हेर्नुहोस (तस्बीर सहित)

सिधाखबर \ पूर्वी मकवानपुरको बकैया गाउँपालिका अम्बासबेसीमा पहिरोले घरसंगै एकै परिवारका ७ जनालाई बगाएको छ । पहिरोले घरसहित परिवारर्लाइ बगाएर तलको सेरु खेलामा पु¥याएको हो । बगाएर बेपत्ता हुनेमा ५० बर्षिय मंगलसिं न्यासुर, उनकी ४८ बर्षिया श्रीमति सुनमाया, छोरीहरु २४ बर्षिया माया, १२ बर्षिया हिरा, १० बर्षिया सानुमाया, ८ बर्षिया पाल्मो र २ बर्षिय छोरा […]

अण्डाबाट जुम्ल्याहा चल्ला निस्के

एजेन्सी क्यानडामा एउटा हाँसको अण्डाबाट जुम्ल्याहा चल्ला निस्केका छन् । दुःखद कुरा के भने यी जुम्ल्याहा चल्लाको जिउ भने जोडिएको छ ।क्यानडाको नोभा स्कोटियाकी अम्बर ब्रानेनले इन्कुबेटरमा कृत्रिम रुपमा हाँसको अण्डाहरु कोरल्दा त्यसमध्ये एक अण्डाबाट जुम्ल्याहा चल्ला निस्कएका हुन् । जुम्ल्याहा चल्लाको नाम नोभा र स्कोटिया राखिएको छ । ती जुम्ल्याहालाई घरमै पाल्ने निधो पनि अम्बर […]

२४ गते बाट कुलेखानी–फाखेल बाटो बन्द

सिधाखबर  जिल्ला समन्वय समिति मकवानपुरले जारी गरेको सूचना अनुसार कुलेखानी–फाखेल हुमाने भञ्ज्याङ सडक साउन २४ गते बाट पुनः बन्द हुनेभएको छ । सेकेण्ड कोट वटासिल पिचको गर्ने भएकोले साउन मसान्त सम्म बाटो बन्द हुने भएको हो । ‘राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण अन्तर्गतको ‘कुलेखानी–फाखेल हुमाने भञ्ज्याङ सडक’ मा वटासिलका गरिनुका साथै विभिन्न स्थानहरुमा पहिरो गएका कारण […]

आज चन्द्रग्रहण लाग्ने

सिधाखबर आज चन्द्रग्रहण लाग्ने भएको छ । आज सोमबार अर्धरात्रिपूर्व खण्डग्रास चन्द्रग्रहण परेकाले नागपञ्चमीकै दिन रक्षाबन्धन पनि  मनाइदै छ, तराइका २० जिल्लामा रक्षाबन्धन मनाउने भएकोले आज सार्वजानिक विदा समेत दिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए अनुसार सोमबार राति ११ बजेर ७ मिनेटदेखि ग्रहणले स्पर्श गर्ने र राति १२ […]

आज २० जिल्लामा सार्वजनिक विदा

सिधाखबर  तराई क्षेत्रका २० जिल्लामा आज रक्षाबन्धन पर्वका लागि सरकारले सार्वजनिक विदा दिएको छ । श्रावण शुक्ल पूर्णिमा अर्थात रक्षाबन्धन भएकोले  गृहमन्त्रालयले विज्ञप्ति निकालेर तराईका विभिन्न २० जिल्लामा सार्वजनिका बिदा दिएको हो । पुर्वको झापा, सुनसरी, सप्तरी, सिरहा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, वारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, दाङ, कञ्चनपुर र उदयपुर […]

कलाकार उपकार घमालको पहिलो एकल चित्रकला प्रदर्शनी

सिधाखबर / दुबै हातले एकैपटक चित्र कोर्न सक्ने विलक्षण प्रतिभाका धनी कलाकार उपकार घमालको पहिलो एकल चित्रकला प्रदर्शनीको उदघाटन अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाले गरेकी छिन् । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा गत बिहिबारदेखि रहेको प्रदर्शनीको बिहिबार साँझ अभिनेत्री तथा निर्देशक निरौलाले उदघाटन गर्दा अतिथिका रुपमा वरिष्ठ कलाकार तथा लेखक रमेश खनाल, कला अनुरागी पुरुषोत्तम डंगोल, […]

बलदेवको आक्रोश

सिधाखबर  २०७० को वर्षामा म पूर्व–पश्चिम राजमार्गको यात्रामा थिएँ । ओसिएको जमिन र भिजेको राजमार्गका छेउछाउ केही मानिस भेट्दै थिएँ । आफ्नो दैनिक जीवनयापनलाई सहज बनाउन र केही सामाजिक अधिकारका लागि आन्दोलन गरेर थाकेका, सुस्ताएका र अझै जाँगर चलाइरहेका करिब एक दर्जन पात्रको कथा सुनेपछि म सप्तरीको कनकपुर पुगेको थिएँ, बलदेव रामलाई भेट्न ।  २०५६ […]

स्वर्गीय पत्रकार क्षेत्रीको सम्झनामा अन्तर मिडिया पिनाकल फुटसल प्रतियोगिता हुने

सिधाखबर  स्वर्गीय पत्रकार सूर्यकुमार क्षेत्रीको सम्झनामाआगामी साउन २६, २७ र २८ गते सूर्यकुमार क्षेत्री दोश्रो राष्ट्रिय अन्तर मिडिया पिनाकल फुटसल कप–२०७४ आयोजनाहुने भएको छ । खेल क्षेत्रको विकाससँगै स्वर्गीय पत्रकार क्षेत्रीको परिवारलाई सहयोग गर्ने उद्देश्यका साथ फुटसल कपआयोजनागर्न लागिएको आयोजकगोलपोष्ट स्पोट्स एन्ड ट्रेनिङ सेन्टरले शुक्रबार रिपोटर्स क्लब नेपालमापत्रकार सम्मेलनगर्दे जानकारी दिएको छ ।  प्रतियोगिता, आयोजक संस्थागोल […]

उपभोग्य वस्तुको मूल्य सरकारी निकायले नै तोक्नुपर्ने अधिकारकर्मीहरुको जोड

सिधाखबर उपभोक्ता हित सम्बन्धि सचेतनात्मक अन्तक्र्रिया बिहिबार मकवानपुरको मनहरीमा सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर आयोजक रहेको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले को अध्यक्षतामा भएको कार्यक्रममा उपभोक्ता, आम सर्वसाधारणलाई विद्यमान कानूनको बारेमा जानकारी दिने, वस्तुको गुणस्तर, विल लिने दिने, उपभोग्य मिति लगायतको विषयमा सचेतना गराउने उद्देश्यले कार्यक्रम गरिएको बताएका छन् । […]

शुक्रबारदेखी सुरु हुने अष्टेलियन शैक्षिक मेलाको तयारी पूरा

सिधाखबर   राजधानीको दरबारमार्गस्थित होटेल अन्नपूर्णमा भोलि (असार ३०) गतेदेखि अष्टेलियन शैक्षिक मेला (२०७४) सुरु हुने भएको छ ।  बिहीबार रिपोर्टर्स क्लब नेपालमा वन अप प्रा.ली.ले पत्रकार सम्मेलन गरेर भोलिबाट सुरु हुने दुई दिने मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । आयोजकले अष्ट्रेलिया पढ्न जाने विद्यार्थी र अभिभावकलाई मेला अवलोकनका निम्ति आग्रह गरेको छ […]