समाचार

हरिवोधनी एकादशीको अवसरमा आज मेला

सिधाखबर मकवानपुरको त्रिखण्डी ,मकवानपुर गढी लगायतका धार्मिक मन्दिरहरुमा हरिवोधनी एकादशीको अवसरमा आज मेला लागेको छ । मकवानपुरकै प्रसिद्ध मेला मध्यको यस त्रिखण्डिमा लाग्ने मेलामा हजारौँ दर्शनार्थीहरुको सहभागिता रहेको थियो । मेलामा यो वर्ष पनि मदिराजन्य वस्तुको बिक्री वितरण बन्द गरिएको थियो । मेलामा हेटौँडाका साथै मकवानपुरका विभिन्न स्थानहरुबाट भक्तजनको उल्लेखनीय सहभागिता रहँदै आएको छ । 

सहकारी बैंकको १४ औं साधारणसभा पुस पहिलो साता काठमाडौमा हुने

सिधाखबर देशभरका सहकारी संघ संस्थाहरुको एक मात्र बैंकका रुपमा स्थापित राष्ट्रिय सहकारी बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभा आगामी पुस ६ गते  हुने भएको छ । बैंक सञ्चालक समितिको हालै सम्पन्न वैठकले बैंकको १४ औं वार्षिक साधारणसभा पुस ६ गते बिहीवार बिहान ८ बजेदेखि काठमाडौको भृकुटी मण्डपमा गर्ने निर्णय गरेको हो । साधारणसभामा देशभरका करिब […]

दामनमा हुन लागेको साँस्कृतिक तथा चिट्ठा कार्यक्रमको तयारी पुरा

सिधाखबर थाहा कला केन्द्रको आयोजनामा दामनमा हुन लागेको बृहत साँस्कृतिक तथा चिट्ठा कार्यक्रमको तयारी पुरा भएको छ । यहि  १४ गते हरिवोधिनी एकादशीको दिन थाहा नगरपालिकाको पर्यटकीय क्षेत्र दामन भ्यु टावर अगाडिको सडक विभागको चौरमा हुने कार्यक्रमको तयारी पुरा भएको क्लवका अध्यक्ष सानोवावु मुक्तानले जनाकारी दिए । कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती रहनुको साथै […]

पुरानो बाँसको धारोको साधारणसभा

सिधाखबर   हेटौँडा–१७ मा रहेको पुरानो बाँसको धारो खानेपानी सरसफाई तथा उपभोक्ता समितिको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष शिवराज तिमल्सिनाको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा हेटौँडा–१७ का वडा अध्यक्ष भैरवबहादुर राई, डिभिजन खानेपानी तथा सरसफाई कार्यालय हेटौँडाका सञ्जय ठाकुर, संस्थाका सचिव उद्धव देवकोटा […]

हातहतियारहरु बुझाउन प्रहरीको अपिल

 सिधाखबर  आगामी मंसिर २१ गते हुने प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनको अवधिभरको सुरक्षा सम्बेदन शिलतालाई मध्यनजर  गर्दै जिल्ला प्रहरी कार्यलय कमवानपुरले  व्यक्तिगत सुरक्षा प्रयोजनको लागी राखीएका हातहतियारहरु बुझाउन अपिल गरेको छ । प्रहरीले कानुन बमोजिम अनुमति प्राप्त व्यक्तिहरुको नाममा रहेका बन्दुक,पेस्तोल जस्ता  हातहतियार खरखजाना ऐन,२०१९ को दफा १३ बमोजिम जिल्ला प्रहरी कार्यालय मकवानपुर […]

अबैध गाँजा नष्ट गर्न प्रहरी टोली खटाईयो

सिधाखबर  मकवानपुरको उत्तर पश्चिममा अबैधरुपमा लगाईएका गाँजा खेती फडानी गर्न ९० जना प्रहरी टोली त्यसतर्फ प्रस्थान गरेकाछन ।  राक्सिराङ, कैलाश र मनहरी गाउपालिकाका बिभिन्न वडाहरुमा ७ दिनको लागि त्यसतर्फ टोली खटाईएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले बताएको छ । प्रहरी निरीक्षक मधु कुमार थापाको कमाण्डमा प्रहरी टोली खटि गएको  बताईएको छ ।

पेशागत हितको लागी अध्यक्षमा उम्मेदवारी : महेन्द्र राउत

सिधाखबर मकवानपुर उधोग बाणिज्यसंघका महासचिब महेन्द्र राउतले आगामी कार्यकालका लागी अध्यक्ष पदमा उमेदवारी घोषणा गरेका छन् । आज हेटौडामा आयोजित पत्रकार सम्मेलनमा राउतले आगामी पौषमा हुने संघको अधिबेशनमा आफनो उम्मेदवारी रहेको बताएकाछन । साथै उनले महासचिब पदमा रहदा गरेका गत्तिबिधिलाई समेत जानकारी गराएका थिए ।  आफ उम्मेदवारीबारे घोषणा गर्दै राउतले जिल्लाका व्यवसायीहरुको व्यवसायिक समस्या समाधानमा […]

सहकारी व्यवस्थापन तालिम छतिवनमा , सहकारीलाई कम्प्युटर सहयोग

सिधाखबर \ मकवानपुर÷मकवानपुरको बकैया गाउँपालिका छतिवनमा रहेको सहयात्री बचत तथा ऋण सहकारी संस्थाका सदस्यलाई सहकारी व्यवस्थापन सम्बन्धि तालिम प्रदान गरिएको छ । बाल कल्याण समाज मकवानपुरले मर्सिकोरको सहयोगमा भूकम्प पुनर्लाभ परियोजना कार्यक्रम अन्तर्गत तीन दिनसम्म तालिम प्रदान गरेको हो । जिल्ला  सहकारी संघ मकवानपुरका सचिव राजुप्रसाद गौतमले सहजीकरण गरेको तालिममा सहकारी सञ्चालन, व्यवस्थापन लगायत सहकारीका विविध […]

जनकल्याण सहकारीको अध्यक्षमा हिमाल पौडेल बिजयी

सिधाखबर \ जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा हिमाल पौडेल विजयी भएका छन् । हेटौँडा–६ चौघडामा रहेको संस्थाको शनिबार सम्पन्न निर्बाचनबाट पौडेल २ सय ३ मतले विजयी भएका हुन् । पौडेलले ६ सय ४७ मत ल्याए थिए भने उनका निकटतम प्रतिष्पर्धी नारायणप्रसाद अधिकारीले ४ सय ४४ मत ल्याएका थिए । त्यसैगरी लेखा सुपरिवेक्षण समितिको […]

त्रिखण्डीमा मेलाको तयारी

सिधाखबर  आगामी मंगलबार हरिबोधनी एकादशीका दिन मकवानपुरको त्रिखण्डीमा लाग्ने मेलाको तयारी सुरु भएको छ । कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व मनाइ“दै छ । मकवानपुरको त्रिखण्डी र ऋषेश्वरमा विशेष मेला लाग्छ । मकवानपुरको भैंसेस्थित त्रिखण्डेश्वर धाममा मेला लाग्छ । त्रिभुवन राजपथको छेवैमा अवस्थित […]

क्याटलोनियाको संसद र सरकार भंग

सिधाखबर  स्पेनका प्रधानमन्त्री मारियानो राखोईले क्याटलोनियाको संसद भंग गरेका छन् । प्रधानमन्त्री राखोईले क्याटलोनियाका नेता कार्लोस पुजिमोन्ट र उनको मन्त्रिपरिषद्लाई समेत बर्खास्त गरेका छन् । क्याटलोनियाको क्षेत्रीय संसद्ले स्पेनबाट स्वतन्त्र हुने घोषणा गरेपछि प्रधानमन्त्री राखोइले त्यहाँको संसद् र सरकार भंग गरेका हुन । उनले क्याटलोलियाका प्रहरी प्रमुखलाई समेत बर्खास्त गरेका छन् । प्रधानमन्त्री राखोइले क्याटलोनियामा […]

यात्रुवाहक बस त्रिशुली नदीमा खस्दा ३१ जनाको मृत्यु

सिधाखबर   धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा बस खस्दा ३१ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । मृतक अधिकांश सप्तरीका छन् । दुर्घटनामा परेर तिलाठीका पण्डित रमानाथ झाको परिवारका पाँच सदस्य र एक आफन्तको मृत्यु भएको छ । उनका छोरा संजीतकुमार झा, बुहारी सिमी, १० बर्षीय नाती अभिनव र छोरा अन्जितको ज्यान […]

सामाजिक जवाफदेहिताको लागि सामुदायिक अंकपत्रको विधि अभ्यास

सिधाखबर नागरिक समाज संस्थाको आन्तरिक सुशासन प्रबद्र्धन र सामाजिक जवाफदेहिताको लागि मकवानपुरका संस्थाहरुमा सामुदायिक अंकपत्रको विधि अभ्यास भइरहेको छ । शुक्रबार हेटौंडा स्थित माईती नेपालको कार्यालयमा अंकपत्रको अभ्यास गराइएको हो । माईती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया लामाको अध्यक्षतामा सञ्चालित अंकपत्रको अभ्यासमा माईती नेपाल मकवानपुरका प्रशिक्षक जेनी किम गुरुङ, माईती नेपालमा सीपमूलक तालिम लिइरहेका प्रशिक्षार्थी, सरोकारवाला […]

१२ गते लाग्ने कुष्माण्ड नवमी मेलाको तयारी पुरा

सिधाखबर  हेटौँडामा रहेको कुष्माण्ड सरोबर त्रिबेणीधाममा कात्तिक १२ गते लाग्ने  कुष्माण्ड नवमी मेलाको तयारी पुरा भएको छ । आइतबार लाग्ने मेलाको तयारी पुरा भएको त्रिवेणीधाम विकास समितिले जनाएको हो । प्रत्येक वर्ष कार्तिक शुक्ल नवमीका दिन लाग्ने सो मेला यस वर्ष कार्तिक १२ गते परेकोसमितिले जनाएको छ । यस वर्षको मेलामा विगतका वर्षहरुमा भन्दा बढी दर्शनार्थीहरु  आउने […]

रेडक्रस सोसाइटी उपशाखा छतिवनको अध्यक्षमा सापकोटा

सिधाखबर नेपाल रेडक्रस सोसाइटी उपशाखा छतिवनको अध्यक्षमा भरतप्रसाद सापकोटा चयन भएका छन् । २२ औँ वार्षिक साधरण सभाले सापकोटाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।  समितिको सदस्यमा मोहनकुमारी न्यौपाने, प्रल्हादकुमार गौतम, अनुकुमारी लामा, यादव चौँलागाई, नारायण तिमल्सिना, राधेश्याम राई, सुनिल दलार्मी, रविन्द्र चौँलागाई चयन भएको मतदान अधिकृत जिल्ला रेडक्रस शाखा […]

ट्याङ्कर वजनको जाँच गर्ने कार्य हेटौँडामा

सिधाखबर  ईन्धन बोक्ने ट्याङ्करको वजनको जाँच गर्ने कार्य अर्थात क्यालिब्रेशन हेटौँडामा हुने भएको छ । यस अघि भारतमा रहेको भारतीय आयल निगमले क्यालिब्रेशन गर्दै आएको थियो । नेपाल गुणस्तर तथा नापतौल विभागले हेटौँडामा क्यालिब्रेशन जाँचको लागि भौतिक पूर्वाधार निर्माण गरेसँगै आगामी दिनमा ट्याङ्करको क्यालिब्रेशन जाँच नेपालमै हुने भएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताउनुभयो । महानिर्देशक […]

हेटौडामा भब्यरुपमा छड पर्ब मनाईयो (तस्बीर सहित)

सिधाखबर \ दशै अनि तिहारको रौनकलाई बिट मारेपछि नेपालीहरूको दैलोमा अर्को पर्ब छठ पर्वको रौनकले ढकढक्याउने गर्दछ। वैदिक सनातन धर्मका सम्पूर्ण पर्व अनि शक्तिहरु प्रकृती अनि पृथ्वीको वरिपरि घुमेका हुन्छन् जसको प्रयोगात्मक महत्व अत्यन्तै वैज्ञानीक रहेका हुन्छन् । छठ पर्व सूर्यदेवको अनुष्ठान हो, हरेक मानवले जन्म देखि मृत्यूपर्यन्त देख्ने विशालकाय शक्ति अनि उर्जाकेन्द्र सूर्यसंगको मानवको […]

मकवानपुर जिल्लामा २७ हजार ८ सय ४५ जना मतदाता थप

सिधाखबर आगामी मंशीर २१ गते हुने निर्वाचनका लागि मकवानपुर जिल्लामा २७ हजार ८ सय ४५ जना मतदाता थप भएका छन । मतदाता थप भएसँगै मकवानपुर जिल्लामा २ लाख ५५ हजार ६ सय ३ मतदाताले मतदान गर्न पाउने भएका छन् । यस अघि २ सय ९५ वटा मतदान केन्द्र भएको मकवानपुरमा मतदाता बढेसँगै २९ वटा मतदान […]

निर्वाचन कार्यालय मकवानपुरद्वारा आचारसंहिता पालना सम्बन्धी छलफल

सिधाखबर   जिल्ला निर्वाचन कार्यालय मकवानपुरद्वारा जिल्लामा आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आचारसंहिता अक्षरशः पालना गर्नेसम्बन्धी विभिन्न राजनीतिक दलहरुको तर्फबाट हुने उम्मेदवारका लागि आज एक छलफल कार्यक्रमको आयोजना गरिएको छ ।   छलफल कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष मुनु सिग्देल, नेकपा माओवादी केन्द्रका सहइन्चार्ज प्रेमबहादुर पुलामी, नेपाली काँग्रेसका कोषाध्यक्ष गोपीलाल विश्वकर्मा […]

मकवानपुरमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना

सिधाखबर आउँदो मंसीर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि मकवानपुरमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आज जिल्ला समन्वय समितिमा एक कार्यक्रमको आयोजना गरि कार्यालयको शुभारम्भ गरिएको हो । कार्यक्रममा मकवानपुरको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले मकवानपुरमा निर्वाचन शान्तिपूर्ण ढंगबाट सञ्चालनको लागि सबैलाई आग्रह समेत गरे । तिवारीलाई […]