समाचार

प्रहरी विधेयकमा फेरबदल

काठमाडौं \ प्रदेश प्रहरीको संगठन संचरना र भूमिकालाई बलियो बनाउने गरी प्रहरीसम्बन्धी विधेयकलाई प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले परिमार्जन गरेको छ । प्रदेश प्रहरीलाई प्रदेश सरकारप्रति जिम्मेवार बनाउँदै प्रदेशभित्रको सरकारवादी हुने कुसर तथा अन्य मुद्दा मामिला अनुसन्धानको अधिकार दिने गरी समितिले विधेयकमा फेरबदल गरेको हो । प्रदेश प्रहरीको परिचालन, अह्रनखटन, मूल्यांकन, सरुवा र बढुवाको […]

आईएनजीओले लुकाए १ खर्ब २ अर्ब

काठमाडौं \ सामाजिक सेवाका नाममा भित्रिएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) हरुले  पछिल्लो ३ वर्षमा १ खर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेका छन् । सरकारलाई जानकारी नै नदिई उनीहरुले आव २०७२/०७३ देखि २०७४/०७५ को अवधिमा १ खर्ब १ अर्ब ८४ करोड ६५ लाख ६० हजार रुपैयाँ वाणिज्य बैंकहरुमा लुकाएको फेला परेको छ । सरकारलाई गलत खर्च […]

प्रदेश र संघीयले अधिकार दिए मापदण्ड विपरितका क्रसर बन्द गर्छौ : प्रमुख खुलाल

सिधाखबर \ मकवानपुरका जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले प्रदेश र संघीय सरकार अधिकार वा अख्तियारी दिए मापदण्ड विपरित सञ्चालन भएका क्रसर बन्द गरिने बताएका छन्, । आज हेटौंडामा चौथो जिल्ला सभाबारे जानकारी दिने उद्देश्यले गरिएको पत्रकार सम्मेलनमा उनले यसो बताएका हुन्, । मकवानपुरमा रहेका ३७ वटा भन्दा बढी संख्यामा रहेका क्रसर उद्योग मापदण्ड विपरित रहेको […]

प्रशिक्षक श्रेष्ठले १० बर्षसम्म खाएको तलब फिर्ता गर्नुपर्ने भन्दै अख्तियारमा उजुरी

मकवानपुर \ मकवानपुर बहुमुखी क्याम्पसका प्रशिक्षक सुरेश श्रेष्ठले विगत १० बर्षदेखि नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा जागिर खाएको भन्दै उनको विषयमा तत्काल छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा उजुरी दर्ता भएको छ । गत साउन १९ गते मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीहरुले प्रशिक्षक सुरेश श्रेष्ठको विषयमा तत्काल छानविनको माग गर्दै उजुरी दर्ता गराएका हुन् । […]

वार्षिक २१ लाख किलो दाना उत्पादन, ३० लाख किलो पु¥याउने लक्ष्य

सिधाखबर \ पशु आहार उत्पादन समितिको नाममा सञ्चालन हुँदै आएको सरकारी दाना उद्योग सञ्चालनको जिम्मा दुग्ध विकास संस्थानले लिएको छ । हेटौँडा–१० मा रहेको गाई, भैंसीलाई दाना उत्पादन गर्ने कारखाना घाटामा गएपछि वि.स २०७० असारमा संस्थानलाई सञ्चालनको जिम्मा दिने सरकारले निर्णय गरेको हो । संस्थानले २५ वर्षका लागि सञ्चालनको जिम्मा पाएपछि वि.स २०७३ असारबाट गाई, […]

मकवानपुरगढीमा माटो परिक्षण प्रयोगशाला भदौमा सञ्चालन हुने

सिधाखबर \ प्रदेश ३ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशको विभिन्न जिल्लाका स्थानिय तहहरुमा माटो परिक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने भएको छ । मकवानपुरमा भने यस वर्षबाट मकवानपुरगढी गाउँपालिकामा परिक्षण प्रयोगशालाको स्थापना गराई काम गरिने मन्त्रालयले जनाएको छ । प्रदेश ३ ले आगामी वर्षहरुमा ११९ वटै स्थानिय तहहरुमा माटो परिक्षण प्रयोगशाला स्थापना गरि काम गर्ने […]

रिलायन्स बोर्डिङका विद्यार्थीहरुको आँखा परीक्षण

हेटौँडा \ हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको रिलायन्स इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुलमा अध्ययन गर्ने विद्यार्थीहरुको लागी सञ्चालन गरिएको आँखा शिविर बुधबार सम्पन्न भएको छ । शिविर गएको १७ गते शुक्रबार र २२ गते बुधबार गरि दुईदिन सञ्चालन गरिएको हो । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको नियमित स्वास्थ्य परीक्षण अन्तर्गत आँखा परीक्षण गरिएको विद्यालयकी अतिरिक्त […]

२० रोपनीभन्दा बढी जग्गै घूस

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने क्रममा २० रोपनीभन्दा बढी जग्गा ‘घूस’ बपत लेनदेन भएको खुलेको छ । सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको घटनाको अनुसन्धान गरिरहेको अख्तियारले ती शंकास्पद जग्गाधनीहरुसित बयान लिइरहेको छ । तीमध्ये अधिकांश तत्कालिन उच्च पदस्थ पदाधिकारीका परिवारका सदस्य एवं नातेदार छन् । ‘हामीलाई प्राप्त सूचनाअनुसार त्यतिबेला सरकारी […]

भीमफेदीका वडाध्यक्ष माथि छानबिन हुने

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मकवानपुरस्थित भीमफेदी गाउँपालिकाका एक वडाअध्यक्षको अमेरिका भ्रमणबारे छानविन गर्ने भएको छ । गाउँपालिका ८ का वडा अध्यक्ष जगतमान घिसिङ डीभी परेर परिवारसहित अमेरिका गएपछि सो पद रिक्त रहेको भन्दै स्थानीयले निवेदन दिएका थिए । त्यसपछि त्यसबारे छानबीन गर्न लागेको मन्त्रालयका सचिव यादव कोइरालाले नेपाल समाचारपत्रलाई जानकारी दिँदै भने–‘डिभी परेर […]

पेट्रोल र डिजेलको बढ्यो,ग्यासको भाउ घट्यो

काठमाण्डौ \  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । निगमले जनाएअनुसार पेट्रोलमा प्रतिलिटर एक र डिजेल/मट्टितेलमा ५० पैसा मूल्य बढेको छ । एलपी ग्यासको भने प्रतिसिलिण्डर २५ रुपैयाँ घटेको छ । नयाँ मूल्यअनुसार (थानकोट डिपोबाट १५ किमी क्षेत्रभित्र)मा पेट्रोल १०९ रुपैयाँ प्रतिलिटर र डिजेल र मट्टितेल ९७ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ […]

पत्रकार पुडासैनीको मृत्यु प्रकरण : सुसाइट भिडियो फेला

चितवन \  भरतपुरको एक होटलमा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणले नयाँ मोड लिएको छ। घटना भएको २४ घन्टा पुग्नै लाग्दा भेटिएको सुसाइड नोट कारण मृत्यु प्रकरणले नयाँ मोड लिएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृतक शालिकरामको मोबाइलमा सुसाइट भिडियो फेला परेको छ। त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। भिडियो भेटीएसँगै मंगलबार साँझ […]

पसल चोरी गर्ने मकवानपुरगढीका श्याम पक्राउ

सिधाखबर \  हेटौडा उप–महानगरपालिका वडा नम्बर २ कान्तिराजपथमा हरी प्रसाद खतिवडाको पसल चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । खतिवडाले संचालन गरेको एच पि सप्लायर्स बाट नगद र सरसामान समेत चोरी गर्ने मकवानपुर गढी गाउँपालिका वडा नं. ३ बस्ने बर्ष ३१ को श्याम थापा मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक […]

लायन्स र लियोको संयुक्त पदस्थापना हुने

सिधाखबर \ मकवानपुरका सम्पूर्ण लायन्स क्लवहरुको संयुक्त पदास्थापन कार्यक्रम आगामी साउन २५ गते हुने भएको छ । लायन्स क्लव अफ इन्टरनेशनल एरिया टु अन्तर्गत वि टु ३२५ मा आवद्ध मकवानपुरका २३ वटा लायन्स क्लव र ११ वटा लियो क्लवको संयुक्त पदास्थापन कार्यक्रम गरिन लागिएको लायन्स ईन्टरनेशनल ३२५ बि टु का एरिया टु अन्तर्गत रिजन थर्टीन तथा […]

तामाङ प्रसारण दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम हुने

सिधाखबर \ तामाङ पत्रकार संघ मकवानपुर शाखाले आउँदो भदौ १ गते परेको २५ औँ तामाङ प्रसारण दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । मकवानपुर शाखा अध्यक्ष चन्द्र घलानको अध्यक्षतामा  सोमबार बसेको कार्यसमिति बैठकले दिवसका अवसरमा तामाङ घेदुङ मकवानपुर शाखा, यसका नगर तथा गाउँपालिका कमिटिका साथै मकवानपुरमा रहेका तामाङ गुठीका नेतृत्व गरिरहेका बुद्धिजीविहरुसँग अन्तरक्रिया कार्यक्रम […]

पत्रकार पुडासैनी होटलमा मृत भेटिए

 चितवन \ माउण्टेन टिभी काठमाडौँमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन् । चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन् । उनी सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नं कोठामा बास बसेका थिए । खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र ढोका नखोलेपछि राति १० […]

स्थापना दिवसमा सदस्यलाई सम्मान

सिधाखबर \ भीमफेदी गाउँपालिका वडा २ भैसेमा रहेको महिला एकता बचत तथा ऋण सहकारी संस्थाले आज २१ औं स्थापना दिवस मनाएको छ । संस्थाको आफ्नै भवनमा शेयर सदस्यलाई सम्मान गर्दै केक काटेर स्थापना दिवस मनाएको हो । संस्थाका असल बचतकर्ता ३५ जना र असल ऋणी ३५ जना गरि ७० जना सदस्यलाई सम्मान पत्र दिई सम्मान […]

कृषिमा निर्वाहमुखी भयो अब व्यवसायीमुखी हुनुपर्ने : मुख्यमन्त्री पौडेल

सिधाखबर \ प्रदेश ३ भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्र्तगत हेटौंडामा माटो र मल परिक्षण र विषादी अवशेष परिक्षण प्रयोगशालाको उद्घाटन गरिएको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रयोगशालाको उद्घाटन गरेका थिए । प्रयोगशालाको उद्घाटन र अवलोकन पश्चात मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले तयार पारेको आधारपत्रको बेशमा रहेर काम गर्नुपर्ने बताए । आधारपत्रमा […]

अटोमा ल्याइएको गाँजा सहित ३ जना पक्राउ

मकवानपुर \ जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ। विशेष सुचनाको आधारमा इन्स्पेक्टर पवन कुमार झा समेत खटिएको टोलीले मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ह ९७४६ नम्बरको अटोबाट १४ किलो ९ सय ग्राम लागुऔषध गाँजासहित ३ जनालाई पक्राउ गरको हो । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर १० रानीघाट बस्ने […]

विषादी अवशेष परिक्षण प्रयोगशाला सञ्चालनमा

सिधाखबर \ हेटौंडामा माटो र मल परिक्षण प्रयोगशाला संगसंगै विषादी अवशेष परिक्षण प्रयोगशाला सञ्चालनमा आएको छ । आज प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रयोगशालाको उद्घाटन गदैं सञ्चालनमा आएको हो । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय अन्र्तगत यी प्रयोगशाला सञ्चालनमा आएका छन्, । मुख्यमन्त्री पौडेलले उद्घाटन गरि प्रयोगशालाको अवलोकन गरेका थिए । […]

माटो परिक्षण गर्ने बसको व्यवस्था

सिधाखबर \ प्रदेश ३ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले माटो परिक्षण प्रयोग गर्नका निम्ति मोवाइल सोइल टेस्टिङ भ्यानबाट सेवा दिने भएको छ । आज हेटौंडामा माटो परिक्षण प्रयोगशालाको भवन उद्घाटन कार्यक्रममा भ्यानबाट दिने सेवाबारे जानकारी दिएका थिए । माटो परिक्षण प्रयोगशाला स्थापना नभएका स्थानिय तहहरुका लागि माग अनुसार तत्काल माटो परिक्षण सेवा उपलब्ध गराउन माटो […]