‘चिँ मुसी चिँ’को कथालाई मार्ने गरी खर्चमा कन्चुसाई छैन् : निर्माता कार्की

३२ असार २०७५, सोमबार १२:४६

सिधाखबर \ उन्नाईस बर्षको उमेर देखी चलचित्र यात्रामा लागेका चलचित्र निर्माता शिबराज कार्की निर्मीत चलचित्र ‘चिँ मुसी चिँ’ आगामी ११ गते देखी देशैभरका सिनेमाघरहरुमा प्रर्दशन हुदैछ । देशैभरका मुख्य शहरहरुमा सांगेत्तिक यात्रा गर्दै चलचित्रको प्रचारमा लागेका निर्माता कार्की भन्छन राम्रो चलचित्रलाई दर्शक सामु लैजान कन्चयुसाई गर्न हुदैन । यसैले ‘चिँ मुसी चिँ’ को प्रचारका लागी हामीले रोड शो गरेका हौ । प्रत्येक नेपालीको मन भित्र नेपाली चलचित्र भन्ने नाराका साथ यो क्षेत्रमा लागेका निर्माता कार्की भन्छन चलचित्र क्षेत्रको मोहले आफुलाई छाडेन् ।

चलचित्र क्षेत्र जुवा हो भन्ने प्रश्नमा उनि भन्छन लगानी गरेर मलजल नगर्नेहरुलाई जुवा हुन सक्छ मैले मलजलमा कमी गरेको छैन यसैले ‘चिँ मुसी चिँ’ले सफल्ता दिलाउछ भन्नेमा बिश्वस्त छु । चलचित्र ‘चिँ मुसी चिँ’अहिलेका युवा पुस्ताहरुको लागी मनोरञ्जन चलचित्र हो यसले युवापुस्ताका दर्शकहरुको मन जित्नेमा म बिश्वस्त छु निर्माता कार्कीले बताए । निर्माता कार्कीका अनुसार म्यूजिकल थ्रिलर जनरामा ‘चिँ मुसी चिँ’बनेको छ । चलचित्रमा लगानीका हिसाबले कुनै कसुर बाकी राखिएको छैन। कथालाई लगानीको हिसाबले मार्न दिएका छैनौ उनले बताए । अब हाम्रो काम सकियो दर्शकहरुको हातमा छ ।

‘चिँ मुसी चिँ’लाई माया गर्ने काम उहाहरुलेनै गर्नुहुनेछ । आशा छ चलचित्रले दर्शकहरुको मन जित्ने छ निर्माता कार्कीको भनाई छ । चलचित्रलाई कत्ति लगानी गर्नु भो भन्ने प्रश्नमा उहाले बताउन चाहानु भएन । अहिले पनि हामी प्रचारमै छौ अझ खर्च भईनैैरहेको छ,हामीे खर्च गर्नुपर्ने ठॉउमा चुकेका छैनौ । कलाकार निर्देश्क सबैजनाको कामबाट हामी संतुष्ठ छौ । यो चलचित्रले पैसा कमाउला नकमाउला त्यो आफनो ठाउमा छ तर नेपाली चलचित्र क्षेत्रमा चर्चापरिच चर्चा चै अबस्य बनाउछ यसमा म ढुक्क छु निर्माता कार्कीले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*