बर्षा भन्छिन :‘भैरे’अर्गानिक चलचित्र,एकपटक हेर्नुहोला

३२ असार २०७५, सोमबार १३:२१

सिधाखबर \ एक वर्षको अन्तरालपछि नायिका बर्ष सिबाकोटी अभिनीत चलचित्र ‘भैरे’ आगामी साउन ४ गते भनौ शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा बर्षाको जोडीका रुपमा कलाकार बुद्धि तामाङ्ग रहेकाछन् । अन्य चलचित्र भन्दा ‘भैरे’ अलि फरक रहेको बताउँने बर्षा दर्शकहरुलाई नेपालीपन बोकेको चलचित्र हेर्ने हो भने भैरे हेर्न सिफारीस गर्छिन । यो चलचित्रमा दर्शकहरुले मनोरञ्जनसँगै केही सिक्ने अवसर पनि पाउनुहुनेछ  र मेरो भूमिकामा पनि केही फरक पाउनुहुन्छ उन्ले बताईन । बर्षाको अनुसार भैरे अर्गानिक चलचित्र हो । यसमा रोमान्स, प्रेम, द्वन्द्व, इमोसन सबैकुरा अटाएको छ उन्ले भनिन्।

एभरेष्ट सूर्य बोहरा निर्देशित यो चलचित्रमा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी निर्माता रहेका छन् । चलचित्रमा बर्षाको अलावा दयाहाङ्ग राई,सुरक्षा पन्त, बुद्धि तामाङ्ग,विक्रान्त बस्नेत,सुनिल थापा,अनुभव रेग्मी,कञ्चन ठकुरी,अंकित पौडेल,सयाहाङ राई, जान्वी बोहरा,जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । गत वर्ष प्रदर्शनमा आएको चलचित्र कारखाना पछि बर्षा पर्दामा देखिएकी छैनन् । उनि भैरे मार्फत एक बर्षको अनतरालमा दर्शकहरुमाझ साउन ४ गते देखी आउदै छिन् । राम्रो टिपिकली चलचित्र बनेकाले भैरे एक पटक हेर्न दर्शकहरुलाई बर्षाले आग्रह गरेकीछिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*