वडा अध्यक्ष बाँनिया र खड्काले सुरु गरे,पारिश्रमिक नगरबिकाशमा खर्चन

५ श्रावण २०७५, शनिबार १६:५६

हेटौडा उपमहानगरपालीकाका दुईजना वडा अध्यक्षले राज्यबाट पाउने सेवा सुबिधालाई सामाजीक कार्यमा खर्चन सुरु गरेकाछन् । हेटौडा उपमहानगरपालीका वडा न ५ का अध्यक्ष राजेश बाँनिया र १४ नम्बरका अध्यक्ष दिपक खड्काले पहिलो चरणमा हेटौडा उपमहानगरपालीकाको वडा न १३ ठुलोथली स्थित गुम्बाडाँडामा रहेको पर्यटकीय पार्कका लागी रकम खर्चन सुरु गरेकाहुन ।बाँनिया नेपाली काग्रेशबाट वडा न ५ मा र खड्का तत्कालिन माओबादी केन्द्रबाट वडा न १४ बाट निवार्चीत वडाअध्यक्ष हुन् । उनिहरुले हेटौडा उपमहानगरपालीकाका १९ वटै वडाहरुमा पालैपालो गरेर आफुहरुले राज्यबाट पाउने सुबिधा बापतको रकमलाई सामाजीक कार्यमा खर्च गर्ने योजना अघि सारेकाछन् ।

निर्वाचनकै बेला आफुहरुले राज्यबाट पाउने कुनै पनि सुबिधा अर्पण नगर्ने भनेर गरेको बाचा अनुसार बाँनिया र खड्काले पाएको पारीश्रमिक बापतको रकमलाई दुबैजना मिलेर हरेक वडामा खर्चने काम गरीन लागेको बताएकाछन् । शनिबार उनिहरुले वडा न १३ ठुलोथली स्थित गुम्बाडाँडामा पक्की स्टेज बनाउनको लागी एक लाख पचास हजार रुपैयाँको चेक हस्तानतरण गर्दै स्टेज निर्माणको शिलान्यास समेत गरेकाछन् ।शिलान्यास कार्यक्रम वडान १३ का अध्यक्ष मनोज वाईबाको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथी वाईबाले आफनो वडामा छिमेकी वडाका अध्यक्षहरुले सहयोग गरेकोमा धन्यबाद दिदै असल जनप्रतिनिधिको नमुना बन्नु भएकोमा वडा न ५ का अध्यक्ष राजेश बाँनिया र १४ नम्बरका अध्यक्ष दिपक खड्कालाई आभार ब्यक्त गरे । उनले लगभग १९ कट्ठा जग्गामा पर्यटकिय पार्क निर्माणसंगै आफनै वडाले पनि पार्कलाई मुर्त रुप दिन नौ फिट अग्लो सङख निर्माण,हेटौडा बजार देखिन सकीने भ्यु टावर लगाएतका महत्वपुर्ण कार्यहरु निर्माणको योजना तथा डिपिआर भैसकेको बताए ।

बिस फिट लम्बाई चालिस फिट चौडा रहने स्टेज निर्माणले यो क्षेत्रमा हुने बिभिन्न कार्यक्रमहरु संचालनको लागी टेवा पुग्ने दाता वडा न ५ का अभ्यक्ष बाँनियाले बताए । उनले रमणीय ठाँउमा सामाजीक कार्यगर्ने अबसर पाएकोमा १३ न वडाबासिलाई धन्यबाद दिए । उनले खड्का र आफु फरक राजनैतिक आस्थामा भएपनि दुबैजनाको उदेश्य भनेको सामाजीक कार्यनै रहेको बताए ।

आफुहरुले पहिलो सामाजिक कार्यको सुरुवात वडा न १३ बाट सुरु गरेको समेत बाँनियाले बताए । यस्तै यसै अभियानका अर्का दाता वडा न १४ का अध्यक्ष खडकाले पनि आफुहरु भाषण गर्न भन्दा पनि सामाजीक दाहित्वमा बिशेष जोडदिने ब्वडा अध्यक्षको रुपमा रहेको बताए ।

यो हाम्रो सुरुवात हो यसैगरी हामी हामीले राजयबाट पाएको पारीश्रमिक बापतको रकमबाट नगरको सबै वडाहरुमा सामाजिक काम गरेर देखाउने अभियानमा लागेको उखड्काले बताए । हरेक बर्ष आयोजना हुने बिभिन कार्यक्रमहरुमा स्टेज निर्माणमा ठुलो खर्च हुने गरेको भन्दै स्थानियहरुले अध्यक्षहरु बाँनिया र खड्कालाई स्टेज निर्माणमा सहयोग गर्न आग्रह गरेका थिए । सोही बमोजिम बाँनिया र खडकाले सहयोग गरेको बताएकाछन् ।

पर्यटकिय पार्क निर्माण भईरहेको ठुलोथली स्थित गुम्बाडाँडामा पक्की स्टेज निर्माणले हरेक बर्ष स्टेज निर्माणमा हुने तिस हजार रुपैया बचतहुने चुरे ग्रिन उपभोक्ता समितिका अध्यक्ष सगीता वाईबाले बताईन् । उनले बर्षको तिन चारपटक कार्यक्रमहरुहुदा स्टेज निर्माणमा धेरै खर्चहुने समस्या अब समाधन हुने बताईन । कार्यक्रम्मा स्थानीय टोल बिकाश संस्था लगाए बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिीती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*