यसरी बनाइन्छ, गाईको गोबरबाट पहिरन

१८ श्रावण २०७५, शुक्रबार १२:४८

एजेन्सी \ नेदरल्याण्डको एक कम्पनी गाईको गोबरबाट फेशनेबल ड्रेस बनाउन सफल भएको छ । जलिला एसाइदीले गोबरमा पाइने सेल्युलोज अलग्याएर पहिरन बनाउने तरिकाको खोजी गरेकी हुन । उनले गोबरबाट सर्ट र टप तयार पार्ने गरेका छन्, । यो कम्पनीले गोबरको सेल्युलोजबाट प्लाष्टिक र कागज बनाउनमा समेत सफलता हाँसिल गरेको छ । एसाइदीका अनुसार यो भविष्यको फेब्रिक हो । गोबरलाई फोहोर, दुषित र गन्हाउँछ भन्दै यसको वरिपरि नै नबस्नेहरुका लागि एसाइदीको पहिरनले निकै चकित तुल्याएको छ । उनी भन्छिन ‘हामीले गोबरको सेल्युलोजमा लुकेको सुन्दरता संसारलाई देखाउनुपर्छ ।

यसरी बनाइन्छ गोबरबाट रेशाः
जलिला एसाइदीका अनुसार सेल्युलोज बनाउने प्रक्रिया केमिकल र मेकानिकल हुन्छ । ‘हामी जुन गोबर र गहुँत पाउँछौं, त्यसमा ८० प्रतिशत पानी हुन्छ । गिलो र सुकेको भागलाई अलग्गाइन्छ । गिलो भागमा गाइले खाने घाँस र मकै हुन्छ ,’ उनी भन्छिन्, ‘सामान्य कपडा उद्योगभन्दा हाम्रो प्रक्रिया निकै राम्रो छ किनभने गाईको पेटबाट फाइबर नरम बनेर आएको हुन्छ । यो ऊर्जा बचत गर्ने तरिका पनि हो । वैज्ञानिकले यो प्रक्रियाबाट पाइने सेल्युलोज उच्च प्रविधियुक्त हुने बताएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*