आधुनिक डिजाइनको सामूहिक घर निमार्ण हुदै, घर खरिदको बुकिङ खुल्ला

२८ श्रावण २०७५, सोमबार २०:००

सिधाखबर \ लामो समय देखि मकवानपुरको विभिन्न स्थानमा हाउजिङको कार्य गर्दै आईरहेको रोहिनी हाउजिङ तथा सप्लायर्स प्रालिले प्रदेश ३ को राजधानी हेटौंडामा भूकम्पप्रतिरोधात्मक आधुनिक डिजाइनको घरहरु निमार्ण कार्य सुरु गरेको छ । हेटौंडा बजारबाट १० किमि पूर्वबाट आईरहेको धरानचतराको मुख्य बाटो संग जोडिएको हेटौंडा १७ हटिया रामनगर चोकमा घरहरुको निमार्ण भइरहेको आज पत्रकार सम्मेलन गरि प्रालिका सञ्चालक ध्रुव घिमिरेले बताए ।

पहिलो पटक हेटौंडामा सामूहिक घरहरुको निमार्ण गर्न लागेको र अहिले ५० घरहरु निमार्ण कार्य सुरु गरिएको घिमिरेले बताए । जग्गाको क्षेत्रफलको आधारमा एटेज बाथरुम सहित २ बेडरुम, १ किचेन र एक बैठक कोठा सहित चार कोठाको तयारी घरहरु ४५ लाख देखि ६० लाख सम्ममा खरिद गर्न सकिने सञ्चालक शम्भु पुडासैनीले बताए । घर खरिद गर्नको लागि बैकिङ सुविधा सहित रहेको पुडासैनीले बताए ।

निमार्ण हुन लागेको घरहरुको विशेषताबारे बताउदैं घिमिरेले विश्व प्रशिद्ध कोरियन कम्पनी SY Pannel द्धारा उत्पादित वस्तुहरु जडान गरिएको, हरियाली अवधारणा, सोलार सडक बत्तिको व्यवस्था भएको, खानेपानीको व्यवस्था भएको, जोखिम मुक्त विद्युतिय तारको व्यवस्था र निकास बाटो भएको र धरानचतरा बाटो संग जोडिएको २० फुटको पिच सडक भएको बताएका छन्, ।

-तस्विर गुगल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*