‘चङ्गा चेट’ को कथा आफनै जीवनसँग मिल्ने : निर्माता वाग्ले

५ भाद्र २०७५, मंगलवार ०९:१६

सिधाखबर / गत जेष्ठ महिनामा नक्कली नोट सहित पक्राउ परेका चलचित्र निर्माता माधव वाग्लेले जिन्दगी चङ्गा चेट जस्तै भएको बताएकाछन् । सोमबार काठमाण्डौमा आयोजित आफु निर्मीत पछिल्लो चलचित्र ‘चङ्गा चेट’ को गीत सार्बजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन । चलचित्र ‘चङ्गा चेटको छाँयाकनका लागी नेपाली नक्कली नोट छपाएर प्रशासनको फन्दामा फसेका वाग्ले कार्यक्रम समारोहमा पहिले जतिनै सकृय देखिन्थे । काम गर्दा नजानेर फसियो बिगत २ महिनाको जेल जिवनका अनुभबमा उनले भने ।

पहिले पहिले पनि चलचित्रको लागी काम गरेकै हो यसपाली अरुको बिश्वास गर्नाले धोका पाए उनले भने । २५ लाख धरौटी तिरेर हालै बाहिर आएका उनले नक्कली नोट प्रकरणको विषयमा समेत केही बोले । आफूले नियतबस् नक्कली पैसा नछापेको तर अरुले आफुलाई फसाएको उनले बताए । उनले संचार माध्यामले आफनो बास्तििबकता नबुझि समाचार सम्प्रेसण गरेकोमा दुखेसो समेत पोखे ।

निर्माता वाग्लेले आफू निर्मित चलचित्र ‘चङ्गा चेट’ को कथा आफ्नो रियल जीवनसँग मिल्ने समेत बताए । चलचित्रमा नक्कली पैसा भनेर देखाइएको छ र मेरो पनि नक्कली पैसाको केसमा न्यायलयमा मुद्धा चलिरहेको छु, उनले भने । चलचित्रले ‘नक्कली नोटका कारण कसरी मानिसको जिन्दगी चङ्गा चेट हुन्छ भन्ने बिषय शन्देशका रुपमा दिने समेत बताए । ‘चङ्गा चेट’ आगामी कातिक १६ गते प्रर्दशनमा आउने बताईएको छ । यो चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेकाहुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*