पत्रकार शारदाले ल्याईन्, व्रत बसेर पाईदैन पति

१५ भाद्र २०७५, शुक्रबार १९:१०

सिधाखबर \ पत्रकार शारदा थापाले तिज कोशेली व्रत बसेर पाइदैन पति गीत सार्वजानिक गरेकी छिन्, । यो गीतलाई थापा आफैले गाएकी छिन्, भने भिडियोमा समेत आफै अभिनित छिन्, । थापा आफैले लेखेकी गीतलाई श्याम लिम्बुले संगीत दिएका छन्, । केहि दिन अघि सार्वजानिक गरिएको गीतको भिडियोलाई प्रभास मगरले कोरियोग्राफ गरेका छन्, भने सञ्जिव पौडेलले सम्पादन तथा छायाँकन गरेका छन्, । भिडियोमा गायिका थापा संगै शोभा थापा, सुजिता मगर, इभा मगर लगायतको अभिनय रहेको छ ।

गीतको भिडियोलाई थापा आफैले निर्देशन गरेकी छिन्, । रंग पत्रकार समेत रहेकी थापाले यस अघि पनि गीतहरु बजारमा ल्याइसकेकी छिन्, । एबिसि टेलिभिजनमा कार्यरत थापाले तिजमा हुने समसामयिक विषयवस्तुलाई गीत मार्फत बोलेकी छिन्, । व्रत बसेर मात्र श्रीमान् पाइदैन भनेर व्यङग गरेकी छिन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*