शुद्ध मन् सबै भन्दा ठुलो मन्दिर : सुमार्गी

१८ भाद्र २०७५, सोमबार १४:३९

सिधाखबर/समाजसेवी एबं ब्यबसायी अरुणराज सुमार्गीले शुद्ध मन् सबै भन्दा ठुलो मन्दिर रहेको बताउनु भएको छ । मानब सेवा आश्रमको छैठौ बार्षिउत्सबका अबसरमा सोमबार आयोजीत ज्ञान हस्तानतरण कार्यक्रममा उहाँले बिश्वभरीका मन्दिरहरुमा शुद्ध मन जस्तो कहि कतै केही नभेटिने बताउनु भयो । आजभोली सेवादिने भाबहरु हराउन थालेको बताउदै सुमार्गीले सकरात्मक सोच लिन् र बाड्नसके समाज हराभरा बन्ने बताउनु भयो । उहाँले हामी संग भएका धेरै बस्तुहरु उत्खनन हुन नसकेको हुदाँ अहिलेका युवाहरु सफा मन लिएर चनाखो बन्नु पर्ने बताउनु भयो ।

समाजमा बुझाई र ठम्माई सकरात्मक रहनु पर्ने भनदै उहाँले मानिसमा समाजभित्र छर्न सकने उज्यालो बत्ति रहेको बताउनु भयो । यो उजयाले बत्तिलाई समाजमा बाडन सकने क्षमताको बिकाशहुनुपर्ने उहाँले बताउनुभयो । हामी दैनिक जिवनमा जे जे गर्छौ कति जानेर गर्छौ कत्ति नजानेर गर्छौ दुबै कुराका चरित्रमा सुधार ल्याउनु पर्ने समेत उहाँले बताउनु भयो । १३ दिन सम्म चल्ने ज्ञान हस्तानतरण कार्यक्रमको पाचौ दिन सोमबार सुमार्गीले समाजका समग्र बिषय बस्तुमा केन्द्रित रहेर प्रशिक्षण गराउनु भएको थियो ।

८० जना प्रशिक्षार्थीहरु रहेको ज्ञान हस्तानतरणमा सुमार्गीले सकरात्मक सोचले समाजमा पार्ने सकरात्मक बिचारहरु फैलन सकने र यसले सिंगो समाज सुखीमय बन्न सक्नेमा धारणा ब्यक्त गर्नु भयो । सुमार्गीले हाम्रा दैनिकी जिवनलाई ब्यबहारीक ज्ञान जरुर रहेको समेत बताउनु भयो । तनाबपुर्ण जिवनबाट टाढाहुनसके सिंगोसमाजलाई उज्यालोछर्न उधत्तरहन अहिलेका युवाहरुलाई आग्रह गर्दै उहाले अहिलेका युवाहरुको उर्जा भनेको पानी हाल्दा लट्टरम्म फल दिन सक्ने क्षमता भएको बताउनु भयो । सफल हुन आफु खुसी हुनुपर्ने र खुसी बाडन सकेमात्र उर्जाशिलहुने उहाँको तर्क थियो ।

हामी भित्र मनुष्य छ,भाब छ त्यसैले हामीले पनि बुधत्व प्राप्त गर्न सक्छौ यसका लागी धर्यता जरुरी रहेको समे उहाँले बताउनु भएको थियो । अहिलेका मानिसहरुमा धर्यताको कमि रहेको बताउदैै सबै चिजको धनी आफैभित्र छ भन्न नसकेको भावना उहाँले औलाउनु भयो । उहाँले आफु समाजमा कसरी सफल हुन सकिन्छ, बर्तामान शिक्षाले समाजमा देखाएको बाटो कस्तो छ,आफु कसरी बजारीकरण बन्न,समाजमा कसरी खुसीहुने भन्ने बिषयमा प्रशिक्षण गराउनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*