मकवानपुरे समाजको चियापानमा सांसद विडारीले भने दुईतिहाई नपुगे प्रदेश राजधानी जान्छ

२८ आश्विन २०७५, आईतवार १६:२०

मणिराज गौतम, सिधाखबर / मकवानपुरे समाज काठमाण्डौले बिजया दशमी तथा दिपावली,छठपर्बको अबसरमा शुभकामना आदप्रदान कार्यक्रम समपन्न गरेको छ । मकवानपुर स्थायी घर भएका र कर्मथलो काठमाण्डौ बनाएर बसोबास गर्ने मकवानपुरेहरु जम्मा भई शुभकामना आदप्रदान गरेकाहुन् । कार्यक्रममा मकवानपुरे समाजका प्रमुख सल्लाहाकार एबं राष्ट्रिय सभाका सांसद तथा प्रत्योजित ब्यबस्थापन तथा सरकारी आसवसन समितीका सभापती रामनारायण विडारीले काठमाण्डौमा रहेर मकवानपुरहरुले कर्म थलो बनाई देशकै लागी गरेका सर्घषहरुको चर्चा गर्नु भयो ।

 

उहाले मकवानपुरे समाजले यसरी शुभकामना आदनप्रदान गरेकोमा खुसी मान्दै सबैलाई बिजयादशमी,दिपावली तथा छठपर्बको शुभकामना ब्यक्त गर्नु भयो । उहाँले मकवानपुर सबै किसिमले उपयोगी रहेको भन्दै ३ न प्रदेशको राजधानी हेटौडाबाट अन्यत्र सार्नु नहुने बताउनु भयो । हेटौडा सबै किसिमले उपयुक्त भएको भनदै अब हेटौडालाई प्रदेशको स्थायी राजधानी बनाउन आफुले भरपुर कोशिष गरीरहेको बताउनु भयो ।

सांसद विडारीले भने अहिले राजधानी मकवानपुरबाट सार्न चलखेल भैरहेको छ र दुईतिहाई नपुगे प्रदेश राजधानी मकवानपुरबाट अन्यत्र जान्छ उनले भने । भौगोलीक तथा प्राकृतीक हिसाबले प्रदेशको राजधानी हेटौडा ठिक रहेकाले मकवानपुरेहरुले राजधानी सार्न नदिन घचघचाउनु पर्ने उहाले बताउनु भयो ।

यस्तै कार्यक्रममा पुर्ब प्राध्यापक बनमालि सुबेदि,बोन ट्राभल्स संचालक बिनोद पौडेल,कृष्णकुमार घलान,अर्जुन गौतम,रबिन्द्र श्रेष्ठ,श्याम बहादुर महत,प्रभात पौडेल लगायतले शुभकामना आदनप्रदान गरेका थिए । कार्यक्रम मकवानपुर समाजका अध्यक्ष अरुण गुरुङ्गको अध्यक्षतामा समपन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*