सुश्री सम्पतिको झुम्की गीत आयो (भिडियो सहित)

२१ कार्तिक २०७५, बुधबार १२:५१

सिधाखबर \ मङ्सिर २८ मा रिलिज हुने चलचित्र ‘सुश्री सम्पति’ को दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतमा प्रियंका कार्की हट अवतारमा प्रस्तुत छिन भने उनिसँगै सलोन बस्नेत , बिनोद न्यौपाने र प्रमोद अग्रहरीको पनि गीतमा फिचर्ड रहेको छ । गीतमा शब्द र संगीत सुरेश अधिकारीको रहेको छ भने यसलाई मिना निरौला र राजन इशानले स्वर दिएका छन् । तिहार आउदै गर्दा निर्माण पक्षले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरेको हो तिहारको कोसेली स्वरूप दर्शकलाई उपहार स्वरुप दिइएको गीतलाई कविराज गहतराजले निर्देशन गरेका छन् ।

सार्वजनिक भएको पहिलो हुकुम बक्सियोस गीतले दर्शक तथा श्रोताको मन जित्दै गर्दा ‘झुम्की’ सार्वजनिक भएको हो । रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको चलचित्रमा सलोन बस्नेत , सारा सिर्पाली र बिनोद न्यौपाने मुख्य भूमिकामा छन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । चलचित्रको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । चलचित्रमा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*