क्याम्पा डाँडामा हुने व्यापार मेला सभ्य र भब्य गर्छौ,चड्किलो भड्किलो गर्दैनौ : अध्यक्ष कटुवाल

९ मंसिर २०७५, आईतवार १४:४२

सिधाखबर \ हेटौँडामा आगामी फागुन १६ गतेदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला हुने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हुने मेलामा विगतमा भन्दा केही फरक तरिकाले मेला सञ्चालन हुने संघका अध्यक्ष कृष्ण कटुवालले बताएकाछन् । मेला हेटौँडा–५ को क्याम्पा डाँडास्थित खेल मैदानमा हुने भएकोछ । हुप्राचौरमा मेला आयोजना गरिदा खेल मैदानमा समस्या आउने हुदा क्याम्पाचौरमा गरिन लागेको संघका अध्यक्ष कटुवालले बताए । आगामी फागुन २६ गते देखी ११ दिनसम्म सञ्चालन हुने मेलामा पर्याप्त स्टल राखिने र व्यवसायीलार्इृ सुपथ मुल्यमा स्टल उपलब्ध गराईने तयारी भएको अध्यक्ष कटुवालले बताए ।

यसअघिका मेलामा भएका कमीकमजोरीलाई सुधार गर्दै सभ्य र भव्य रुपमा मेला सञ्चालन गर्ने तयारीमा संघ जुटेको उहाँले बताउनु भयो । मेलामा चट्कीलो,भड्किलो प्रस्तुति दिने कलाकारलाई आमन्त्रण नगरिने, फोहोर व्यवस्थापनमा विशेष ध्यान दिईने, मेलाबाट आएको केही रकम सामाजिक कार्यमा लगानी गर्ने र बाँकी रहेको रकमले संघको निर्माणाधिन अतिथि गृहको भवन निर्माणमा खर्च गरिने उहाँले बताउनु भयो ।

यो पटक मेलाको थप आकर्षणको रुपमा कर्रा खोलामा पोखरी निर्माण गरी बोटिङको व्यवस्था गरिने अध्यक्ष कटुवालले बताउनु भयो । यो पाली मेलामा सबै स्टलहरुमा रेट टास गर्ने समेत उनले बताए । खाजा,खाना,बालउधान,लत्ता कपडा लगाएतका सबै खेलहरुमा पनि अग्रिम स्टलमा रेट टाँस गरीने समेत उनले बताए । मेलालाई सभ्य र भब्य बनाउन सकदो प्रयास गर्ने अध्यक्ष कटुवालको भनाई छ । उनले मेला गर्न हेटौडा उपमहानगरपालीका,सिडियो कार्यलय,सुरक्षा निकाय लगाएत संग सहकार्य भएको समेत बताए ।

 हेटौडा उपमहानगरपालीकाले मेला गर्न दिएको अनुमती पत्र

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*