विभिन्न स्थानमा आँखा शिविर

१४ मंसिर २०७५, शुक्रबार १५:४३

सिधाखबर \मकवानपुरको विभिन्न स्थानमा आजबाट आँखा शिविर सुरु भएको छ । रोटरी क्लब अफ हेटोंडा र हेटौंडा सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा आज र भोली मकवानपुरको विभिन्न स्थानमा आखा शिविर भईरहेको छ । आज पहिलो दिन हेटौँडा–१२ स्थित जनचेतना स्वावलम्बन सहकारी संस्था लिमिटेड पान्तले बेलडाँडा र भोर्लेनी –५ स्थित श्री गीता आधारभुत विद्यालयमा आज विहान ८ बजेदेखि २ बजेसम्म आँखा शिविर भएको रोटरी क्लवले जनाएको छ ।

त्यस्तै, भोलि मकवानपुर गढी गाउँपालिका वडा नम्बर ६ डुम्रेकुनास्थित जाल्पादेवि माविमा आँखा शिविर हुने क्लवले जनाएको छ । भोलि बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म शिविर हुने आयोजकले जनाएको छ । अस्पतालसम्म आएर उपचार गर्न नसक्नेहरुलाई समुदायमा गएर सेवा दिने उदेश्यले शिविर सञ्चालन गरिएको क्लबले जनाएको छ । शिविरमा मातियाबिन्दु देखिएकाहरुको निशुल्क शल्यक्रिया पनि गरिने जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*