खेल चलिरहेका बेला कुकुरले गोल हुनबाट बचाएपछि‘ (भिडियो)

२१ मंसिर २०७५, शुक्रबार ०८:४७

सिधाखबर \अर्जेन्टिनाको घरेलु लिग खेल भैरहेको बेलामा एउटा अनौठो घटना भएको छ । यो अनौठो घटना अर्जेन्टिनाको तेस्रो डिभिजनको लिग फुटबलमा भएको हो । जुभेन्टुड युनिडा डी गुआलागुएचु र डेफेन्सोरेस डी बेल्ग्रनो डी भिल्ला रामाल्लोबीच खेल चलिरहेको थियो । डेफेन्सोरेसका किपरले बल नियन्त्रणमा लिएर डिफेन्डरलाई दिएको पास जुभेन्टुडका फरवार्डले खोस्दै बललाई पोष्टतर्फ प्रहार गर्छन् । किपर निकै अगाडि बढिसकेको हुदा पोष्ट खाली थियो ।

बल गोलमा परिणत हुने निश्चित देखेर जुभेन्टुडका खेलाडी ढुक्क हुन्छन् तर यसपछि भने अचम्मको घटना हुन पुग्छ । अनलाईन खबरमा प्रकाशित समाचार अनुसार जुभेन्टुका फरवार्डले प्रहार गरेको त्यो बल गोल लाइन नजिकैबाट एक्कासी दौडिदै आएको कुकुरलाई लागेर बाहिरिन्छ । सुन्दा अचम्म लाग्ने तर वास्तविक घटना देखेर सबै छक्क पर्छन् । यो खेलमा जित भने जुभेनटुड कै भएको छ । फुटबल खेल चलिरहेकै बेला किपर बनेर कुकुरले गोल हुनबाट जोगाएको खबर अहिले संचारमाध्यमहरुमा भाईरल बनीरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*