निर्माण दिवसको अवसर पारेर बेतिनीमा निशुल्क स्वास्थ्य शिविर

२१ मंसिर २०७५, शुक्रबार २१:२९

सिधाखबर \मकवानपुरको कैलाश गाउँपालिका १० कुमलटार बेतिनीमा आज निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । ११ औं निर्माण दिवसको अवसर पारेर निर्माण व्यवसायी संघ मकवानपुरले शिविर आयोजना गरेको संघका अध्यक्ष श्यामसुन्दर ढकालले बताउनु भएको छ । शिविरमा बरिष्ठ मुटुरोग सम्बन्धी डाक्टर बिष्णुमणि धिताल, दाँत सम्बन्धी डाक्टर आरिस करिम, फिजिसिएन राउल क्षेष्ठ लगाएतले स्वास्थ्य परिक्षण गरेका थिए । शिविरमा ३ वडाको गरी २ सय ५० जनाले स्वास्थ्य लाभ लिएको संघका अध्यक्ष ढकालले बताउनुभएको छ ।

उहाँले दुर्गम क्षेत्रमा स्वास्थ्य शिविर गर्दा प्रभावकारी हुने र जनताको स्वास्थ्य अवस्थामा समेत सुधार आउन सक्ने भन्दै आफुहरुले स्वास्थ्य शिविर गरेको बताउनुभएको छ । प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्ष दलका नेता इन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कैलाश गाउँपालिकाकी उपाध्यक्ष सुकुमाया थिङ्, निर्माण व्यवसायी संघका निर्वतर्मान अध्यक्ष आनन्दराम पराजुली लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रम निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष स्याम ढकालको सभाध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*