हेटौंडा अस्पताल अब सुविधा सम्पन्न हुने : मेयर महत

२३ मंसिर २०७५, आईतवार ११:४९

सिधाखबर \ हेटौंडामा रहेको हेटौंडा अस्पताल अब सुविधा सम्पन्न हुने हेटौंडा उपमहानगरका मेयर हरि बहादुर महतले बताएका छन्, । आज हेटौंडामा नेपाल अर्बुद रोग निवारण संस्था मकवानपुर शाखाको १७ औं साधारण सभालाई सम्बोधन गर्दै मेयर महतले भवन निर्माण पश्चात हेटौंडा अस्पताल सुविधा सम्पन्न अस्पतालको रुपमा सञ्चालन हुने बताए । अहिले नै पहिलाको भन्दा धेरै सुधार भएको अवस्था रहेको बताए । नेपाल अर्बुद रोग निवारण संस्थालाई हेटौंडा ११ मा कार्यालय सहित उपचार केन्द्र भवन निर्माणलाई जग्गा उपलब्ध गराउने बताए । उनले क्यानसरबाट बच्न र बचाउन सबै क्षेत्र लाग्नुपर्ने बताए ।

हेटौंडामा रहेका विभिन्न सुर्तिजन्य पदार्थ बेचविखन व्यवस्थित गर्ने समेत बताए । संस्थाका सभापति कापिला जोशीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा अस्पतालका मेसु डा. प्रविण श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधब न्यौपाने, नेपाल अर्बुद रोग निवारण संस्था मध्यमाञ्चल संयोजक गणेश कोइराला, सल्लाहकार विजयकुमार वैद्य, संस्थामा उपसभापति भीमप्रसाद तिमल्सिना लगायतकाले आफ्नो भनाइ राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*