क्याप्टेनको गीत ‘रहर छ संगै’… सार्वजानिक

२८ मंसिर २०७५, शुक्रबार १३:१९

सिधाखबर \ दिवाकर भट्टराई निर्देशित चलचित्र ‘क्याप्टेन’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘रहर छ सँगै…’ बोलको रोमान्टिक गीत निर्माण टिमल रेड कार्पेटसहित एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ । गीतको भिडियोमा अभिनेता अनमोल केसी र डेब्यु गर्ल उपासना सिंह ठकुरी फिचर्ड छन् । गीतले दुईको प्रेमभाव बोल्छ । सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत, दिग्गज धौरालीको शब्द छ भने गायिका अञ्जु पन्त र गायक सुगम पोखरेलले आवाज भरेका छन् ।

अनमोल र उपासनालाई करियोग्राफर कविराज गहतराजले नचाएका छन् । मुस्ताङमा खिचिएको गीतमा रोमान्टिक अनमोलको अंगालोमा उपासना बोल्ड देखिएकी छन् । दुईको केमेस्ट्री गजबको देखिएको छ । फागुन १७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्रमा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*