शिवमको शिविरमा ४ सय जनाको स्वाथ्य परिक्षण

१ पुष २०७५, आईतवार ११:०९

सिधाखबर \ मकवानपुरको सुकौरामा स्वास्थ्य शिविर समपन्न भएको छ । शिवम् सिमेण्टको आयोजना तथा पूरानो मेडिकल कलेज भरतपुरको प्राविधिक सहयोगमा शनिबार सुकौराको जनता माविमा स्वास्थ्य शिविर भएको होे । बिहान ९ बजेबाट साँझ ५ बजेसम्म भएको शिविरमा फिजिसियन, महिलासंग सम्बन्धित विभिन्न समस्याको चेकजाँच भएको छ ।

शिविरमा जनरल सम्बन्धी ११५ जना , सर्जरी सम्बन्भी ३३ जना बालरेग सम्बन्धी ८७ जना मअिला तथा प्रसुती सम्बन्भी ५३ जना नाक कान घाँटी सम्बन्भी ७४ जना र न्युरो सम्बन्धी ४२ जनाको स्वाीथ्य परिक्षण भएको आयोजकले जनाएको छ । पूरानो मेडिकल कलेजका डा. दिपेन्द्र खतिवडाको नेतृत्वमा १३ जना चिकित्सक सहित २१ जना स्वास्थ्यकर्मीहरुले सेवा प्रदान थर्नुभएको थियो । शिविरमा जटिल खालको समस्या नभेटिए पनि शिविरमा आएका बिरामीलाई निःशुल्क उपचार गरिएको आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*