स्याबास वडा अध्यक्ष ज्यु ! जस्ले व्यक्तिगत खर्चमा ६० घरपरिवारको स्वास्थ्य विमा गरीदिए

७ पुष २०७५, शनिबार ०९:५५

सिधाखबर / हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजेश वानियाँले हेटौँडा ५ स्थित राईटोलका ६० घरपरिवारलाई आफ्नो व्यक्तिगत खर्चमा निशुल्क स्वास्थ्य विमा गराउनु भएको छ । राईटोल स्कुलमा आज आयोजित एक कार्यक्रममा वडा अध्यक्ष वानियाँले ६० घर परिवारलाई स्वास्थ्य विमा कर्ता मार्फत विमा गराउनु भएको हो । वडा अध्यक्ष वानियाँल ६० परिवारको विमा गरे वापत १ लाख ५० हजार सहयोग गर्नुभएको हो । ६० परिवारले विमा गरेवापत उपचार खर्चमा प्रति परिबार ५० हजारका दरले ३० लाख बराबरको स्वास्थ्य सेवा लिन पाउने छन् । स्वास्थ्य बिमाको कार्ड हस्तानतरण गर्दै वडा अध्यक्ष वानियाँले आफुले वडाबाट केही पनि सुबिधा नलिएको र आफुले पाउने जति पनि सुबिधा स्थानिय जनताहरुकै लागी खर्चेको बताए ।

निर्बाचनका बेला मैले सेवा सुबिधा लिन्न भनेर उद्धघोष गरेको थिए सोही बमोजिम कामहरु गर्दै आएको उनले बताए । राईटोलमा आर्थीक अबस्था कमजोर भएका जनताहरुले उपचार गर्न धौ धौ परिरहेको अबस्थामा आफुले त्यस्तो समस्या हुन नदिन स्वास्थ्य बिमा गराईदिएको बताए । अरुहरुले राहतको नाममा केही समानहरु बाढने गर्छन तर आफुले स्वस्थ्य जस्तो सम्बेदनशिल क्षेत्रका लागी यस्तो योजना ल्याएको उनले बताए । यो योजनालाई निरन्तरता गर्दै आगामी दिनमा अझ वडामा बिस्तार गर्ने योजना रहेको उनले बताए । वडा नम्बर ५ मा सबै वडा बासिको स्वास्थ्य बिमा हुनुपर्ने आफनो चाहाना रहेको बताउदै बिस्तारै यस्ता योजनाहरुलाई बृहत्तर गर्ने वडा अध्यक्ष वानियाँले बताए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप विष्टले वडा अध्यक्ष वानियाँले निर्वाचनका बेला गरेको प्रतिवद्धता अनुसार काम गर्दै आएकामा धन्यबाद दिनु भयो । उहाले स्वास्थ्य विमाले स्थानियलाई राहत पुग्ने बताउदै वडा अध्यक्ष वानियाबाट अरु वडाका अध्यक्षहरुले पनि पाठ सिकन सकने बताए । यो एउटा उदाहरणीय कार्य हो यसले सामान्य ब्यक्तीलाई ठुलो राहत मिलेको उनले बताए । कार्यक्रममा नेपाली काँग्रेस नगर सभापति आनन्दराम पराजुलिले वडा अध्यक्ष वानियाँ बोल्न भन्दा पनि काम गरेर देखाउने वडा अध्यक्षको रुपमा देखिएको बतानु भयो ।

उनले समान्य जनताले अर्थीक अभाबका कारण स्वास्थ्य उपचार गराउन नसकेकोहुदा धेरैले ज्यान गुमाएको अबस्थामा स्वास्थ्य विमा योजनाले जिबनस्थर उच्च बनाउन सहयोग मिल्ने बताए । कार्यक्रममा तरुण दल नगर सभापति सुनिल गिरी,नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाल,प्रेश युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी,उपाध्यक्ष मणिराज गौतम लगायत स्थानियवासीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*