रणवीरको तिरिमिरी तिरिमिरी तीन तारा सार्बजनिक

७ पुष २०७५, शनिबार २०:५३

सिधाखबर / चलचित्र  ‘रणवीर’ को पहिलो गीत रिलिज गरिएको छ। शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रमा समावेश ‘तिरिमिरी तिरिमिरी तीन तारा’ बोलको गीत सार्वजनिक गरिएको हो।

सार्वजनिक उक्त गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत सुन्न सकिन्छ। गीतको स्वरमा सिवाकोटीलाई अन्जु पन्तले साथ दिएकी छन्। गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सुशील सिटौला, शुभेच्छा खड्का र सुपुस्पा भट्ट फिचर्ड छन्। भिडियोमा रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ। यो चलचित्र आगामी  माघ १५ गतेबाट रिलिज हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*