भिलेन’ को ‘एक्सन प्याक्ड’ ट्रेलर सार्वजनिक

८ पुष २०७५, आईतवार २०:०४

सिधाखबर / चलचित्र  ‘भिलेन’ को ‘एक्सन प्याक्ड’ ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा  नायक निखिल उप्रेती    लाई मधेशी अवतारमा देख्न सकिन्छ । उनको डबिङ भने अरुले नै गरेका छन् । प्रेममा परिवार भिलेन बन्दा उत्पन्न हुने परिस्थिति ट्रेलरमा देखाइएको छ ।
ट्रेलरमा अभिनेत्री शिल्पा पोखरेलले पर्याप्य ‘स्क्रिन स्पेस’ पाए पनि अर्की अभिनेत्री निशा अधिकारीलाई भने अत्यन्त कम छ ।  आगामी पुष २७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यो चलचित्रमा कपिल खत्रीको पनि लिड अभिनय छ । चलचित्रमा निखिलको प्रेमिकाको भूमिकामा निशा छिन् । द ग्लोबल पिक्चर प्रा.लिको ब्यानरमा कपिल खत्री प्रस्तुतकर्ता रहेको ‘भिलेन’ लाई बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन् । चलचित्रमा दिपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*