ठेलाको मःम बेच्दै गायक बनेका कपिलको पहिलो गीत साला काठमाण्डौँमा सार्वजनिक

१३ पुष २०७५, शुक्रबार १५:२७

सिधाखबर \ ठेलामामः म बेच्दै गायक बनेका कपिल पौडेलको पहिलो गीत साला काठमाण्डौँ सार्वजनिक भएको छ। गायक बन्ने सपना बोकेर काठमाण्डौँ आएका कपिल लामो समय देखि बानेश्वर चौकमा ठेलामा मःम बेच्दै आएकाथिए। उनको गायकी क्षमताको युट्युवमा चर्चा भए पछि उनी एकाएक चर्चित भएकाथिए। उनै कपिलले पहिलो पटक आफ्नो आवाजमा गीत निकालेकाहुन्। निरज भट्टको शब्दमा रहेको गीतमा कपिलकै संगित रहेको छ।
काठमाण्डौँमा सपना बोकेर आउने युवा र उनले काठमाण्डौँमा पाउने असफलता र दुख बोल्ने गीतमा अभिनेता शिशिर भण्डारीको अभिनय रहेको छ। काठमाण्डौँमा पाएको असफलतामा निरासा व्यक्तगर्न ‘साला काठमाण्डौँमा’भन्ने शब्द राखिएको कपिलको भनाई रहेको छ।
सन्तोष खनालको निर्देशनमा बनेको भिडियोमा वाइ पि घिमिरेको सिनेमेटोग्राफी रहेको छ। भिडियोलाई सन्जिप श्रेष्ठले सम्पादन गरेकाहुन्। गीतको भिडियोमा शिशिर भण्डारी,स्मारीका खनाल,प्रभात लामा लक्ष्मणराज अधिकारीको अभिनय रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*