पाठेघर तथा स्तन परीक्षण सम्बन्धी निःशुल्क स्वास्थ्य शिबिर

१५ पुष २०७५, आईतवार २१:४२

सिधाखबर / हेटौंडा उपमहानगरपालिका वडा नं १६ मा पाठेघर तथा स्तन परीक्षण सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा ११६ जना परिक्षण गराएका छन् । आइतबार नेपाल परिवार नियोजन संघको आयोजना एवं नवयुग किशोर किशोरी तथा एनिभेटन संवाद सञ्जालको सह–आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा ११६ जना महिलाहरुले परिक्षण गराएका हुन् । हेटौंडा उपमहानगरपालिका वडा नं १६ का वडाध्यक्ष रामकृष्ण कोइरालाले शिविरको उद्घाटन गरेका थिए । शिविर मार्फत निःशुल्क औषधी समेत वितरण गरिएको सञ्जालकी सल्लाहकार रञ्जिता विकले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*