जगदिस समालको स्वरमा नयाँ म्युजिक भिडीयो सार्वजनिक

१८ पुष २०७५, बुधबार १७:०६

सिधाखबर \ कुनै समयका चर्चित गायक जगदिस समालको स्वरमा नयाँ म्युजिक भिडीयो सार्वजनिक भएको छ । इन्द्र देब सुबेदीले लेखेको यो गीतमा संगीत भने नारायण सुबेदी आवशको संगीत र उदयराज पौडेलको एरेन्ज सुन्न सकिन्छ । रोमान्टिक गीतलाई फर्फिंगमा खिचिएको हो । गीतको म्युजिक भिडीयोमा गीतकार इन्द्र देब सुबेदी र सृष्टि खड्का देखिएका छन । गीतलाई निर्देशन निसान घिमिरेले गरेका हुन् भने कोरियोग्राफी सुरेन बस्यालले गरेका छन । म्युजिक भिडीयोमा अजय रेग्मीको छायाँकन , सरोज बुढाथोकीको मेकअप र बिकास दाहालको सम्पादन देख्न सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*