भाग्यमानी गीत लिएर आए हेमन्त

२० पुष २०७५, शुक्रबार १४:२७

सिधाखबर \करिब डेढ दशकदेखि सांगीतिक क्षेत्रमा क्रियाशील हेमन्त कान्छा रसाइली नयाँ नेपाली गीतका साथ आएका छन् । म्युजिक नेपालले निकालेको ‘भाग्यमानी ‘’ बोलको गीतमा हेमन्तलाई देवी घर्ती, झलक संगीताम, टेकेन्द्र बोहरा, शर्मिला बीसी, प्रतिमा विश्वकर्मा र अमृता नेपालीले साथ दिएका छन् । गीतको रचनाकार सपना रसाइली र संगीत झलक संगीतामको रहेको छ । गीतलाई धेरै दर्शक तथा स्रोताले मन पराएको हेमन्त बताउँछन् । हेमन्तले २०६३ सालमा गाएको ‘काँचो सुन्तला‘’ बोलको गीत निकै हिट भएको थियो । यसबीचमा उनले करिब दुई दर्जन गीत गाए । लोकगायनका साथे अहिले उनी कुशल सारंगी वादकका रूपमा पनि चिनिन्छन् । उनले सात हजारभन्दा बढी गीतमा सारंगी बाजा बजाइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*