अबको स्वास्थ्य सेवा संघीयता अनुसार : मन्त्री यादव

२० पुष २०७५, शुक्रबार २०:२२

सिधाखबर / उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले अबको स्वास्थ्य सेवा संघीयता अनुसारको हुनुपर्ने बताएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ल्याउन लागेको नयाँ स्वास्थ्य नीतिका बारेमा शुक्रबार सरोकारवालासँग नयाँ बन्न लागेको नीतिको मस्यौदाका बारेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उप्रधानमन्त्री यादवले यस्ताे बताएका हुन्।

मन्त्री यादवले देश नयाँ संरचनामा गएको बदलिँदो परिस्थितिमा नयाँ स्वास्थ्य नीति बन्नुपर्ने बताए। उनले भने, ‘अब सबैको सरल र सर्वसुलभ स्वास्थ्य सेवाको पहुँच हुने खालको स्वास्थ्य नीति बनाउने हो।’ यस्तै मन्त्री यादवले सरकारी स्वास्थ्य संस्थाले अझै पनि राम्रो व्यवस्थापनासहित सेवा दिन नसकेको बताए। उनले भने, ‘प्राइभेट अस्पतालमा राम्रो व्यवस्थापनसहित सेवा दिने त्यस्तै खालको सरकारी अपतालको व्यवस्थापन चाहिँ किन कहिल्यै राम्रो हुँदैन।’ यस्तै मन्त्री यादवले सरकार एक्लैले मात्र जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिन नसक्ने भएकाले प्राइभेट सेक्टरसँग सहकार्य गरेर जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु पर्ने बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*