गढी आँपटारमा पहिलो पटक आँखा शिविर

२१ पुष २०७५, शनिबार २१:५४

सिधाखबर / स्वास्थ्य सेवाको क्षेत्रमा मकवानपुरगढी गाउँपालिकाको वडा १ आँपटारमा पहिलो पटक आँखा शिविर भएको छ । ईतिहासमै पहिलो पटक आँपटारमा आँखा शिविर भएको वडा अध्यक्ष आइत सिं लोले बताएका छन् । सामुदायिक स्वास्थ्य ईकाइ आँपटारको आयोजनामा र हटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा शिविर भएको हो । शिविरमा १३५ जनालाई सेवा प्रदान गरिएको स्वास्थ्य इकाइका अहेव मदन सिंह थगुन्नाले बताए । १३५ जनामा १८ जनाको मोतिबिन्दुका बिरामी भेटिएको थगुन्नाले बताएका छन् । १८ जनालाई हेटौडा आँखा अस्पतालाले यही सोमबार निशुल्क अप्रशेनको गरिने अध्यक्ष लोले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*