माछाको मूल्य ३४ करोड ७२ लाख

२२ पुष २०७५, आईतवार ०८:०७

सिधाखबर / जापानका एकजना सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर (३४ करोड ७२) लाख मा खरिद गरेका छन्।

जापानमा एउटै माछाको यो अहिलेसम्मकै सबैभन्दा बढी भाउ हो। यो माछा प्रतिकेजी करिब  १२ लाख ४९ हजार पर्नेछ।  अघिल्लो वर्ष विश्व प्रसिद्ध चुकिजी माछा बजारमा सर्वाधिक बढी मूल्यमा टुना किनबेच भएको थियो।  नयाँ वर्षको अवसरसँगै खुलेको नयाँ माछा बजारमा लिलाम बढाबढ हुँदा एउटै टुना माछालाई ३१ लाख डलरमा खरिद गरिएको हो। यो माछा दुई सय ७८ किलोको थियो। विश्वमै लोपोन्मुख प्रजातिको मानिने यो टुना माछा जापानको उत्तरी तटीय सामुद्रिक क्षेत्रमा समातिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*