मोटरसाइकल दुर्घटनामा ढकालको मृत्यु

२५ पुष २०७५, बुधबार २०:२०

सिधाखबर / हेटौँडा–१ भैरवडाँडामा  आज साझ भएको मोटरसाइकल दुर्घटनामा शिक्षक एवं संचारकर्मी मनोहर ढकालको मृत्यु भएको छ । राप्तिपुलबाट भैरवडाँडा पाथीभारा मन्दिर जाने सडकमा भएको दुर्घटनामा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए । ना३३प ६३३८ नम्बरको मोटरसाइकललाई कुनै सवारीले ठक्कर दिएको वा पल्टिएर दुर्घटना भएको एकिन नभएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
उनको शव हेटौँडा अस्पतालमा रहेको छ । पदमपोखरीको पाँचतल्लेस्थित बुद्ध मावि विद्यालयमा अध्यापन गर्ने ढकाल लामो समय रेडियो पालुङ र रेडियो शक्तिमा समेत आवद्ध थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*