साहित्यकार थापालाई अभिनन्दन, पत्रकार पाण्डेलाई पुरस्कार

२८ पुष २०७५, शनिबार १६:०१

सिधाखबर \ आँचल साहित्य कला पुञ्ज हेटौंडाले मकवानपुरका अग्रज साहित्यकार तुल्सी थापालाई अभिनन्दन गरेको छ । शनिबार आँचलको वार्षिकोत्सव कार्यक्रमकाबीच थापालाई अभिननन्दन गरिएको हो । साथै अन्य तीनजनालाई पनि सम्मान गरिएको छ । लामो समयदेखि साहित्य साधनामा लागी मकवानपुरे तथा देशकै साहित्यिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै ७३ वर्षीय थापालाई दोसल्ला र सम्मानपत्रका साथ अभिनन्दन गरिएको हो । त्यसैगरी कार्यक्रमकैबीच मकवानपुरका बरिष्ठ पत्रकार कौशल पाण्डेलाई ईश्वर लम्साल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । लामो समयदेखि मकवानपुरमा रही पत्रकारिता क्षेत्रमा योगदान गरेको भन्दै पाण्डेलाई नगद ५ हजार ५ सय ५५ रुपैयाँ राशीको पुरस्कार प्रदान गरिएको हो ।

त्यसैगरी साहित्यकार रुकु कार्कीलाई बालकुमारी–जगन्नाथ भेटवाल स्मृति पुरस्कार–२०७५ प्रदान गरिएको छ । नगद १० हजार १ राशीको पुरस्कार यसवर्ष कार्कीलाई प्रदान गरिएको हो । महाकाव्यकार बुनु लामिछानेलाई प्रतिभा पुरस्कार–२०७५ प्रदान गरिएको छ । नगद १० हजार एक राशीको पुरस्कार यसवर्ष लामिछानेलाई प्रदान गरिएको हो । प्रदेश ३ का सांसद कुमारी मोक्तानले पुरस्कृत तथा अभिनन्दित व्यक्तित्वलाई खादा ओढाएर सम्मानपत्र प्रदान गरेकी थिइन् । आँल साहित्य कला पुञ्जकी अध्यक्ष अप्सरा तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा व्यङ्ग्यकार आरसी रिजाल, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, साहित्यकार ह्यग्रीव आचार्य, गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारी, तुल्सी घिमिरेलगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*