आँचलको अध्यक्षमा पुनः तिम्सिना

२८ पुष २०७५, शनिबार १६:५२

सिधाखबर \ महिला साहित्यकारहरुको संस्था आँचल साहित्य कला पुञ्जको अध्यक्षमा पुनः अप्सरा तिम्सिना चयन भएकी छिन् । संस्थाको आज भएको छैठौं वार्षिकोत्सव तथा तेस्रो साधारणसभाबाट ३ वर्षे कार्यकालका लागि पुनः तिम्सिनाको नेतृत्वमा नयाँ समिति गठन भएको छ । संस्थाको उपाध्यक्षमा अनिता न्यौपाने, सचिव भावना सापकोटा, सहसचिव निरा शर्मा र कोषाध्यक्षमा सुभद्रा हुमागाईं चयन भएका छन् ।

संस्थाको कार्यसमिति सदस्यमा चण्डिका गौतम, बगेकी गंगा, सविता तिमल्सिना र अनिषा पुडासैनी रहेका छन् । साधारणसभाले सचिव अनिता न्यौपाने र कोषाध्यक्ष निरा शर्माले प्रस्तुत गरेको प्रतिवेदन सर्वसहमत पास गरेको छ । संस्थामा ८० जना महिला साहित्यकार आवद्ध रहेका छन् । संस्थाको छैठौं वार्षिकोत्सव तथा तेस्रो साधारणसभा प्रदेश ३ का सांसद कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा अध्यक्ष अप्सरा तिम्सिनाको सभाध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*