ऋषि के.बीको एकल चित्रकला प्रदर्शनी हुने

२८ पुष २०७५, शनिबार १७:१०

सिधाखबर \ स्टेट भिजन प्रालिको आयोजना तथा एस एस नेटवर्कको सहकार्यमा मकवानपुरका चर्चित कलाकार तथा साहित्यकार ऋषि के.बीको ‘समयावाज द भ्वाईस अफ टाईम’ तेस्रो एकल चित्रकला प्रदर्शनी हुने भएको छ । माघ ११ र १२ गते हुने प्रदर्शनीको लागि तयारीहरु तीब्र पारीएको आयोजकले जनाएको छ । आयोजकले दिएको जानकारी अनुसार सोही प्रदर्शनीसंगै जिल्लाब्यापी स्कुल स्तरीय चित्रकला कार्यशाला र प्रतियोगिता समेत हुनेछ ।

कारागार होईन विद्यालय पठाऔँ’ भन्ने मूल नाराका साथ संचालन हुने उक्त प्रदर्शनीमा निशुल्क प्रवेशको व्यवस्था मिलाईएको समेत आयोजकले जनाएको छ । प्रदर्शनी व्यवस्थित गर्नका लागि विभिन्न समितिहरु समेत निर्माण गरिएको छ । अधिवक्ता जयराम सुवेदीको संयोजकत्वमा समिति बनाईएको छ । यसअधि २०५८ सालमा हर्नामाडीमा पहिलो, २०६० मा हेटौंडामा दास्रो र अहिले १४ बर्षपछि तेस्रो चित्रकला प्रदर्शनी हुन लागेको हो । कलाकार ऋषि के.बीले कोरेका चित्रहरुको प्रदर्शनी हुनेछ ।

के.बीले २०६० मा मकवानपुर प्रतिभा पुरस्कार र उत्कृष्ठ युवा पुरस्कार, २०५० मा राष्ट्रिय चित्रकला प्रतियोगितामा दोस्रो पुरस्कार प्राप्त गरेका छन् । उनका विभिन्न साहित्यिक कृतिहरु प्रकाशित छन् । मकवानपुरका विभिन्न पत्रपत्रिका तथा अनलाईनमा व्यङ्ग्य कार्टुन चित्र बनाउन अब्बल के. बी पेशाले कानुन व्यवसायी पनि हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*